चैत्र १५, २०८२ आइतबार | ०५:०७:५०
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

स्थानीय तह निर्वाचनको उत्साहबाट खेलाडी वञ्चित

काठमाडौं । भोलि हुने स्थानीय तह निर्वाचनका लागि आम नेपालीमा उत्साह बेग्लै छ । काठमाडौं जस्ता ठूला सहरहरुबाट दैनिक लाखौंको संख्यामा नागरिक मतदानकै लागि गाउँ फर्किने क्रम जारी छ ।

तर, राष्ट्रको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय यात्रा तथा बन्द प्रशिक्षण गरिरहेका खेलाडीहरुमा भने यसको रौनकले छोएन वा भनौं यो रौनकबाट उनीहरू वञ्चित भए ।

प्रशिक्षण र खेलका लागि राजधानी र अन्तर्राष्ट्रिय यात्रामा रहे पनि खेलाडीहरूले आफ्नो बचेको समयमा गाँउमै बिताउँछन् । यसैकारण पनि स्थानीय तहमा कस्ता प्रतिनिधि नेतृत्वमा आउछन् भन्ने कुरा खेलाडीहरुका लागि निकै अर्थ राख्छ । तर, पाँच वर्षको लागि निर्वाचित हुने स्थानीय प्रतिनिधिको चयनमा खेलाडी कै सहभागिता नहुँदा आफ्नो प्रतिनिधि आफैंले छान्ने अधिकारबाट उनीहरू वञ्चित हुनु परेको छ ।

अहिलेको ताजा अवस्थालाई हेर्ने हो भने बक्सिङको एक टोली टर्कीको इस्तानबुलमा जारी अन्तर्राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेको छ । टेबल टेनिसको एक टोली माल्दिभ्समा जारी दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा प्रतिस्पर्धा गरिरहेको छ ।

यस्तै, एएफसी एसिया कप तेस्रो चरणको छनोटको तयारीका लागि राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षण गरिरहेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षण २७ खेलाडी दशरग रंगशालामा प्रशिक्षण गरिरहेका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगमा पनि सहभागी १४ टोलीमा लगभग चार सय खेलाडी खेलिरहेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जेठ दुई गतेदेखि हुने युगान्डाको महिला क्रिकेट टिमसँगको पाँच खेलको ट्वान्टी २० शृंखलाका लागि २२ राष्ट्रिय महिला क्रिकेटर बन्द प्रशिक्षणमा छन् ।

माथि उल्लेख गरिएका कुनै पनि खेलाडीले आफ्नो स्थानीय तहमा हुने निर्वाचनमा जनप्रतिनिधि चुन्न पाउँने अधिकारको प्रयोग गर्न पाउने छैनन् । यसबारे न त कसैले अहिलेसम्म विकल्प खोज्नु पर्यो भन्ने आवाज उठाएका छन् । उनीहरुको मताधिकार अधिकार सुनिश्चित गर्न कुनै पनि क्षेत्रमा हालसम्म बहस भएको पाइँदैन ।

यसबाहेक, खेलकै कारण जिल्लाबाहिर रहेका खेलाडी अझ धेरै छन् । जोसँग निर्वाचनमा आफू अनुकुल उम्मेदवारले जितुन् भन्ने कामना गर्नेबाहेक कुनै विकल्प छैन ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो