माघ १६, २०८२ शुक्रबार | १२:३६:१९
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

नवौं राष्ट्रिय खेलकुदः गण्डकीले सबै ३८ खेलमा ७०९ खेलाडी सहभागी गराउने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको तयारीबारे जानकारी गराउँदै प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङ र प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरुङ (बायाँ) । तस्बिरः सुदर्शन र

काठमाडौं । अर्को महिनाको अन्त्यमा सुरु हुने बहुप्रतिक्षित नवौं वृहत राष्ट्रिय खेलकुदमा आयोजक गण्डकी प्रदेशले ३६ प्रतिस्पर्धात्मक र दुई प्रदर्शनी गरि सबै ३८ खेलमा सात सय नौ खेलाडी सहभागी गराउने भएको छ ।

बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरुङले ३९ वर्षपछि गण्डकी प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता फर्किएकोमा खुसी व्यक्त गर्दै सहभागिताको योजना सार्वजनिक गरे ।

असोज २८ देखि कात्तिक तीन गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशका सबै ११ जिल्लामा खेलाडी छनोट कार्यक्रम सम्पन्न भइसकेको प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङले जानकारी गराए । उनका अनुसार वृहत राष्ट्रिय खेलकुदको मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)ले तय गरेको समयसिमाभित्रै दर्ता प्रक्रिया सम्पन्न गर्नका लागि भोली बिहीबार र शुक्रबार प्रदेशको अन्तिम छनोट प्रतियोगिता आयोजना गरिनेछ ।

राखेपले तोकेको समयसिमाअनुसार आज भदौ १५ गतेभित्र सहभागि सबै सात प्रदेश, तीन विभागीय टोली र एनआरएनएको टोलीले आफूले सहभागिता जनाउने खेल तथा भदौ २५ गतेभित्र खेलाडीको अन्तिम नामावली पठाइसक्नुपर्छ ।

त्यसअनुसार भोली र पर्सी गरिन लागेको छनोट प्रतियोगितामा प्रदेशका सबै ११ जिल्लाबाट खेलाडी प्रशिक्षक र व्यवस्थापक गरि तीन हजार दुई सय २३ जनाको सहभागिता रहने मन्त्री गुरुङले जानकारी गराए । उनले प्रतियोगिताअघि आजै सबै खेलाडीहरुको प्रि कम्पिटिसन मेडिकल परिक्षणको व्यवस्था गरिएको पनि बताए ।


दुई दिन चल्ने प्रतियोगिताबाट गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने चार सय ११ पुरुष र दुई सय ९८ महिला गरि सात सय नौ खेलाडी छानिनेछन् । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले कुल चार सय चार इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ ।


छनोट प्रतियोगितामा सफलता हासिल गर्ने खेलाडीलाई असोज १ देखि २६ गतेसम्म बन्द प्रशिक्षणमा राख्ने जानकारी गराउँदै सदस्यसचिव गुरुङले भलिबल, बास्केटबल, कराते, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते र तेक्वान्दोका करिव सय खेलाडीलाई मनाङमा असोज १ गतेबाट १५ दिनको हाई अल्टिच्युट तालिमको व्यवस्था गर्ने लक्ष्य राखिएको बताए ।

उनले भदौ ३ गतेबाटै प्रदेशको प्राथमिकतामा परेका १४ खेलका लागि विशेष प्रशिक्षण सुरु गरेको र त्यसमा पाँच वटा महिला खेल पनि समावेश रहेको जानकारी गराए ।


गुरुङका अनुसार जिल्ला र प्रदेश छनोट तथा बन्द प्रशिक्षणका लागि सात करोड ८५ लाखको अनुमानित बजेट रहेकोमा राखेपबाट ४९ लाख, प्रदेश सरकारबाट ३ करोड ४६ लाख रुपैयाँ प्राप्त भएको छ । यसैगरी आर्थिक वर्ष २०७९–८० को लागि बिनियोजित एक करोड, विभिन्न प्रदेश तथा राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विनियोजित १ करोड ३० लाख गरि कुल ६ करोड २५ लाख खर्च गरिने जानकारी गराइयो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।