चैत्र ८, २०८२ आइतबार | ०९:५२:३९
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

चैतमा अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने

काठमाडौं । नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय जुडो संघ र  नेपाल जुडो संघको  संयुक्त आयोजनामा ‘नेकोस-छैटौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता’ हुने भएको छ ।

प्रतियोगिताका दौरान राष्ट्रिय रेफ्री सेमिनार तथा परिक्षा र तेस्रो भेट्रान्स प्रतियोगिता पनि हुने आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

आयोजकका अनुसार चैत एक र दुई गते  रेफ्री सेमिनार तथा जुडो प्रतियोगिता तीन र चार गते हुनेछ ।

रेफ्री परिक्षा पनि प्रतियोगिताकै दौरान हुनेछ । यस परिक्षमा उत्तिर्ण हुनेलाई रेफ्री लाइसेन्स प्रदान गरिनेछ ।

भेट्रान्स जुडो प्रतियोगिता चैत १ गते हुनेछ । यसमा ३५ वर्ष भन्दामाथिकाले सहभागिता जनाउन पाउने छन् । यसमा विजेता टोलीलाई मेडल तथा प्रमाणपत्रको ब्यवस्था गरिएको छ ।

जुडो प्रतियोगितामा सहभागिलाई सब-क्याडेट (१५ वर्ष भन्दा मुनी), क्याडेट (१५-१८ वर्ष सम्म) तथा जुनियर (१५-२१ वर्ष) गरी तिन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ ।

यस प्रतियोगितामा विजेता हुने तीनवटै समूहका  खेलाडीलाई पदक तथा प्रमाणपत्र तथा प्रथम, दोस्रो र तेस्रो हुने टिम र उत्कृष्ट महिला तथा पुरुष समान एक खेलाडीलाई समेत ट्रफी प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई समेटेर जुनियर तर्फ क्रमशः राष्ट्रिय टिम ‘ए’, ‘बी’ र ‘सी’ को निमार्ण गरिनेछ ।

सब -क्याडेटमा पुरुषतर्फ माइनस २०, २४, २७, ३०, ३४, ३८, ४२, ४६, ५० ५५, ६० र प्लस ६० तथा  महिला तर्फ माइनस २२, २५, २८, ३२, ३६, ४०, ४४, ४८, ५२, प्लस ५२, क्याडेटमा पुरुष तर्फ माइनस ५०, ५५, ६०, ६६,७३, ८१, ९० र प्लस ९० तथा महिलातर्फ ४०, ४४, ४८, ५२, ५७, ६३, ७० र  प्लस ७० तथा जुनियर पुरुष तर्फ माइनस ६०, ६६, ७३, ८१, ९०, १०० र प्लस १०० तथा महिला तर्फ माइनस ४८, ५२, ५७, ६३, ७०, ७८ र  प्लस ७८ तौल समूह समावेश गरिएको छ ।

 एक सय चार  महिला तथा एक सय ४९ पुरुष गरी जम्मा दुई सय ५३ जनाले सहभागी जनाउने यस प्रतियोगिताको अनुमानित बजेट १३ लाख ९५ हजार रहेको आयोजकले बताएको छ ।

प्रतियोगितमा नेपालसहित भुटान र जापानका कुल १९ टोलीले सहभागिता जनाउने छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो