माघ १७, २०८२ शनिबार | ०५:१२:५९
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

मगस, टिभ्स र एनआइसी च्याम्पियन

काठमाडौं । मगस, टिभ्स र एनआइसीले प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिताको च्याम्पियन बनेका छन् । थ्री बाइ थ्री बास्केटबलको ब्वाइजमा मगस र गर्ल्समा टिभ्स च्याम्पियन बनेका हुन्।

कोटेश्वरस्थित आयोजक हिमालय स्कुल/ कलेजको कोर्टमा शुक्रबार भएको ब्वाइज बास्केटबल फाइनलमा मगसले विनायक सिद्ध (भिएस) लाई १५-१४ को साँघुरो अन्तरले पराजित गरेको हो । बास्केटबलकै गर्ल्स उपाधि भिडन्तमा टिभ्सले ब्राभोलाई ६-४ ले हरायो ।

ब्वाइजमा मगसका आशिष थापा मगर तथा गर्ल्स टिभ्सकी पेम्बा डोल्मा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

यसैगरी ब्वाइज फुटसलमा एनआइसी च्याम्पियन बन्यो ।

ब्वाइज फुटसल फाइनलमा एनआईसी पहिलो तथा आयोजक हिमालय दोश्रो भए । एन्जल्स लर्डका सुशिल कुमाल उत्कृष्ट खेलाडी चुनिए ।

बास्केटबल र फुटसल दुवैतर्फका विजेताले १० हजार तथा उपविजेताले ५ हजार रुपैयाँसहित ७५ प्रतिशत छात्रवृत्ति पाए । सहभागी टोलीका प्रत्येक सदस्यलाई पनि प्रोत्साहन स्वरुप ५० प्रतिशत छात्रवृत्ति प्रदान गरियो ।

विजेतालाई हिमालयका प्रिन्सिपल रामहरि सिलवाल, प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी र बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले  पुरस्कृत गरे । दुई दिने प्रतियोगितामा बास्केटबलको ब्वाइजतर्फ ५० तथा गर्ल्सतर्फ १६ गरी ६६ तथा फुटसलमा ८ ब्वाइज टोली सहभागी थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।