माघ १५, २०८२ बिहीबार | १५:३२:००
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

भोम्जनको स्मृतिमा भेला भए खेल पत्रकार

काठमाडौं । २०७२ सालको महाभुकम्पमा ज्यान गुमाएका सुमन भोम्जनलाई सम्झँदै नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार स्मृति सभा आयोजना गरेको छ ।

२०७२ बैशाख १२ गतेको भुइचालोमा आफै बसेको काठमाडौं महाबौद्धस्थित वासस्थानमा पुरिएका भोम्जनको शव बैशाख १९ गते भेटिएको थियो । भुइचालोमा पुरिएर ज्यान गुमाएका आफ्ना सदस्य भोम्जनको स्मृतिमा मञ्चले वर्षेनी बैशाख १९ गतेलाई सुमन भोम्जन स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।

बुधबार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालयमा भएको स्मृति सभामा मञ्चका कार्यवाहक अध्यक्ष निरञ्जन अधिकारीले भोम्जनले भौतिक रुपमा शंसार छोडेर गए पनि उनको सम्झना नेपाली खेल पत्रकारितामा अमर भएर रहिरहने बताए ।

यसैगरी मञ्चका पूर्व अध्यक्ष अजय फुयालले भोम्जनलाई स्मरण गर्दै मञ्च र नेपाली खेलकुदप्रति उनको योगदानको चर्चा गरे । भोम्जनको भावनाअनुसार कार्यक्षेत्रमा लाग्न युवा पुश्तालाई आह्वान गर्दै फुयालले थपे, ‘सुमन भोम्जन भन्ने नाम उर्जा, प्रतिबद्धता, मेहनत र इमान्दारीको पर्याय थियो । अहिलेको नयाँ पुश्ताले भोम्जनको व्यक्तित्वबाट प्रेरणा लिनुपर्छ ।’

कार्यक्रममा मञ्चका अर्का पूर्व अध्यक्ष महेश आचार्य, स्पोर्टस क्लाइम्बिङ संघका पूर्व महासचिव मेघराज पौडेल, पिजे क्लब नेपालका पूर्व अध्यक्ष विकास कार्की, महासचिव अमुल थापा, कोषाध्यक्ष केशव थापा, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतको उपस्थिती थियो ।

मञ्चका पूर्व अध्यक्ष फुयालले ‘समग्रमै नेपाली खेलकुद पत्रकारिताले पिजे क्लब र खेलाडी संघजस्ता संस्थाहरुसँगको सहकार्यलाई बाक्लो पार्दै अगाडि बढ्न सके नेपालको खेलकुद र खेलकुद पत्रकारितामा ठूलो क्रान्ति सफल हुने’ बताए । ‘यसो गर्न सकियो भने मात्र हामीले हाम्रा दिभंगत साथी सुमन भोम्जनप्रति साचो अर्थमा श्रद्धाञ्जली दिएको ठहर्छ । र, यो अभियानको नेतृत्व सदाझै मञ्चले नै लिनुपर्छ,’ उनले थपे ।

नेपाली खेल पत्रकारहरुको छाता संगठन मञ्चले भोम्जनलाई स्मरण गर्ने क्रममा प्रत्येक वर्ष एकजना युवा पत्रकारलाई सुमन भोम्जन अनुज पत्रकार पुरस्कारबाट विभुषित गर्ने गरेको छ ।

मञ्चसँगको सहकार्यमा भोम्जनको नाममा उनको गृहनगर हेटौडामा दुई पटक राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता भइसकेको छ भने नेपाल स्पोर्टस क्लाइम्बिङ संघले पनि दुई पटक सुमन भोम्जन स्मृति क्लाइम्बिङ प्रतियोगिता आयोजना गरेको थियो ।

मकवानपुर हेटौडाका भोम्जन गोरखापत्र दैनिकमा खेलकुद पत्रकारका रुपमा कार्यरत थिए । हेटौडाकै स्थानीय पत्रपत्रिकाहरुबाट खेल पत्रकारिताको करियर सुरु गरेका भोम्जनले गोरखापत्रअघि नेपाल एफएममा पनि काम गरेका थिए ।

नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुरका संस्थापक अध्यक्ष भोम्जन बक्सिङको जिल्लास्तरका पूर्व खेलाडी पनि हुन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।