माघ १७, २०८२ शनिबार | ०५:१६:५८
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

चैतमा अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने

काठमाडौं । नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय जुडो संघ र  नेपाल जुडो संघको  संयुक्त आयोजनामा ‘नेकोस-छैटौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता’ हुने भएको छ ।

प्रतियोगिताका दौरान राष्ट्रिय रेफ्री सेमिनार तथा परिक्षा र तेस्रो भेट्रान्स प्रतियोगिता पनि हुने आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

आयोजकका अनुसार चैत एक र दुई गते  रेफ्री सेमिनार तथा जुडो प्रतियोगिता तीन र चार गते हुनेछ ।

रेफ्री परिक्षा पनि प्रतियोगिताकै दौरान हुनेछ । यस परिक्षमा उत्तिर्ण हुनेलाई रेफ्री लाइसेन्स प्रदान गरिनेछ ।

भेट्रान्स जुडो प्रतियोगिता चैत १ गते हुनेछ । यसमा ३५ वर्ष भन्दामाथिकाले सहभागिता जनाउन पाउने छन् । यसमा विजेता टोलीलाई मेडल तथा प्रमाणपत्रको ब्यवस्था गरिएको छ ।

जुडो प्रतियोगितामा सहभागिलाई सब-क्याडेट (१५ वर्ष भन्दा मुनी), क्याडेट (१५-१८ वर्ष सम्म) तथा जुनियर (१५-२१ वर्ष) गरी तिन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ ।

यस प्रतियोगितामा विजेता हुने तीनवटै समूहका  खेलाडीलाई पदक तथा प्रमाणपत्र तथा प्रथम, दोस्रो र तेस्रो हुने टिम र उत्कृष्ट महिला तथा पुरुष समान एक खेलाडीलाई समेत ट्रफी प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई समेटेर जुनियर तर्फ क्रमशः राष्ट्रिय टिम ‘ए’, ‘बी’ र ‘सी’ को निमार्ण गरिनेछ ।

सब -क्याडेटमा पुरुषतर्फ माइनस २०, २४, २७, ३०, ३४, ३८, ४२, ४६, ५० ५५, ६० र प्लस ६० तथा  महिला तर्फ माइनस २२, २५, २८, ३२, ३६, ४०, ४४, ४८, ५२, प्लस ५२, क्याडेटमा पुरुष तर्फ माइनस ५०, ५५, ६०, ६६,७३, ८१, ९० र प्लस ९० तथा महिलातर्फ ४०, ४४, ४८, ५२, ५७, ६३, ७० र  प्लस ७० तथा जुनियर पुरुष तर्फ माइनस ६०, ६६, ७३, ८१, ९०, १०० र प्लस १०० तथा महिला तर्फ माइनस ४८, ५२, ५७, ६३, ७०, ७८ र  प्लस ७८ तौल समूह समावेश गरिएको छ ।

 एक सय चार  महिला तथा एक सय ४९ पुरुष गरी जम्मा दुई सय ५३ जनाले सहभागी जनाउने यस प्रतियोगिताको अनुमानित बजेट १३ लाख ९५ हजार रहेको आयोजकले बताएको छ ।

प्रतियोगितमा नेपालसहित भुटान र जापानका कुल १९ टोलीले सहभागिता जनाउने छन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।