काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले मंगलबार नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुसँग भेटघाट गरेका छन् ।
नेपालको लागि १००औं खेल खेल्ने पहिलो खेलाडी बनेका किरणलाई यो सफलताको लागि मन्त्री श्रेष्ठले बधाई दिए।
कप्तान किरणले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने वातावरण बनाइदिन मन्त्री श्रेष्ठलाई आग्रह गरे। साथै किरणले खेल करिअर पश्चात पनि खेलाडीलाई नेपालमा नै बस्ने वातावरण बन्नु पर्ने कुरामा पनि जोड दिए।
यसैगरी मन्त्री श्रेष्ठले दशरथ रंगशालालाई व्यवस्थित बनाउन कार्यविधि नै तयार भएको जानकारी गराए।
साउदी अरेबियाको दमाममा विश्वकप २०२६ छनोट अन्तर्गत दोश्रो चरणको अन्तिम खेलमा यमनविरुद्ध खेल्दै किरण १०० खेल पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
