माघ १५, २०८२ बिहीबार | १०:०८:२३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

राष्ट्रिय टिम बुद्धिचाल च्याम्पियनसिप: नकआउट चरण समिकरण पूरा

ललितपुर । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको लिग चरणको खेल समाप्तिसँगै दोलखा चेस होम नेपाल, कोशी प्रदेश चेस संघ, भक्तपुर जिल्ला बुद्धिचाल संघ र मकवानपुर जिल्ला बुद्धिचाल संघ नकआउट चरणमा प्रवेश गरेका छन् ।

बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेको दोलखा चेस होम नेपालमाथि कोशी प्रदेश संघले रोमाञ्चक जित निकालेको थियो । जसमा वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवालले प्रकाश चन्द्र नेपाललाई हराएका थिए । सुश्रुत दहाल र सविन चन्द्र घिमिरेबीचको खेल बराबरीमा सकियो भने मुहान नर्सिङले मिसन दाहालसँग हार ब्यहोरे । यस्तै वर्तमान महिलातर्फको नेपाल च्याम्पियन सुजना लोहनी कृतिसरा अधिकारीसँग मात खान पुगिन् । जसले गर्दा कोशी नकआउट चरणमा प्रवेश गर्यो।

भक्तपुर चेस संघले नकआउट चरणमा प्रवेश गर्ने क्रममा थापाथली पार्क चेस क्लबमाथि २.५ र १.५ को कठिन जित हासिल गर्यो । जसमा युवा खेलाडी पुरुषोत्तम सिलवाल र क्षितज भण्डारीबीचको खेल बराबरीमा सकियो । विक्रम चोकामी सुसिल चौधरीसँग हारे भने स्वर्णिम दुवालले सेम सुब्बामाथि र अभिक शाहले अनुपजंग शाहमाथि जित दर्ता गर्दै टोलीलाई नकआउट चरणमा प्रवेश गराउन महत्वपूर्ण भुमिका खेले ।

मकवानपुर चेस संघ र आयोजक ललितपुर स्पोर्टस क्लबबीचको खेलमा जित्ने टोली नकआउट चरणमा प्रवेश गर्ने थियो । सो खेलमा कृष्ण थापा, सिन्देश्वर दाश र अनुशा गौतमसहित तीन खेलाडीले महत्वपूर्ण जित हासिल गर्दै ३.१ को अनुपातमा टोलीलाई जित दिलाए भने सुदेन टुईटुई रिसोन थापासँग पराजित भए पनि टोली लाई कुनै असर परेन ।

चारै टोली समान १० अंकसहित नकआउट चरणमा पुगेका हुन् ।  

यसअघि बिहीबार नै भएको छैटौं चारणको खेलमा दोलखा चेस होम नेपालले मकवानपुरमाथि २.५, १.५ को जित हात पार्दा एफएम रुपेश जैसवाल र सुश्रुत दहालले जित निकाल्दा र मुहान नर्सिङले बराबरी खेल्दै टोलीलाई नकआउट चरणमा पुर्याएका थिए । 

त्यस्तै आयेजक ललितपुर स्पोर्टस क्लबले थापाथली चेस पार्कसँग बराबरी खेल्दा राजन सुवेदी र क्षितिज भण्डारीबीचको खेल बराबरी, सुसिल चौधरीले सुरोज महर्जनलाई पराजित गरे । रिसोन थापाले सेम सुब्बालाई हराएका थिए भने आयुष देमन रौरा र अनुपजंग शाहबीचको खेल बराबरीमा सकिएको थियो ।

कोशी प्रदेश र दोलखा जिल्ला चेस संघबीचको खेल २-२ को बराबरीमा सम्पन्न भएको थियो भने भक्तपुर जिल्ला संघले लुम्बिनी इभेन्ट म्यानेज्मेन्टमाथि ३-१ को जित हात पारेको थियो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।