चैत्र १२, २०८२ बिहीबार | १५:३३:२६
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

एसियाली खेलकुदः उसुको पुरुष छाङछ्वानमा विजय सातौं स्थानमा

काठमाडौं । नेपालका विजय सिंजालीले आइतबार १९ औं एसियाली खेलकुदअन्तर्गत उसुको पुरुष थाउलो छाङछ्वानमा  सातौं स्थान हासिल गरेका छन् ।

साओशन गुआली स्पोर्टस सेन्टरमा सम्पन्न १४ खेलाडी सम्मिलित यो स्पर्धामा विजयले ९.७०३ स्कोर गरे । ९.८५० स्कोर गरेका चीनका पियुन सनले स्वर्ण पदक जिते ।

 इन्डोनेसियाका जाभियर मार्भेलोले ९.७८६ स्कोरका साथ रजत तथा ९.७६० स्कोर गर्दै मकाउका कुआन सङ्ग चिले कांस्य पदका जिते ।

यसैगरी महिला ताइजियानमा नेपालकी सविता राई ८.७९६ स्कोरका साथ पुछारमा रहिन । यो स्पर्धामा चीनकी सिन टोङ्ग, ब्रुनाइकी बिस्माह लेचकर र थाइल्यान्डकी अगथा क्रिस्टेनजेन वाङ शीर्ष तीनमा रहे ।

उनीहरुले क्रमशः ९.८५३, ९.७५६ र ९.७३६ स्कोर गरे । यसैगरी उसुको सान्सौं (फाइट) मा एलिना चौधरी र रोहित चुनारो पराजित भए । 

महिला ५२ केजीमा इरानकी सामिरौमी मन्सोरियनसँग डब्ल्युपिडीको आधारमा पराजित हुँदा एलिनाको यात्रा क्वार्टरफाइनलबाट अगाडि बढ्न सकेन ।

पुरुष ५६ केजीमा रोहित किर्गिस्तानका अभाजबेक अम्यानबेकोभसँग २-० ले पराजित भए । ६० केजीमा कीर्तिस्तानका अस्काट ओमरजाकोभसँग डब्ल्युपिडीको आधारमा स्तब्ध बन्दा मंगलप्रसाद थारुको यात्रा पनि क्वार्टरफाइनलमै सिमित बन्यो ।

७० केजीको क्वार्टरफाइनलमा पदम राई लाओसका फोनह साईबोनफेंगसँग २-० ले स्तब्ध बने ।

 


 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो