चैत्र ११, २०८२ बुधबार | ०२:२१:१२
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

सिक्किम नेशनल टुर्नामेन्टमा नेपाललाई १५ पदक

काठमाडौं । भारतको सिक्किममा सम्पन्न प्रथम सिक्किम नेशनल टुर्नामेन्टमा १५ पदक जितेर नेपाली पिकलबल टोली स्वदेश फर्किएको छ ।

नेपालले प्रतियोगितामा एक स्वर्ण, आठ रजत र ६ कांस्य पदक जितेको थियो ।

भारतको नेशनल टुर्नामेन्ट भए पनी नेपालले पाहुना टोलीका रुपमा सहभागिता जनाएको हो । प्रतियोगितामा भारतका १० वटा प्रान्तका खेलाडीको सहभागीता रहेको थियो। नेपाली खेलाडीका लागि न्यु लक्ष्मी ज्वेलर्सले जर्सी उपलब्ध गराएको थियो।

पुरुष सिंगलमा नेपालका कुमार प्रधानले गुजरातका डा.जनक देशाईलाई हराउँदै स्वर्ण पदक जिते । प्रधान नेपाली टोलीका प्रमुख प्रशिक्षक समेत हुन्।

यसैगरी महिला सिंगल र डबल्सगरी जर्जिया चौधरीले तीन रजत तथा स्वस्तिका महर्जन र प्रजुना अधिकारीले समान एक सिल्भर र दुई कांस्य पदक जिते ।  

यसैगरी पुरुषतर्फ जनक फडेराले दुई रजत किरण खनालले एक सिल्भर र सौरभ भण्डारीले एक कांस्य जिते ।

छोटो समयमा भारतले पिकलबल खेलमा गरेको प्रगतिलाई आत्मसात गर्दै नेपाली टोलीले भारतमा आयोजित विभिन्न प्रतियोगितामा सहभागी भएर खेलाडीको स्किल डेभलप गर्ने अवसरको रुपमा लिएको पिकलबल एशोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारीले बताए।

पिकलबल एशोसियसन नेपालले विभिन्न क्लब तथा शैक्षिक संस्थाहरुसँगको सहकार्यमा नेपालमा पिकलबल खेलको विकास तथा प्रबर्द्धन गरिरहेको छ।

पछिल्लो समय बिश्वब्यापी रुपमा लोकप्रिय बन्दै गएको ‘पिकलबल’ खेल नेपालमा समेत सबै उमेर समुहमा लोकप्रिय बन्दै गएको छ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो