चैत्र १२, २०८२ बिहीबार | १६:२३:२६
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

मगस, टिभ्स र एनआइसी च्याम्पियन

काठमाडौं । मगस, टिभ्स र एनआइसीले प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिताको च्याम्पियन बनेका छन् । थ्री बाइ थ्री बास्केटबलको ब्वाइजमा मगस र गर्ल्समा टिभ्स च्याम्पियन बनेका हुन्।

कोटेश्वरस्थित आयोजक हिमालय स्कुल/ कलेजको कोर्टमा शुक्रबार भएको ब्वाइज बास्केटबल फाइनलमा मगसले विनायक सिद्ध (भिएस) लाई १५-१४ को साँघुरो अन्तरले पराजित गरेको हो । बास्केटबलकै गर्ल्स उपाधि भिडन्तमा टिभ्सले ब्राभोलाई ६-४ ले हरायो ।

ब्वाइजमा मगसका आशिष थापा मगर तथा गर्ल्स टिभ्सकी पेम्बा डोल्मा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

यसैगरी ब्वाइज फुटसलमा एनआइसी च्याम्पियन बन्यो ।

ब्वाइज फुटसल फाइनलमा एनआईसी पहिलो तथा आयोजक हिमालय दोश्रो भए । एन्जल्स लर्डका सुशिल कुमाल उत्कृष्ट खेलाडी चुनिए ।

बास्केटबल र फुटसल दुवैतर्फका विजेताले १० हजार तथा उपविजेताले ५ हजार रुपैयाँसहित ७५ प्रतिशत छात्रवृत्ति पाए । सहभागी टोलीका प्रत्येक सदस्यलाई पनि प्रोत्साहन स्वरुप ५० प्रतिशत छात्रवृत्ति प्रदान गरियो ।

विजेतालाई हिमालयका प्रिन्सिपल रामहरि सिलवाल, प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी र बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले  पुरस्कृत गरे । दुई दिने प्रतियोगितामा बास्केटबलको ब्वाइजतर्फ ५० तथा गर्ल्सतर्फ १६ गरी ६६ तथा फुटसलमा ८ ब्वाइज टोली सहभागी थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो