माघ १५, २०८२ बिहीबार | १०:०८:२३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

एनएसएसएफ र रेडियन्ट रिडर्सबीच सम्झौता

काठमाडौं । विद्यालय खेलकुदको विकास र प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यसहित नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीबीच शुक्रबार सम्झौता भएको छ ।

एनएसएसएफका महासचिव राजकुमार कार्की र रेडियन्टका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरे । कार्की अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ)का कार्यकारी सदस्य पनि हुन् ।

सम्झौतासँगै रेडिअन्टले एनएसएसएफको आधिकारिक सदस्यताको मान्यता पाएको छ । सम्झौता तीन वर्षसम्म कायम रहने छ ।

सम्झौता अनुसार रेडियन्टलाई आइएसएफको खेलकुद गतिविधिका साथै शैक्षिक र सांस्कृतिक कार्यक्रमका लागि विश्वव्यापी मञ्च उपलब्ध गराउने, आइएसएफको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रथम पक्ष एनएसएसएफमार्फत सीधै सहभागी हुन पाउने, आइएसएफको अन्तर्राष्ट्रिय मञ्चमा विद्यालयको झण्डा र लोगो प्रयोग गर्न पाउने, आइएसएफ र एसियाली विद्यालय खेलकुद महासंघ (एएसएसएफ) को साधारण सभामा एनएसएसएफको प्रतिनिधिसँगै सहभागी हुन पाउने, विद्यालय खेलकुदको गतिविधिलाई प्रवद्र्धनमा क्रियाशिल हुने पर्नेलगायतका विषयवस्तु समावेश छन् ।

सम्झौतापछि महासचिव कार्कीले आइएसएफबाट स्वीकृति प्राप्त सदस्यता आबद्धताको प्रमाण पत्र संस्थापक प्रिन्सिपल ढुंगानालाई हस्तान्तरण गरेका थिए ।

संस्थापक प्रिन्सिपल ढुंगानाले विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थासंग आबद्ध भएपनि खेलकुदको अन्तर्राष्ट्रिय संस्थासंग रेडियन्ट पहिलो पटक आबद्ध भएको जानकारी गराए । उनले रेडियन्टले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने प्रमुख माध्यम मध्येको एक खेलकुदलाई विशेष प्राथमिकता दिदै आएको बताउदै एनएसएस मार्फत आईएसएरसंग जोडिन पाउँदा खुशी व्यक्त गरे ।

महासचिव कार्कीले एनएसएसएफसँग आबद्ध भएको विद्यालय परिवारलाई धन्यवाद दिदै आबद्धताले खेलकुदका अलावा आईएसएफको विभिन्न सोलिडारिटी परियोजनामा पनि सहभागी हुन पाउने बताए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।