चैत्र ६, २०८२ शुक्रबार | ०६:१८:२८
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एनएसएसएफ र रेडियन्ट रिडर्सबीच सम्झौता

काठमाडौं । विद्यालय खेलकुदको विकास र प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यसहित नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीबीच शुक्रबार सम्झौता भएको छ ।

एनएसएसएफका महासचिव राजकुमार कार्की र रेडियन्टका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरे । कार्की अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ)का कार्यकारी सदस्य पनि हुन् ।

सम्झौतासँगै रेडिअन्टले एनएसएसएफको आधिकारिक सदस्यताको मान्यता पाएको छ । सम्झौता तीन वर्षसम्म कायम रहने छ ।

सम्झौता अनुसार रेडियन्टलाई आइएसएफको खेलकुद गतिविधिका साथै शैक्षिक र सांस्कृतिक कार्यक्रमका लागि विश्वव्यापी मञ्च उपलब्ध गराउने, आइएसएफको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रथम पक्ष एनएसएसएफमार्फत सीधै सहभागी हुन पाउने, आइएसएफको अन्तर्राष्ट्रिय मञ्चमा विद्यालयको झण्डा र लोगो प्रयोग गर्न पाउने, आइएसएफ र एसियाली विद्यालय खेलकुद महासंघ (एएसएसएफ) को साधारण सभामा एनएसएसएफको प्रतिनिधिसँगै सहभागी हुन पाउने, विद्यालय खेलकुदको गतिविधिलाई प्रवद्र्धनमा क्रियाशिल हुने पर्नेलगायतका विषयवस्तु समावेश छन् ।

सम्झौतापछि महासचिव कार्कीले आइएसएफबाट स्वीकृति प्राप्त सदस्यता आबद्धताको प्रमाण पत्र संस्थापक प्रिन्सिपल ढुंगानालाई हस्तान्तरण गरेका थिए ।

संस्थापक प्रिन्सिपल ढुंगानाले विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थासंग आबद्ध भएपनि खेलकुदको अन्तर्राष्ट्रिय संस्थासंग रेडियन्ट पहिलो पटक आबद्ध भएको जानकारी गराए । उनले रेडियन्टले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने प्रमुख माध्यम मध्येको एक खेलकुदलाई विशेष प्राथमिकता दिदै आएको बताउदै एनएसएस मार्फत आईएसएरसंग जोडिन पाउँदा खुशी व्यक्त गरे ।

महासचिव कार्कीले एनएसएसएफसँग आबद्ध भएको विद्यालय परिवारलाई धन्यवाद दिदै आबद्धताले खेलकुदका अलावा आईएसएफको विभिन्न सोलिडारिटी परियोजनामा पनि सहभागी हुन पाउने बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो