चैत्र १३, २०८२ शुक्रबार | १२:२५:०९
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

पल्सर स्पोर्टस अवार्डमा एथ्लेटिक्स हावी

काठमाडौं । एथ्लेटिक्स हावी भएको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा दीपक अधिकारी, राजपुरा पछाई र चन्द्र गुरुङले उत्कृष्ट पुरुष र महिला खेलाडी तथा प्रशिक्षकको पुरस्कार जितेका छन् ।

वर्ष २०७९ मा गरेको प्रदर्शनका आधारमा नेपाली खेल पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले वर्षेनी प्रदान गर्ने अवार्डको २०ओं संस्करणमा गतवर्ष काठमाडौंमा भएको १६औं एसियाली क्रसकन्ट्री प्रतियोगिताका विजेताहरुले बर्चस्व जमाए ।

दीपकले एसियाली क्रस कन्ट्री प्रतियोगिताको पुरुष १० किलोमिटर र टिम इभेन्टमा गरी दुई स्वर्ण पदक जितेका थिए । यसैगरी पछाईले एसियाली क्रसकन्ट्रीको महिला १० किलोमिटर र टिम इभेन्टमा गरी दुई रजत पदक जितेकी थिइन । नेपाली खेलाडीले दुई स्वर्ण, दुई रजत र एक कांस्य पदक जित्दा उक्त प्रतियोगितामा नेपाली टोलीको नेतृत्व प्रशिक्षकको हैसियतमा गुरुङले गरेका थिए ।

यसैगरी यु-१९ राष्ट्रिय क्रिकेट टोलीका कप्तान देव खनाल वर्षको उत्कृष्ट युवा खेलाडीको पुरस्कारबाट सम्मानित भए भए भने टेबल टेनिसकी सिक्का सुवालले पिपल्स च्वाइस अवार्डको पुरस्कार जितिन ।  

वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकसँगै पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाए । विभिन्न ९ विधामा खेलकर्मीहरु सम्मानित गरिएको कार्यक्रममा लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड, पारा एथलिट अवार्ड र एसियाली खेलकुद पत्रकार सम्मान पनि प्रदान गरिएको थियो । लाइफटाइम एचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियाली पत्रकारले जनही ५० हजार रुपैयाँ पाए ।

लाइफटाइम एचिभमेन्ट अवार्डबाट भारोत्तोलनका राजेन्द्रकुमार प्रधान, स्पेशल अवार्डबाट खेल अभियन्ता सुदर्शन रञ्जित, पारा एथलिट अवार्डबाट पारा ओलम्पियन मैयाँ बिसुंखे तथा एसियाली खेल पत्रकार सम्मानबाट रेमन्ड चु सम्मानित भए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो