चैत्र १४, २०८२ शनिबार | ०१:५४:४८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नवौं राष्ट्रिय खेलकुदः गण्डकीले सबै ३८ खेलमा ७०९ खेलाडी सहभागी गराउने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको तयारीबारे जानकारी गराउँदै प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङ र प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरुङ (बायाँ) । तस्बिरः सुदर्शन र

काठमाडौं । अर्को महिनाको अन्त्यमा सुरु हुने बहुप्रतिक्षित नवौं वृहत राष्ट्रिय खेलकुदमा आयोजक गण्डकी प्रदेशले ३६ प्रतिस्पर्धात्मक र दुई प्रदर्शनी गरि सबै ३८ खेलमा सात सय नौ खेलाडी सहभागी गराउने भएको छ ।

बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरुङले ३९ वर्षपछि गण्डकी प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता फर्किएकोमा खुसी व्यक्त गर्दै सहभागिताको योजना सार्वजनिक गरे ।

असोज २८ देखि कात्तिक तीन गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशका सबै ११ जिल्लामा खेलाडी छनोट कार्यक्रम सम्पन्न भइसकेको प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङले जानकारी गराए । उनका अनुसार वृहत राष्ट्रिय खेलकुदको मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)ले तय गरेको समयसिमाभित्रै दर्ता प्रक्रिया सम्पन्न गर्नका लागि भोली बिहीबार र शुक्रबार प्रदेशको अन्तिम छनोट प्रतियोगिता आयोजना गरिनेछ ।

राखेपले तोकेको समयसिमाअनुसार आज भदौ १५ गतेभित्र सहभागि सबै सात प्रदेश, तीन विभागीय टोली र एनआरएनएको टोलीले आफूले सहभागिता जनाउने खेल तथा भदौ २५ गतेभित्र खेलाडीको अन्तिम नामावली पठाइसक्नुपर्छ ।

त्यसअनुसार भोली र पर्सी गरिन लागेको छनोट प्रतियोगितामा प्रदेशका सबै ११ जिल्लाबाट खेलाडी प्रशिक्षक र व्यवस्थापक गरि तीन हजार दुई सय २३ जनाको सहभागिता रहने मन्त्री गुरुङले जानकारी गराए । उनले प्रतियोगिताअघि आजै सबै खेलाडीहरुको प्रि कम्पिटिसन मेडिकल परिक्षणको व्यवस्था गरिएको पनि बताए ।


दुई दिन चल्ने प्रतियोगिताबाट गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने चार सय ११ पुरुष र दुई सय ९८ महिला गरि सात सय नौ खेलाडी छानिनेछन् । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले कुल चार सय चार इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ ।


छनोट प्रतियोगितामा सफलता हासिल गर्ने खेलाडीलाई असोज १ देखि २६ गतेसम्म बन्द प्रशिक्षणमा राख्ने जानकारी गराउँदै सदस्यसचिव गुरुङले भलिबल, बास्केटबल, कराते, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते र तेक्वान्दोका करिव सय खेलाडीलाई मनाङमा असोज १ गतेबाट १५ दिनको हाई अल्टिच्युट तालिमको व्यवस्था गर्ने लक्ष्य राखिएको बताए ।

उनले भदौ ३ गतेबाटै प्रदेशको प्राथमिकतामा परेका १४ खेलका लागि विशेष प्रशिक्षण सुरु गरेको र त्यसमा पाँच वटा महिला खेल पनि समावेश रहेको जानकारी गराए ।


गुरुङका अनुसार जिल्ला र प्रदेश छनोट तथा बन्द प्रशिक्षणका लागि सात करोड ८५ लाखको अनुमानित बजेट रहेकोमा राखेपबाट ४९ लाख, प्रदेश सरकारबाट ३ करोड ४६ लाख रुपैयाँ प्राप्त भएको छ । यसैगरी आर्थिक वर्ष २०७९–८० को लागि बिनियोजित एक करोड, विभिन्न प्रदेश तथा राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विनियोजित १ करोड ३० लाख गरि कुल ६ करोड २५ लाख खर्च गरिने जानकारी गराइयो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो