चैत्र १४, २०८२ शनिबार | १३:३३:१५
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

सुदूरपश्चिम स्पोर्टस अवार्डः दीपेन्द्र र जयन्ती उत्कृष्ट खेलाडी

जयन्ती बडु,तस्विरः खेलकुद पत्रकार मञ्च कैलाली

धनगढी। क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडु एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डमा उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्।

खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको अवार्डको पुरुषतर्फ दीपेन्द्र र महिलातर्फ जयन्ती वर्ष खेलाडी चुनिए ।  

दुवैले ३५ हजार रुपैयाँ प्राप्त गरे ।  दीपेन्द्रसँगै भलिबलका टेकराज अवस्थी र भारोत्तोलनका सागर भण्डारी वर्ष पुरुष खेलाडीको मनोनयनमा परेका थिए। 

यसैगरी वर्ष खेलाडी महिलाको मनोनयनमा क्रिकेटकी कविता जोशी र भलिबलकी निरुता ठगुन्ना थिए।

कबड्डीका विष्णुदत्त भट्ट वर्ष प्रशिक्षक घोषित भए । वर्ष प्रशिक्षकको दौडमा भारोत्तोलनका जीवन गौतम र एथलेटिक्सका रामचन्द्र जोशी पनि थिए। भट्टले ३० हजार प्राप्त गरे।

भारोत्तोलनका हेमन्त पाल वर्ष युवा खेलाडी चुनिए। उनले फुटबलका कुशल देउवा र क्रिकेटका आकाश चन्दलाई पछि पारे। हेमन्तले २५ हजार पाए ।

अवार्ड विजेता ,तस्विरः खेलकुद पत्रकार मञ्च कैलाली

सुदूरपश्चिम आइकन पुरुष विधामा क्रिकेटका नरेन भट्ट विजेता भए । यो विधामा एथलेटिक्सका आशिष महर र शारीरिक सुगठनका रञ्जित लामा मनोनयनमा  थिए।

यसैगरी सुदूरपश्चिम आइकन महिला विधामा एथलेटिक्सकी देवकी धामी विजेता भएकी छन्। उनले क्रिकेटकी मनीषा बोहरा र फुटबलकी विर्सना चौधरीलाई पछि पारिन् ।

नरेन र देवकीले जनाही २० हजार प्राप्त गरेका छन्।

तेक्वान्दो प्रशिक्षक गोविन्द विष्टलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । उनले २५ हजार रुपैयाँ प्राप्त गरे।

पौडीका अथर्व सिंह र करातेका प्रदीप वैजाली मगरलाई संयुक्तरुपमा स्पेसल अवार्ड प्रदान गरियो । उनीहरूले जनही १२ हजार ५०० रुपैयाँ प्राप्त गरे। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो