माघ १८, २०८२ आइतबार | १२:१०:०७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

पल्सर स्पोर्टस अवार्डमा एथ्लेटिक्स हावी

काठमाडौं । एथ्लेटिक्स हावी भएको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा दीपक अधिकारी, राजपुरा पछाई र चन्द्र गुरुङले उत्कृष्ट पुरुष र महिला खेलाडी तथा प्रशिक्षकको पुरस्कार जितेका छन् ।

वर्ष २०७९ मा गरेको प्रदर्शनका आधारमा नेपाली खेल पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले वर्षेनी प्रदान गर्ने अवार्डको २०ओं संस्करणमा गतवर्ष काठमाडौंमा भएको १६औं एसियाली क्रसकन्ट्री प्रतियोगिताका विजेताहरुले बर्चस्व जमाए ।

दीपकले एसियाली क्रस कन्ट्री प्रतियोगिताको पुरुष १० किलोमिटर र टिम इभेन्टमा गरी दुई स्वर्ण पदक जितेका थिए । यसैगरी पछाईले एसियाली क्रसकन्ट्रीको महिला १० किलोमिटर र टिम इभेन्टमा गरी दुई रजत पदक जितेकी थिइन । नेपाली खेलाडीले दुई स्वर्ण, दुई रजत र एक कांस्य पदक जित्दा उक्त प्रतियोगितामा नेपाली टोलीको नेतृत्व प्रशिक्षकको हैसियतमा गुरुङले गरेका थिए ।

यसैगरी यु-१९ राष्ट्रिय क्रिकेट टोलीका कप्तान देव खनाल वर्षको उत्कृष्ट युवा खेलाडीको पुरस्कारबाट सम्मानित भए भए भने टेबल टेनिसकी सिक्का सुवालले पिपल्स च्वाइस अवार्डको पुरस्कार जितिन ।  

वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकसँगै पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाए । विभिन्न ९ विधामा खेलकर्मीहरु सम्मानित गरिएको कार्यक्रममा लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड, पारा एथलिट अवार्ड र एसियाली खेलकुद पत्रकार सम्मान पनि प्रदान गरिएको थियो । लाइफटाइम एचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियाली पत्रकारले जनही ५० हजार रुपैयाँ पाए ।

लाइफटाइम एचिभमेन्ट अवार्डबाट भारोत्तोलनका राजेन्द्रकुमार प्रधान, स्पेशल अवार्डबाट खेल अभियन्ता सुदर्शन रञ्जित, पारा एथलिट अवार्डबाट पारा ओलम्पियन मैयाँ बिसुंखे तथा एसियाली खेल पत्रकार सम्मानबाट रेमन्ड चु सम्मानित भए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।