माघ १०, २०८२ शनिबार | १३:३६:३३
जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह

 लुम्बिनी  रेलिगेसनमा

पोखरा, (खेलाडी) -  राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा लुम्बिनी फुटसल पनि रेलिगेशनमा परेको छ । 

पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको खेलमा लुम्बिनी द राइजिङ क्लब धरानसंग ६-५ को हार व्यहोरेसंगै रेलिगेसनमा परेको हो ।

जितसंगै राइजिङको आठ खेलबाट १६ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीको समान खेलबाट  चार  अंक मात्रै रहँदै रेलिगेसनमा परेको हो । राइजिङको जितमा कप्तान दोर्जे तामाङ, रिवोस मास्के, विकु तामाक,सुदिप गुरुङ, हेमन्त थापा मगर र मिलन राइले गोल गरे । लुम्बिनीका लागि कप्तान रेफी महर्जन, हेमन्त गुरुङ, रुपेन थापा र देवशिस शर्माले गोल गरे । 

शनिबार भएको दोस्रो खेलमा स्पोट्र्स क्यासलले फुटसल ५ धरान विरुद्ध पुनरागमन जित निकालेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा क्यासलले आफ्नो अपराजित यात्रालाई निरन्तरता दियो । खेल सुरु भएको पहिलो मिनेटमै धरानले अग्रता लिएको थियो ।

धरानका किरण चौधरीले गोल गर्दै अग्रता दिलाए । १०औँ मिनेटमा क्यासलका सुरेन बुढा मगरले गोल गर्दै बराबरीमा ल्याए । पहिलो हाफ १-१ गोलको बराबरीमा रोकिएपनि दोस्रो हाफमा पुनः धरानले अग्रता लियो । २४ औँ मिनेटमा किरणले व्यक्तिगत दोस्रो गोल गर्दै धरानलाई अग्रता दिलाए । निकै दबाबमा परेको क्यासलका सुमित श्रेष्ठले ३७औँ मिनेटमा बराबरी गोल फर्काए ।

क्यासलका कप्तान अञ्जन देवकोटाले ४०औँ मिनेटमा गोल गर्दै जित दिलाए । खेल सकिए लगत्तै केहीबेर विवाद समेत भयो । धरानका प्रशिक्षक तथा खेलाडीहरु रेफ्रीमाथि जाइलाग्न खोजेपछि रेफ्रीले प्रशिक्षक विश्वास लामा, म्यानेजर जिवन आले मगर र सुजन खड्कालाई रातो कार्ड दिए । यस अघि धरानका गोलरक्षक धिरज तामाङले रातो कार्ड पाएका थिए ।

यो लिगकै सबैभन्दा बढि रातो कार्ड देखाइएको खेल  हो । खेलको म्यान अफदी म्याच क्यासलका गोलरक्षक विश्वास पौडेल घोषित भए । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate