माघ १५, २०८२ बिहीबार | २०:२९:२५
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

सुदूरपश्चिम स्पोर्टस अवार्डः दीपेन्द्र र जयन्ती उत्कृष्ट खेलाडी

जयन्ती बडु,तस्विरः खेलकुद पत्रकार मञ्च कैलाली

धनगढी। क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडु एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डमा उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्।

खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको अवार्डको पुरुषतर्फ दीपेन्द्र र महिलातर्फ जयन्ती वर्ष खेलाडी चुनिए ।  

दुवैले ३५ हजार रुपैयाँ प्राप्त गरे ।  दीपेन्द्रसँगै भलिबलका टेकराज अवस्थी र भारोत्तोलनका सागर भण्डारी वर्ष पुरुष खेलाडीको मनोनयनमा परेका थिए। 

यसैगरी वर्ष खेलाडी महिलाको मनोनयनमा क्रिकेटकी कविता जोशी र भलिबलकी निरुता ठगुन्ना थिए।

कबड्डीका विष्णुदत्त भट्ट वर्ष प्रशिक्षक घोषित भए । वर्ष प्रशिक्षकको दौडमा भारोत्तोलनका जीवन गौतम र एथलेटिक्सका रामचन्द्र जोशी पनि थिए। भट्टले ३० हजार प्राप्त गरे।

भारोत्तोलनका हेमन्त पाल वर्ष युवा खेलाडी चुनिए। उनले फुटबलका कुशल देउवा र क्रिकेटका आकाश चन्दलाई पछि पारे। हेमन्तले २५ हजार पाए ।

अवार्ड विजेता ,तस्विरः खेलकुद पत्रकार मञ्च कैलाली

सुदूरपश्चिम आइकन पुरुष विधामा क्रिकेटका नरेन भट्ट विजेता भए । यो विधामा एथलेटिक्सका आशिष महर र शारीरिक सुगठनका रञ्जित लामा मनोनयनमा  थिए।

यसैगरी सुदूरपश्चिम आइकन महिला विधामा एथलेटिक्सकी देवकी धामी विजेता भएकी छन्। उनले क्रिकेटकी मनीषा बोहरा र फुटबलकी विर्सना चौधरीलाई पछि पारिन् ।

नरेन र देवकीले जनाही २० हजार प्राप्त गरेका छन्।

तेक्वान्दो प्रशिक्षक गोविन्द विष्टलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । उनले २५ हजार रुपैयाँ प्राप्त गरे।

पौडीका अथर्व सिंह र करातेका प्रदीप वैजाली मगरलाई संयुक्तरुपमा स्पेसल अवार्ड प्रदान गरियो । उनीहरूले जनही १२ हजार ५०० रुपैयाँ प्राप्त गरे। 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।