काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको महिला थ्री वाई थ्री बास्केटबल र ह्यान्डबलमा बुधबार नेपालले पराजय ब्यहोरेको छ ।
नेपाल थ्री वाई थ्री बास्केटबलमा काजकिस्तान र ह्यान्डबलमा जापानसँग स्तब्ध बन्यो । बास्केटबलतर्फ डिक्वान जियोग्राफिक इन्फरमेसन पार्कमा सम्पन्न पोल ‘बी’ को दोस्रो खेलमा नेपालले १७–१० को पराजय व्यहोरेको हो ।
पहिलो खेलमा नेपालले जापानसँग २२-४ को फराकिलो हार ब्यहोरेको थियो । तेस्रो तथा अन्तिम खेलमा शुक्रबार चाइनिज ताइपेइको सामना गर्नेछ ।
ह्यान्डबलतर्फ सेन्जियाङ नर्मल युनभरसिटीको साओशन जिम्नाजियमा सम्पन्न पोल ‘बी’ को दोस्रो खेलमा नेपाल जापानसँग ६२-१० ले पराजित भयो ।
पहिलो खेलमा नेपाल चीनसँग ५७-१० ले निरास बनेकाे थियो । नेपालले तेस्रो तथा अन्तिम खेलमा शुक्रबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
