चैत्र ८, २०८२ आइतबार | ०१:३६:०७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

राष्ट्रिय टिम बुद्धिचाल च्याम्पियनसिप: नकआउट चरण समिकरण पूरा

ललितपुर । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको लिग चरणको खेल समाप्तिसँगै दोलखा चेस होम नेपाल, कोशी प्रदेश चेस संघ, भक्तपुर जिल्ला बुद्धिचाल संघ र मकवानपुर जिल्ला बुद्धिचाल संघ नकआउट चरणमा प्रवेश गरेका छन् ।

बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेको दोलखा चेस होम नेपालमाथि कोशी प्रदेश संघले रोमाञ्चक जित निकालेको थियो । जसमा वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवालले प्रकाश चन्द्र नेपाललाई हराएका थिए । सुश्रुत दहाल र सविन चन्द्र घिमिरेबीचको खेल बराबरीमा सकियो भने मुहान नर्सिङले मिसन दाहालसँग हार ब्यहोरे । यस्तै वर्तमान महिलातर्फको नेपाल च्याम्पियन सुजना लोहनी कृतिसरा अधिकारीसँग मात खान पुगिन् । जसले गर्दा कोशी नकआउट चरणमा प्रवेश गर्यो।

भक्तपुर चेस संघले नकआउट चरणमा प्रवेश गर्ने क्रममा थापाथली पार्क चेस क्लबमाथि २.५ र १.५ को कठिन जित हासिल गर्यो । जसमा युवा खेलाडी पुरुषोत्तम सिलवाल र क्षितज भण्डारीबीचको खेल बराबरीमा सकियो । विक्रम चोकामी सुसिल चौधरीसँग हारे भने स्वर्णिम दुवालले सेम सुब्बामाथि र अभिक शाहले अनुपजंग शाहमाथि जित दर्ता गर्दै टोलीलाई नकआउट चरणमा प्रवेश गराउन महत्वपूर्ण भुमिका खेले ।

मकवानपुर चेस संघ र आयोजक ललितपुर स्पोर्टस क्लबबीचको खेलमा जित्ने टोली नकआउट चरणमा प्रवेश गर्ने थियो । सो खेलमा कृष्ण थापा, सिन्देश्वर दाश र अनुशा गौतमसहित तीन खेलाडीले महत्वपूर्ण जित हासिल गर्दै ३.१ को अनुपातमा टोलीलाई जित दिलाए भने सुदेन टुईटुई रिसोन थापासँग पराजित भए पनि टोली लाई कुनै असर परेन ।

चारै टोली समान १० अंकसहित नकआउट चरणमा पुगेका हुन् ।  

यसअघि बिहीबार नै भएको छैटौं चारणको खेलमा दोलखा चेस होम नेपालले मकवानपुरमाथि २.५, १.५ को जित हात पार्दा एफएम रुपेश जैसवाल र सुश्रुत दहालले जित निकाल्दा र मुहान नर्सिङले बराबरी खेल्दै टोलीलाई नकआउट चरणमा पुर्याएका थिए । 

त्यस्तै आयेजक ललितपुर स्पोर्टस क्लबले थापाथली चेस पार्कसँग बराबरी खेल्दा राजन सुवेदी र क्षितिज भण्डारीबीचको खेल बराबरी, सुसिल चौधरीले सुरोज महर्जनलाई पराजित गरे । रिसोन थापाले सेम सुब्बालाई हराएका थिए भने आयुष देमन रौरा र अनुपजंग शाहबीचको खेल बराबरीमा सकिएको थियो ।

कोशी प्रदेश र दोलखा जिल्ला चेस संघबीचको खेल २-२ को बराबरीमा सम्पन्न भएको थियो भने भक्तपुर जिल्ला संघले लुम्बिनी इभेन्ट म्यानेज्मेन्टमाथि ३-१ को जित हात पारेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो