चैत्र ११, २०८२ बुधबार | १३:११:५५
यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता

प्रशिक्षक कुमार कटुवाल: आधा दर्जन गोलको त्यो झल्को

काठमाडौं । महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करणको समूह चरणमा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो । शतप्रतिशत जित र एक गोल पनि सामना नगरी फाइनल यात्रा तय गरेको नेपालले यसपालि फाइनलमा भारतलाई पराजित गर्ने ठूलो आस थियो । तर, फाइनलमा ६-० को अप्रत्याशित हार बेहोर्दै नेपाली टिम उपाधिबाट तेस्रो पटक वञ्चित हुनुप¥यो ।

‘त्यो हारकै कारण म करिब तीन महिना बिरामी परें,’ तत्कालीन गोलकिपर प्रशिक्षक कुमार कटुवाल सम्झन्छन्, ‘भारतलाई हराउने त्यतिबेला ठूलो लक्ष्य थियो, आस थियो । तर, सफल हुन सकेनौं ।’

पाकिस्तानको इस्लामाबादमा २०७१ कात्तिक २५ देखि मंसिर ५ सम्म भएको त्यो प्रतियोगिताको फाइनल नेपालका लागि बिर्सनलायक बन्यो । लगातार एउटै प्रतिद्वन्द्वी (भारत) र त्यसमा पनि ६-० गोलको फराकिलो नतिजामा पराजित हुनुपर्दाको पीडा अझै गहिरो भयो ।

अघिल्ला दुई संस्करणमा भारतलाई नेपालले १-० र ३-१ को नतिजा सुम्पिएको थियो । तर, फाइनलमा आधा दर्जन गोल खानु ‘डिजास्टर’ नै थियो ।

साफकै पछिल्ला दुई फाइनलमा भोगेको हारको बदला र सधैं बाधक बन्ने गरेको भारतलाई पराजित गर्नु नेपालको सबैभन्दा ठूलो लक्ष्य र अठोट थियो । इस्लामाबादमा सम्पन्न त्यो फाइनलमा नेपालसामु अवसर पनि थियो । तर, त्यो फाइनल अवसरभन्दा पनि दुर्भाग्यमा परिणत भयो ।

‘हामी फाइनलअघि गरेको वार्मअप देखेर हौसिएका थियौं । विपक्षीसमेत तर्सिएका थिए । भारत हामीभन्दा बलियो नै थियो । भारतलाई हामीले जित्न सक्ने भनेको बराबरी गरेर टाइब्रेकरमा हराउने हो भन्ने ठानेका थियौं । र, सम्भव भएसम्म १-० ले जित्ने लक्ष्य थियो । रक्षात्मक खेल्ने र काउन्टर अट्याकमा पाए गोल गर्ने योजना बनाएका थियौं,’ प्रशिक्षक कटुवाल सुनाउँछन्, ‘तर, हामीले सोचेभन्दा सबै उल्टो भयो । ६-० को फराकिलो अन्तरले हार्नुप¥यो ।’

त्यो हार सम्झिँदा अहिले पनि उनको मन झसङ्ग हुन्छ अनि मनमा चिसो पस्छ ।

उनी थप्छन्, ‘भारतीय साइडबाट बल नेपाली पोस्टमा आयो । पोलमा लागेर बल बिस्तारै गोललाइन पार गर्न लाग्दैथ्यो । बाहिरबाट गोलकिपरलाई ‘चन्द्रा’ भनेर कराएँ । बाहिरबाट अरूले पनि अफसाइड भनेर कराइरहेका थिए । तर रेफ्रीले सिठी बजाएको थिएन । बल बिस्तारै पोस्टमा पुग्यो । गोलकिपरले कुनै प्रतिक्रिया जनाउन सकेन ।  पहिलो हाफमै भारतले तीन गोल ग¥यो । दोस्रो हाफमा किपर नै परिवर्तन ग¥यौं, फेरि तीन गोल सामना गर्नुपर्यो । हामी भारतलाई ६-० ले नतिजा सुम्पिन बाध्य भयौं । खेल त ९० मिनेटमा सकियो तर त्यो हारको चोट पछिसम्म रहिरह्यो । सम्झिँदा अहिले पनि नमज्जा लाग्छ ।’

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले समूह चरणका खेलमा भुटानलाई ८-०, पाकिस्तानलाई २-० र श्रीलंकालाई ३-० को नतिजामा हराउँदै कुल १३ गोल गोल गरेको थियो । शतप्रतिशत जितसाथ सेमिफाइनल पुगेको नेपालले बंगलादेशलाई १-० ले पराजित गर्दै फाइनलमा भारतसँग भेट पक्का गरेको हो ।

छोटो समय अभ्यास गरेर नेपाली टिम पाकिस्तान पुगेको थियो । त्यो थोरै समयको अभ्यास पर्याप्त नभएको प्रशिक्षक कटवालको बुझाइ छ ।

‘तयारीका लागि १० दिनमात्रै समय थियो । त्यसमा पनि तीन दिन कागजी काममा पाकिस्तानी दूतावास धाउँदामै बित्यो । राम्रोसँग प्रशिक्षण गर्नका लागि एक हप्ताको समय बाँकी भयो,’ कटुवालले खेलाडीसँग त्यो क्षण सुनाए ।

तर, अवस्था जस्तो भए पनि फाइनल पुगिसकेपछि बाँकी एक खेल जसरी पनि जित्ने मनसाय बनिसकेको उनी बताउँछन् । अप्रत्याशित हारले आफूलाई ठूलो चोट पुगेको उनी सुनाउँछन् ।

‘त्यो हारको कारण पाकिस्तानदेखि केही नखाइन आएँ । कोहीसँग बोल्न पनि मन लागेन । पाकिस्तानबाट आएको तीन महिनासम्म बिरामी भएँ । त्यो समयमा त्यही खेलको मात्र झल्को आइरहन्थ्यो । सोच्थें, कसरी ६ गोल खायौं त । एकचोटि भयो भने भारतलाई टक्कर दिने टिम बनाउँछु भन्ने सोचेको थिएँ ।’

सन् २०१०-१७ सम्म राष्ट्रिय महिला टिमको सहायक प्रशिक्षक र प्रशिक्षकको जिम्मेवारी सम्हालेका कटुवाललाई नेपालले एकपटक भारतलाई हराएको हेर्ने ठूलो अभिलाषा छ । जुन भदौदेखि घरेलु भूमिमा आयोजना हुने लागेको छैटौं साफ च्याम्पियनसिपले पूरा गर्नेमा आशावादी देखिन्छन् ।

‘यो पटक घरेलु मैदानमै हुन लागेको खेल नेपालले जित्नैपर्छ । भारतलाई हराउनु नै पर्छ,’ उनले भने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो