चैत्र १६, २०८२ सोमबार | १९:०६:१३
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

नवौं राष्ट्रिय खेलकुदको लोगो, नारा र मस्कट सार्वजनिक

काठमाडौं । अर्को महिना गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शनिबार आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, राखेपका सदस्यसचिव टंकलाल घिसिङ र उपाध्यक्ष शिव कोइरालाले लोगो, नारा तथा मस्कट सार्वजनिक गरे ।

नवौं राष्ट्रिय खेलकुदको मस्कटमा कस्तुरी मृग र लोगोमा माछापुच्छ्रे हिमाल, परेवा र चन्द्र–सूर्य अंकित गरिएको छ । यस्तै, नवौंको नारा ‘एकताबद्ध देश, खेलकुदको संदेश’ सार्वजनिक भएको छ । यो नारा सुयोग्य राज काफ्लेले लेखेका हुन् ।

नवौं खेलकुदको लोगो तथा मस्कट भोलानाथ पौडेलले बनाएका थिए ।

‘खेल पोखरमा हुने भएकाले लोगोको शीर्ष भागमा माछापुच्छ्रे राखेको छु,’ पौडेलले भने, ‘परेवाको सेप दिएर लोगोलाई बन्द गरेको छु । निलो रंग र ट्रयाक दिएको छु । जसले खेल आयोजना हुने स्थान चौथो प्रदेश भएकाले चार वटा ट्रयाक राखेको छु ।’

‘मस्कटका लागि लोपउन्मुख कस्तुरी मृगलाई छनोट गरेको छु, संरक्षित प्राणी बनिसकेको छ । त्यसैलाई प्रवद्र्धन गर्न र यसको स्पिड पनि खेलाडीसँग मिल्ने भएकाले कस्तुरीको प्रयोग गरेको छु,’ उनले भने ।

राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि लोगो र मस्टकको डिजाइनका लागि सार्वजनिक सूचना जारी गरेको थियो । जसबाट लोगोका १३ वटा र मस्कटका लागि ३ वटा डिजाइन आए पनि उपयुक्त नभएकाले पौडेललाई बनाउन लगाइएको बताइएको छ ।

लोगो, नारा तथा मस्कट सार्वजकि कार्यक्रमलाई सम्बोधन गर्दै राखेपका सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदको ‘काउन्ट डाउन’ सुरु भइसकेको बताए ।

‘काउन्ट डाउन सुरु गरिसकेका छौं, अब २८ दिन मात्रै बाँकी छ, म सम्बन्धित सबैसँग निरन्तर छलफलमा छु । र, नवौं आयोजनामा होमिनका लागि मैले आह्वान गरेको छु,’ उनले भने ।

नवौं राष्ट्रिय खेलकुदलाई आम मानिससम्म पुर्याउन र अपनत्व दिलाउन यो अगाडि नै सार्वजनिक हुनुपर्ने घिसिङले बताएका थिए । तर, ढिलै भए पनि ल्याउन सफल भएको उनले बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो