मंसिर २९, २०८२ सोमबार | ०२:१७:०२
एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई सातौँ इन्ट्रा म्याड्रिस्टा फुटसल सम्पन्न नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन एपिएफको अपराजित यात्रा जारी, रश्मीको गोलमा कराँचीलाई हरायो साढे दुई महिनापछि मैदानमा फर्किइन गीता एपिएफ र कराँचीको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र कँराची भिड्दै किन क्रिकेट अनिश्चितताको खेल ? ‘एनपिएल हेर्नुस’ एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई सातौँ इन्ट्रा म्याड्रिस्टा फुटसल सम्पन्न नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन एपिएफको अपराजित यात्रा जारी, रश्मीको गोलमा कराँचीलाई हरायो साढे दुई महिनापछि मैदानमा फर्किइन गीता एपिएफ र कराँचीको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र कँराची भिड्दै किन क्रिकेट अनिश्चितताको खेल ? ‘एनपिएल हेर्नुस’

बुधबार फेन्सिङमा बाग्मतीलाई दुई तथा आर्मीलाई एक स्वर्ण, पदक नआइपुग्दा समारोह भएन

तस्बिरः केशव कटुवाल/खेलाडी

पोखरा । बाग्मती प्रदेशले बुधबार दुई स्वर्ण पदक जित्दै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा स्वर्ण पदक संख्या चार पुर्याएको छ ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई निराश पार्दै बाग्मती प्रदेशले पोखरा रंगशालास्थित ब्याड्मिन्टन हलमा जारी फेन्सिङ प्रतियोगितामा चौथो स्वर्ण पदक जित्यो ।

यसअघि नै तीन स्वर्ण पदक जितिसकेको बाग्मती प्रदेशका लागि बुधबार महिला टिम सेबरमा सोफिया चन्द, विनिता कार्की, शिक्षा नापित र आकी प्रजापतीको टोलीले आर्मीको पवित्रा खड्का, जानुका थापा मगर, मनिषा श्रेष्ठ र रविना थापाको टोलीलाई ४५–३५ को स्कोरमा हराउँदै उपाधि जितेको हो ।

आर्मीको टोली उपविजेता बन्दा एपिएफ र प्रदेश एकले कांस्य पदक जिते । प्रदेश एकको टोलीमा संजिवनी चौधरी, सुशीला चौधरी, यशोधा चौधरी र दिलकुमारी श्रेष्ठ तथा एपिएफको टोलीमा तुलसा बुढाथोकी, सुकमाया घिसिङ, उर्मिला लामा र मुना थापा थिए ।

बुधबार निर्णय भएको तेस्रो तथा अन्तिम इभेन्टका लागि पदक समयमा नआइपुगेका कारण पदक वितरण समारोह हुन सकेन । आयोजकले समयमा पदक नल्याइदिएका कारण यो इभेन्ट्सको पदक भोली बिहीबार वितरण गरिने बताइएको छ ।

बुधबारै यसअघि महिला टिम इपीमा पुजना कुमाल, सिता पाठक, इन्दिरा पौडेल र मनिषा रायामाझीको टोलीले अर्को विभागीय टोली एपिएफलाई निराश पार्दै स्वर्ण पदक जिते । यससँगै फेन्सिङका कुल १२ मध्ये आठ स्वर्ण पदकको छिनोफानो भएको छ ।

एपिएफका सुदिना धिमाल, अनिता कार्की, शारदा मल्ल र जानुका स्याङतानको टिमले रजत पदक जित्दा सुदूरपश्चिम र प्रदेश एकले कांस्य पदकमा चित्त बुझाए ।

बुधबारै यसअघि पोखरा रंगशालास्थित ब्याड्मिन्टन हलमा सम्पन्न फाइनलमा आर्मीलाई पराजित गर्दै बाग्मतीले पुरुष टिम फोयलको स्वर्ण पदक जितेको थियो ।

आर्मीले रजत पदक जित्दा सुदूरपश्चिमाञ्चल र प्रदेश एकको टोलीले संयुक्त रुपमा कांस्य पदक जिते ।

फेन्सिङ प्रतियोगिताको दोस्रो दिन मंगलबार पुरुष सेबरमा एपिएफका राजेन्द्र गजुरेल, महिला फोइलमा आर्मीकी रमा सिंह र पुरुष इपीमा बाग्मतीका ओमकार सिंहले स्वर्ण पदक जितेका थिए ।  

पहिलो दिन सोमबार बाग्मतीकी शिक्षा नापित, नेपाली सेनाकी इन्दिरा पौडेल र सुदूरपश्चिमका जलिन्द्र शाहीले स्वर्ण पदक जितेका थिए ।

अहिलेसम्म फेन्सिङबाट बाग्मतीले सर्वाधिक चार स्वर्ण पदक जित्दा आर्मीले तीन तथा एपिएफ र सुदूरपश्चिमले एक/एक स्वर्ण पदक जितेका छन् ।


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team