चैत्र ११, २०८२ बुधबार | १०:३१:५२
पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित

 लुम्बिनी  रेलिगेसनमा

पोखरा, (खेलाडी) -  राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा लुम्बिनी फुटसल पनि रेलिगेशनमा परेको छ । 

पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको खेलमा लुम्बिनी द राइजिङ क्लब धरानसंग ६-५ को हार व्यहोरेसंगै रेलिगेसनमा परेको हो ।

जितसंगै राइजिङको आठ खेलबाट १६ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीको समान खेलबाट  चार  अंक मात्रै रहँदै रेलिगेसनमा परेको हो । राइजिङको जितमा कप्तान दोर्जे तामाङ, रिवोस मास्के, विकु तामाक,सुदिप गुरुङ, हेमन्त थापा मगर र मिलन राइले गोल गरे । लुम्बिनीका लागि कप्तान रेफी महर्जन, हेमन्त गुरुङ, रुपेन थापा र देवशिस शर्माले गोल गरे । 

शनिबार भएको दोस्रो खेलमा स्पोट्र्स क्यासलले फुटसल ५ धरान विरुद्ध पुनरागमन जित निकालेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा क्यासलले आफ्नो अपराजित यात्रालाई निरन्तरता दियो । खेल सुरु भएको पहिलो मिनेटमै धरानले अग्रता लिएको थियो ।

धरानका किरण चौधरीले गोल गर्दै अग्रता दिलाए । १०औँ मिनेटमा क्यासलका सुरेन बुढा मगरले गोल गर्दै बराबरीमा ल्याए । पहिलो हाफ १-१ गोलको बराबरीमा रोकिएपनि दोस्रो हाफमा पुनः धरानले अग्रता लियो । २४ औँ मिनेटमा किरणले व्यक्तिगत दोस्रो गोल गर्दै धरानलाई अग्रता दिलाए । निकै दबाबमा परेको क्यासलका सुमित श्रेष्ठले ३७औँ मिनेटमा बराबरी गोल फर्काए ।

क्यासलका कप्तान अञ्जन देवकोटाले ४०औँ मिनेटमा गोल गर्दै जित दिलाए । खेल सकिए लगत्तै केहीबेर विवाद समेत भयो । धरानका प्रशिक्षक तथा खेलाडीहरु रेफ्रीमाथि जाइलाग्न खोजेपछि रेफ्रीले प्रशिक्षक विश्वास लामा, म्यानेजर जिवन आले मगर र सुजन खड्कालाई रातो कार्ड दिए । यस अघि धरानका गोलरक्षक धिरज तामाङले रातो कार्ड पाएका थिए ।

यो लिगकै सबैभन्दा बढि रातो कार्ड देखाइएको खेल  हो । खेलको म्यान अफदी म्याच क्यासलका गोलरक्षक विश्वास पौडेल घोषित भए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो