माघ १६, २०८२ शुक्रबार | ०३:२७:०७
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

नवौं राष्ट्रिय खेलकुदको लोगो, नारा र मस्कट सार्वजनिक

काठमाडौं । अर्को महिना गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शनिबार आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, राखेपका सदस्यसचिव टंकलाल घिसिङ र उपाध्यक्ष शिव कोइरालाले लोगो, नारा तथा मस्कट सार्वजनिक गरे ।

नवौं राष्ट्रिय खेलकुदको मस्कटमा कस्तुरी मृग र लोगोमा माछापुच्छ्रे हिमाल, परेवा र चन्द्र–सूर्य अंकित गरिएको छ । यस्तै, नवौंको नारा ‘एकताबद्ध देश, खेलकुदको संदेश’ सार्वजनिक भएको छ । यो नारा सुयोग्य राज काफ्लेले लेखेका हुन् ।

नवौं खेलकुदको लोगो तथा मस्कट भोलानाथ पौडेलले बनाएका थिए ।

‘खेल पोखरमा हुने भएकाले लोगोको शीर्ष भागमा माछापुच्छ्रे राखेको छु,’ पौडेलले भने, ‘परेवाको सेप दिएर लोगोलाई बन्द गरेको छु । निलो रंग र ट्रयाक दिएको छु । जसले खेल आयोजना हुने स्थान चौथो प्रदेश भएकाले चार वटा ट्रयाक राखेको छु ।’

‘मस्कटका लागि लोपउन्मुख कस्तुरी मृगलाई छनोट गरेको छु, संरक्षित प्राणी बनिसकेको छ । त्यसैलाई प्रवद्र्धन गर्न र यसको स्पिड पनि खेलाडीसँग मिल्ने भएकाले कस्तुरीको प्रयोग गरेको छु,’ उनले भने ।

राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि लोगो र मस्टकको डिजाइनका लागि सार्वजनिक सूचना जारी गरेको थियो । जसबाट लोगोका १३ वटा र मस्कटका लागि ३ वटा डिजाइन आए पनि उपयुक्त नभएकाले पौडेललाई बनाउन लगाइएको बताइएको छ ।

लोगो, नारा तथा मस्कट सार्वजकि कार्यक्रमलाई सम्बोधन गर्दै राखेपका सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदको ‘काउन्ट डाउन’ सुरु भइसकेको बताए ।

‘काउन्ट डाउन सुरु गरिसकेका छौं, अब २८ दिन मात्रै बाँकी छ, म सम्बन्धित सबैसँग निरन्तर छलफलमा छु । र, नवौं आयोजनामा होमिनका लागि मैले आह्वान गरेको छु,’ उनले भने ।

नवौं राष्ट्रिय खेलकुदलाई आम मानिससम्म पुर्याउन र अपनत्व दिलाउन यो अगाडि नै सार्वजनिक हुनुपर्ने घिसिङले बताएका थिए । तर, ढिलै भए पनि ल्याउन सफल भएको उनले बताए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।