माघ १६, २०८२ शुक्रबार | ०२:४९:५२
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

स्थानीय तह निर्वाचनको उत्साहबाट खेलाडी वञ्चित

काठमाडौं । भोलि हुने स्थानीय तह निर्वाचनका लागि आम नेपालीमा उत्साह बेग्लै छ । काठमाडौं जस्ता ठूला सहरहरुबाट दैनिक लाखौंको संख्यामा नागरिक मतदानकै लागि गाउँ फर्किने क्रम जारी छ ।

तर, राष्ट्रको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय यात्रा तथा बन्द प्रशिक्षण गरिरहेका खेलाडीहरुमा भने यसको रौनकले छोएन वा भनौं यो रौनकबाट उनीहरू वञ्चित भए ।

प्रशिक्षण र खेलका लागि राजधानी र अन्तर्राष्ट्रिय यात्रामा रहे पनि खेलाडीहरूले आफ्नो बचेको समयमा गाँउमै बिताउँछन् । यसैकारण पनि स्थानीय तहमा कस्ता प्रतिनिधि नेतृत्वमा आउछन् भन्ने कुरा खेलाडीहरुका लागि निकै अर्थ राख्छ । तर, पाँच वर्षको लागि निर्वाचित हुने स्थानीय प्रतिनिधिको चयनमा खेलाडी कै सहभागिता नहुँदा आफ्नो प्रतिनिधि आफैंले छान्ने अधिकारबाट उनीहरू वञ्चित हुनु परेको छ ।

अहिलेको ताजा अवस्थालाई हेर्ने हो भने बक्सिङको एक टोली टर्कीको इस्तानबुलमा जारी अन्तर्राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेको छ । टेबल टेनिसको एक टोली माल्दिभ्समा जारी दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा प्रतिस्पर्धा गरिरहेको छ ।

यस्तै, एएफसी एसिया कप तेस्रो चरणको छनोटको तयारीका लागि राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षण गरिरहेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षण २७ खेलाडी दशरग रंगशालामा प्रशिक्षण गरिरहेका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगमा पनि सहभागी १४ टोलीमा लगभग चार सय खेलाडी खेलिरहेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जेठ दुई गतेदेखि हुने युगान्डाको महिला क्रिकेट टिमसँगको पाँच खेलको ट्वान्टी २० शृंखलाका लागि २२ राष्ट्रिय महिला क्रिकेटर बन्द प्रशिक्षणमा छन् ।

माथि उल्लेख गरिएका कुनै पनि खेलाडीले आफ्नो स्थानीय तहमा हुने निर्वाचनमा जनप्रतिनिधि चुन्न पाउँने अधिकारको प्रयोग गर्न पाउने छैनन् । यसबारे न त कसैले अहिलेसम्म विकल्प खोज्नु पर्यो भन्ने आवाज उठाएका छन् । उनीहरुको मताधिकार अधिकार सुनिश्चित गर्न कुनै पनि क्षेत्रमा हालसम्म बहस भएको पाइँदैन ।

यसबाहेक, खेलकै कारण जिल्लाबाहिर रहेका खेलाडी अझ धेरै छन् । जोसँग निर्वाचनमा आफू अनुकुल उम्मेदवारले जितुन् भन्ने कामना गर्नेबाहेक कुनै विकल्प छैन ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।