फाल्गुन १, २०८१ बिहीबार | १७:२६:०७
उज्वेकिस्तानको ब्ल्याक बुल्स पहिलो सहभागितामै उपाधि नजिक दुई ह्याट्रिकमा फ्रेन्ड्सको एकतर्फी जित महिला लिगकी उत्कृष्ट गोलकिपर सावित्री किशन राष्ट्रिय टोली बाहिर मनमाया र सुस्मालाई समेट्दै महिला टिम घोषणा रजत पाटिदार बेङ्लुरुको कप्तान निकोलस ज्याक्सन कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने कोपा डेल रेः बार्सिलोना र एट्लेटिको सेमिफाइनलमा भिड्ने त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइटको काम अगाडि बढाउन स्वीकृति पहिलो लेगमा एसी मिलान फेयनुर्डसँग पराजित दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान फाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स पहिलो सहभागितामै उपाधि नजिक दुई ह्याट्रिकमा फ्रेन्ड्सको एकतर्फी जित महिला लिगकी उत्कृष्ट गोलकिपर सावित्री किशन राष्ट्रिय टोली बाहिर मनमाया र सुस्मालाई समेट्दै महिला टिम घोषणा रजत पाटिदार बेङ्लुरुको कप्तान निकोलस ज्याक्सन कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने कोपा डेल रेः बार्सिलोना र एट्लेटिको सेमिफाइनलमा भिड्ने त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइटको काम अगाडि बढाउन स्वीकृति पहिलो लेगमा एसी मिलान फेयनुर्डसँग पराजित दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान फाइनलमा

बार्सिलोनाका मेसीकाे पिएसजी सरुवा, कतारको जित

काठमाडौं, (खेलाडी)- लियोनल मेसी अगस्ट १० मा पेरिस सेन्ट जमन (पिएसजी) कोे नयाँ खेलाडी बने । उनले पेरिसको क्लबसँग सम्झौता गरेपछि जर्सी बेच्न राखियो । 

अन्ततः समर्थकले ३० नम्बर लेखिएको जर्सी किन्न त पाउने भए, तर फुटबलमा बिरलै अभ्यास गरिने एउटा शर्त सहित । शर्त के भने, एक समर्थकले एक पटकमा एउटा मात्र जर्सी किन्न पाउने । 

जर्सी किन्न लाइनमा उभिएका पिएसजी समर्थक पेरिसमा बसोबास गर्ने मात्रै थिएनन् । मेक्सिकोबाट पेरिस पुगेका होर्गे रुइज, रिकार्डो लोङगोरिया फ्युन्टेस र रुबी कोमपिन पनि लाइनमा थिए । उनीहरुले उपाय लगाए, पटक पटक लाइनमा उभिने र जर्सी किनिरहने । अन्तिममा उनीहरुले नौं वटा जर्सी जम्मा पारे ।  
  
हुन त आईफोन, प्लेस्टेसन लगायतका सामाग्री सार्वजनिक हुँदा पनि मानिसहरु यसरी नै घण्टौँसम्म लाइनमा उभिन्छन् । खरिद गर्छन् अनि फोटो पनि खिच्छन् । 

मेसीको जर्सी पनि यस्तै महंगो जिनिस बन्यो । तर आईफोन र मेसीको जर्सी सार्वजनिक गर्ने शैलीमा एउटा ठूलो भिन्नता थियो । आईफोन विश्वभरका कैयौँ सहरमा एकैपटक सार्वजनिक गरिन्छ । तर मेसीको जर्सी भने पेरिसमा मात्र सार्वजनिक गरियो । 

मेक्सिको जस्तो सुदूरको देशबाट पनि जर्सी किन्न मानिस फ्रान्स पुगे । रुइज र उनका साथीहरु पिएसजी समर्थक भने होइनन् । तर उनीहरु मेसीलाई विश्वकै सर्वोत्कष्ट खेलाडी मान्छन् । 

मेसी पिएसजीको खेलाडीका रुपमा सार्वजनिक भएको कार्यक्रम हेर्न पुगेका समर्थकहरुलाई देख्दा लाग्थ्यो, उनीहरु महत्वपूर्ण धार्मिक कार्यक्रममा सरिक भइरहेका छन्

त्यही भएर त मेक्सिको जस्तो सुदूरको देशबाट पनि जर्सी किन्न मानिस फ्रान्स पुगे । रुइज र उनका साथीहरु पिएसजी समर्थक भने होइनन् । तर उनीहरु मेसीलाई विश्वकै सर्वोत्कष्ट खेलाडी मान्छन् । 

‘हामी यहाँ मेसीका लागि आएका हौं,’ रुइजले भने । 

मेसी पुग्दा पेरिस विश्व फुटबलको राजधानी बन्यो, कमसेकम केही दिनका लागि । मेसीलाई स्वागत गर्न हजारौं समर्थक पेरिसमा जम्मा भएका थिए । पेरिसमा खुशीयाली मनाइरहेका पिएसजी समर्थक देख्दा यस्तो लाग्थ्यो, फ्रान्सले हालै युद्ध जितेको छ । अथवा मेसी विश्व फुटबलकै सबैभन्दा ठूला उपाधि हुन्, जसको विजेता बनेको छ, पिएसजी ।  

फुटबलमा कुनै पनि टिम सफल हुने भनेको उपाधि जितेर हो । पिएसजी समर्थकका लागि मेसी उपाधि बने । त्यही भएर त उनीहरु भनिरहेका थिए, मेसी पिएसजीसँग अनुबन्ध भएको दिन उनीहरुको जीवनकै सबैभन्दा खुशीको दिन हो । 

मेसी पिएसजीको खेलाडीका रुपमा सार्वजनिक भएको कार्यक्रम हेर्न पुगेका समर्थकहरुलाई देख्दा लाग्थ्यो, उनीहरु महत्वपूर्ण धार्मिक कार्यक्रममा सरिक भइरहेका छन् । 

अन्य क्लबमा जस्तै पिएसजीमा पनि ‘वाल अफ लेजेन्ड्स’ छ । जहाँ क्लबका लागि महत्वपूर्ण योगदान गरेका खेलाडीहरुको तस्बिर सजाइएको छ । 

क्लब स्थापना हुँदा ताकाका जेन पिएर डोगलियनी देखि सन् १९९० दशकका स्टार जर्ज वेयसम्म पिएसजीका भित्तामा देखिन्छन् । अनि सन् २००० दशकका रोनाल्डिन्हो, कतारीले स्वामित्व लिएपछि भित्रिएका ज्लाटान इब्राहिमोभिच पनि । पिएसजीको उमेर ५० कटेको छैन । तर पछिल्लो एक दशकमा पिएसजी युरोपेली फुटबलको शक्ति बनिसकेको छ । 

पिएसजी विश्व फुटबलमा फरक किसिमको शक्ति बनेको छ । यत्तिको बलियो टिम फुटबल इतिहासमा सायदै बनेको थियो

फ्रान्सेली लिग वानको २००७-०८ सिजनमा पिएसजी १६औँ स्थानमा थियो । जुन सन् १९७५ यता पिएसजीको खराब प्रदर्शन थियो । अर्को सिजन भने टोलीले आफ्नो प्रदर्शनमा व्यापक सुधार गर्‍यो । र, लिगमा छैठौं स्थानमा फड्को मार्‍यो । २०१०-११ सिजन सकिँदा पिएसजी शीर्ष चारमा थियो । क्लबको स्वामित्व कतारीले लिए । त्यसपछिको पिएसजी हामीले देखेकै छौं । 

पिएसजीमा लगानी गरेको कतारको पनि बारम्बार आलोचना हुने गरेकै छ । कतारीमाथि आरोप पनि लगाइन्छ, ‘फुटबल दुषित गरेको ।’ 

पिएसजी विश्व फुटबलमा फरक किसिमको शक्ति बनेको छ । यत्तिको बलियो टिम फुटबल इतिहासमा सायदै बनेको थियो । पिएसजीका समर्थक अन्य ठूला क्लबका समर्थक भन्दा फरक छैनन् । नयाँ खेलाडी अनुबन्धित हुँदा उत्साहित हुन्छन् । क्लबको इतिहासप्रति गर्व गर्छन् । तर पिएसजी कुनै समय कति खराब स्थितीमा थियो भन्ने पनि उनीहरुले बिर्सेका छैनन् । 

पिएसजीबारे प्रायको धारणा छ, ‘यो क्लब पैसाको बलमा माथि आएको हो ।’ पिएसजीमा लगानी गरेको कतारको पनि बारम्बार आलोचना हुने गरेकै छ । कतारीमाथि आरोप पनि लगाइन्छ, ‘फुटबल दुषित गरेको ।’ 

तर यी तमाम आरोपबीच एउटा तथ्य भने स्विकार गर्नैपर्छ, पीएसजी समर्थक वास्तवमै फुटबल प्रेमी हुन् । उनीहरु आफ्नो क्लबको भविष्यप्रति कति उत्साहित छन् भन्ने महसुस गर्न सकिन्छ ।

‘म ३२ वर्षको भएँ । पछिल्ला दुई दिन मेरा लागि अविस्मरणीय बनेका छन् । म कुनै १५ वर्षको किशोर जस्तो उत्साहित भएको छु । कयौँ वर्ष म जस्ता पिएसजी समर्थकले पीडामा बिताउनु परेको थियो,’ एलेक्सिज एन्सेलेम भन्छन्, ‘तर ज्लाटान, थिएगो सिल्भा, एमबाप्पे जस्ता खेलाडी आएपछि हामी बलियो बनेका छौँ । अब त हामीसँग मेसी पनि छन् । जो विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् । कुनै दिन मेसीले पिएसजीको जर्सी लगाउनेछन् भनेर कसले अनुमान गरेको थियो र ?’ 

‘पिएसजीले नेइमार खरिद गर्‍यो । बार्सिलोनालाई पराजित गरियो । मार्सेविरुद्ध कयौँ जित हासिल गरियो । यी सबै सम्झनलायकका क्षण हुन् । तर मेसी ? अहिले पनि विश्वास लागेको छैन

पिएसजी रंगशालाको ठ्याक्कै अगाडि क्लबको आधिकारिक जर्सी स्टोर छ । त्यहाँ लाइन लागेका अधिकांश समर्थक युवा थिए । जो प्राय नेइमार, मार्किन्योस, भेराट्टी जस्ता खेलाडीका जर्सी खरिद गर्थे । 

तर अब उनीहरुको रोजाइ फेरिएको छ । उनीहरु सबैको भाव एउटै थियो, फुटबलकै सबैभन्दा राम्रा खेलाडी पिएसजी आइपुगेका छन् । ‘पिएसजीले नेइमार खरिद गर्‍यो । बार्सिलोनालाई पराजित गरियो । मार्सेविरुद्ध कयौँ जित हासिल गरियो । यी सबै सम्झनलायकका क्षण हुन् । तर मेसी ? अहिले पनि विश्वास लागेको छैन,’ पिएसजीका अर्का किशोर समर्थक डायलान भन्छन् ।

मेसीको पिएसजी सरुवा विश्व फुटबलको सबैभन्दा महंगो सरुवा थिएन । तर पनि यसले विश्व फुटबललाई अवाक् बनायो । आफू प्रेममा रहेको क्लबसँग सम्बन्ध विच्छेद गरेर विश्व फुटबलका रत्न पेरिस पुगे । 

अरु त अरु उनले आफ्ना समर्थकसँग बिदा समेत माग्न पाएनन् । यो क्षणले एउटा महत्वपूर्ण सन्देश दिइरहेको थियो, विश्वकै शक्तिशाली फुटबलरको पनि नियति आफूले चाहेको जस्तो हुँदैन । फुटबलमा खेलाडी होइन, परिस्थती बलियो हुन्छ । यसको उदाहरण, मेसीले चाहँदा चाहँदै पनि बार्सिलोना बसाई नलम्बिनु हो ।
 
पिएसजीतर्फको यात्रा सम्भव नभएको भए मेसीको गन्तब्य म्यानचेस्टर सिटी हुन सक्थ्यो । जहाँ उनी सन् २०१२ मै जान चाहेका थिए । मेसीलाई अनुबन्ध गर्न सक्ने आर्थिक हैसियत धेरै क्लबको छैन । यो मात्र होइन, विश्वमा कहिलएका खेलाडी खरिद गर्न सक्ने क्लबहरुकै संख्या एकदमै कम छ । यो अवस्था फुटबल खेलका लागि सुखद खबर होइन । यसले फुटबललाई प्रतिस्पर्धात्मक बन्न बाधा पुर्‍याउँछ । 

पिएसजीले करिब २० करोड पाउन्ड खर्चेर नेइमारलाई बार्सिलोनाबाट खोस्नु आधुनिक फुटबलको नयाँ मोड थियो । कठोर भएर भन्ने हो भने, त्यो बार्सिलोनाको लज्जास्पद पराजय थियो

१० वर्षअघिको बार्सिलोना अत्याधिक बलियो थियो । त्यसपछि फुटबल अर्थतन्त्रमा आएको परिवर्तनले बार्सिलोनलाई सर्वाधिक बलियो टिम बनिरहन दिएन । 

पिएसजीले करिब २० करोड पाउन्ड खर्चेर नेइमारलाई बार्सिलोनाबाट खोस्नु आधुनिक फुटबलको नयाँ मोड थियो । कठोर भएर भन्ने हो भने, त्यो बार्सिलोनाको लज्जास्पद पराजय थियो । 

नेइमारले छाड्नु बार्सिलोनाका लागि ठूलो घाटा थियो । भलै उसले आकर्षक स्थान्तरण रकम कमाएको थियो । बार्सिलोनाले नेइमारको बर्हिगमनपछि नयाँ नेइमारको खोजी गर्‍यो । जसले नेइमारको स्थान लिन सकोस् । तर औसमाने डेम्बेले, फिलप कौटिन्हो, एन्टोनी ग्रिजम्यान लगायतका खेलाडी नेइमार जत्तिको प्रभावकारी देखिएनन् । 

मेसीको आगमनले अब लिग वानले ‘फामर्स लिग’ को बोझिलो परिचय बोक्नुपर्ने छैन । तर कुनै पनि मुलुक नै मालिक भएको क्लबसँगको युद्ध बार्सिलोनाले जित्न सक्ने स्थिती छैन । मेसी युद्धमा पिएसजी विजयी हुँदा अचम्म मानिएको छैन । 

नेइमार विक्रीकै पैसाले बार्सिलोनाले मेसीलाई महंगो सम्झौता दिन सक्यो । मेसीका मित्रहरुले पनि महंगो तलब पाए । यो पनि साँचो हो । मैदानमा पनि बार्सिलोनाको प्रदर्शन सन्तोषजनक नै थियो । तर एनफिल्डमा हार नबेहोरेको भए सन् २०१९ को च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले उचाल्ने थियो भनेर अनुमान गर्न गाह्रो छैन । 

विश्वभरका फुटबल समर्थकका लागि बार्सिलोना भ्रमण सपना रहेको यथार्थलाई नकार्न सकिने अवस्था पनि छैन । 

मेसीको आगमनले अब लिग वानले ‘फामर्स लिग’ को बोझिलो परिचय बोक्नुपर्ने छैन

तर कुनै पनि मुलुक नै मालिक भएको क्लबसँगको युद्ध बार्सिलोनाले जित्न सक्ने स्थिती छैन । मेसी युद्धमा पिएसजी विजयी हुँदा अचम्म मानिएको छैन । 

बार्सिलोनासँगको युद्ध जितेको पिएसजी पेरिसमा पनि अपराजित छ । विश्वभरबाट मेसीको जर्सीको माग भइरहेको छ । टेलिभिजनमा पिएसजीको खेल हेर्ने दर्शकको संख्या कयौँ गुणाले बढ्ने निश्चित छ । मेसीको आगमनले अब लिग वानले ‘फामर्स लिग’ को बोझिलो परिचय बोक्नुपर्ने छैन ।  

फ्रान्सेली लिग केही समय यता आर्थिक संकटमा रहँदै आएको छ । टेलिभिजन प्रशारण अधिकार विक्रीको पैसा भने जति उठेन । तर मेसीबाट यो लिगको वर्तमान परिवर्तन सम्भव छ । हुनसक्छ, भविष्य पनि । 

मेसी सम्मिलत लिगको प्रशारण अधिकार किन्न कुन मिडिया लालायित नहोला ? फेरि गत सिजन लिलेसँग पिएसजीले लिग उपाधि दौड हारेपछि यो लिग प्रतिस्पर्धात्मक छ भन्ने सन्देश पनि गएको छ । त्यसमाथि मेसीको लोकप्रियताले पार्ने प्रभाव त छँदैछ । त्यही भएर त लिग वानका अध्यक्ष भिन्सेन्ट लाब्रुनेले पिएसजी अध्यक्ष नासेर अल खालेफीलाई मेसी खरिद गरेकोमा धन्यवाद दिए ।

कोभिड १९ का कारण फुटबल अर्थतन्त्र थलिएकोे र टेलिभिजन प्रशारण अधिकार भने जति रकममा विक्री नभएका कारण फ्रान्सेली लिग नै आर्थिक संकटमा परेका बेला मेसी पेरिस पुग्नु अत्यन्तै सुखद घटना भएकोमा प्राय क्लब सहमत छन् ।

लाब्रुने जस्तै लोइक फेरी पनि मेस्सीको आगमनले गदगद छन् । फ्रान्समा सानो क्लबमध्येको एक मानिने एफसी लोरिएन्टका कार्यकारी अधिकृत रहेका फेरीले पिएसजीका कारण लिग वान विश्वकै बलियो लिगमध्येको एक मानिन थालेको बताए । 

कोभिड १९ का कारण फुटबल अर्थतन्त्र थलिएकोे र टेलिभिजन प्रशारण अधिकार भने जति रकममा विक्री नभएका कारण फ्रान्सेली लिग नै आर्थिक संकटमा परेका बेला मेसी पेरिस पुग्नु अत्यन्तै सुखद घटना भएकोमा प्राय क्लब सहमत छन् ।

मेसीका कारण पूरै लिग खुशी छ भने पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्हो खुसी नहुने कारण छैन । केही महिना अघि पोचेटिन्हो पिएसजीमा निराश भएको खबर सार्वजनिक भएको थियो । उनले इङ्ल्यान्ड फर्कने चाहना राखेका पनि थिए । 

पिएसजीमा पहिलो छ महिना पोचेटिन्हो निकै दबाबमा थिए । त्यसको एउटा कारण लिग नजित्नु पनि हो । नेइमार जस्ता खेलाडीलाई वर्षको तीन करोड युरो तलब दिँदा टिममा पैदा भएको असन्तुलनको स्थिती सम्हाल्ने जिम्मा पनि पोचेटिन्होकै काँधमा आयो । अब नेइमार भन्दा पनि ठूला खेलाडी आइपुगेका छन् । यसकारण खुशीसँगै पोचेटिन्होका लागि चुनौती पनि थपिएका छन् ।

 


पोचेटिन्होका लागि पिएसजी टोटनहयाम भन्दा बिल्कुलै फरक किसिमको क्लब हो । जहाँ स्टार खेलाडीहरुको जमात छ । उनीहरुले मैदानमा अन्य खेलाडीको जस्तो भोक नदेखाउन सक्छन् । भने जसरी ‘प्रेसिङ’ खेल प्रदर्शन नगर्न सक्छन् । यसकारण पिएसजीलाई युरोपियन च्याम्पियन बनाउने हो भने पोचेटिन्होले फरक शैली र रणनीति अपनाउनु पर्ने देखिन्छ ।

पोचेटिन्होेले विगतमा युवा खेलाडीहरुसँग काम गरेका छन् । उनले ती खेलाडीहरुको खेलस्तरमा सुधार ल्याएका छन् । तर पिएसजीमा प्राय सबै खेलाडी विश्वस्तरीय छन् । सही रणनीति अपनाउन सके लोभलाग्दो संख्यामा उपाधि जित्न सक्ने अवसर उनी सामु छ । सँगै स्थापित विस्वस्तरीय खेलाडीलाई सही ढंगले प्रयोग गर्नुपर्ने चुनौती पनि उनीसँग छ ।

पछिल्ला १० वर्षमा पिएसजीले कैयौँ स्टार अनुबन्ध गरेको छ । स्टार पनि यस्ता, जसको विश्वव्यापी लोकप्रियता छ, डेविड बेकह्याम देखि नेइमारसम्म । तर मेसीसँग उनीहरुको तुलना हुन सक्दैन ।

खालेफीले करिव १० वर्ष देखि पिएसजी सञ्चालन गरिरहेका छन् । उनी र कतारी सरकारका लागि पिएसजी फुटबल क्लब मात्र होइन, यो त राजनीतिक प्रोजेक्ट पनि हो । अनि सफ्ट पावर पनि । जसको उदेश्य कतारको छवी सफा बनाउने हो

पीएसजीले भविष्यमा च्याम्पियन्स लिग जित्न सक्छ । मेसीले आफ्नो करियरमा उपाधि थप्न सक्छन् । पोचेटिन्होले आफूलाई विश्व फुटबलको उत्कृष्ट प्रशिक्षक प्रमाणित गर्न सक्छन् । यी सबै भविष्यमा हात पर्न सक्ने सफलताका कुरा भए । तर अहिले नै विजेता बनेका चाहीँ अल खालेफी हुन् । 

खालेफीले करिव १० वर्ष देखि पिएसजी सञ्चालन गरिरहेका छन् । उनी र कतारी सरकारका लागि पिएसजी फुटबल क्लब मात्र होइन, यो त राजनीतिक प्रोजेक्ट पनि हो । अनि सफ्ट पावर पनि । जसको उदेश्य कतारको छवी सफा बनाउने हो । आसन्न विश्वकप सफलतापूर्वक आयोजना गर्नका लागि महोल बनाउन पनि कतारले पिएसजी उपयोग गरिरहेको छ ।  

पछिल्ला १० वर्षमा पिएसजीले कैयौँ स्टार अनुबन्ध गरेको छ । स्टार पनि यस्ता, जसको विश्वव्यापी लोकप्रियता छ, डेविड बेकह्याम देखि नेइमारसम्म । तर मेसीसँग उनीहरुको तुलना हुन सक्दैन । जो सानै उमेरदेखि बार्सिलोनासँग आबद्ध थिए । जसले अर्को जर्सीमा खेल्ने कल्पना समेत गरिएको थिएन ।

पिएसजी भनेको कतार । फुटबलको इतिहासमै सर्वाधिक मन पराइएका खेलाडीलाई आफूतर्फ आकर्षित गर्न सक्नु पिएसजीका लागि चानचुने सफलता होइन । पिएसजीको सफलता, कतारीको सफलता । कतारबारे थाहा पाउनेले पनि मानव अधिकार र आप्रवाशी कामदारमाथि हुने ज्यादतीका कारण थाहा पाएका हुन् । तर पिएसजीका कारण कतारको परिचय फेरिएको छ । अब त झनै मेसी थपिएका छन् । अन्तर्राष्ट्रिय राजनीति नबुझ्नेका लागि त कतार भनेकै पिएसजी हो । फुटबलमा लगानी गर्ने मुलुक हो

पछिल्ला १० वर्षमा पिएसजीले कैयौँ स्टार अनुबन्ध गरेको छ । स्टार पनि यस्ता, जसको विश्वव्यापी लोकप्रियता छ, डेविड बेकह्याम देखि नेइमारसम्म । 

तर मेसीसँग उनीहरुको तुलना हुन सक्दैन । जो सानै उमेरदेखि बार्सिलोनासँग आबद्ध थिए । जसले अर्को जर्सीमा खेल्ने कल्पना समेत गरिएको थिएन । तर उनी पिएसजीबाट खेल्न तयार भएका छन् । 

पिएसजी भनेको कतार । फुटबलको इतिहासमै सर्वाधिक मन पराइएका खेलाडीलाई आफूतर्फ आकर्षित गर्न सक्नु पिएसजीका लागि चानचुने सफलता होइन । पिएसजीको सफलता, कतारीको सफलता । 

कतारबारे थाहा पाउनेले पनि मानव अधिकार र आप्रवाशी कामदारमाथि हुने ज्यादतीका कारण थाहा पाएका हुन् । तर पिएसजीका कारण कतारको परिचय फेरिएको छ । अब त झनै मेसी थपिएका छन् । अन्तर्राष्ट्रिय राजनीति नबुझ्नेका लागि त कतार भनेकै पिएसजी हो । फुटबलमा लगानी गर्ने मुलुक हो

‘विश्व मानचित्रमा कतार सानो मुलुक हो । विश्वकप आयोजना अधिकार जित्नुअघि कतारका बारेमा जानकारी राख्नेको संख्या खासै थिएन भन्दा गलत हुँइदैन । कतारबारे थाहा पाउनेले पनि मानव अधिकार र आप्रवाशी कामदारमाथि हुने ज्यादतीका कारण थाहा पाएका हुन् । तर पिएसजीका कारण कतारको परिचय फेरिएको छ । अब त झनै मेसी थपिएका छन् । अन्तर्राष्ट्रिय राजनीति नबुझ्नेका लागि त कतार भनेकै पिएसजी हो । फुटबलमा लगानी गर्ने मुलुक हो,’ कुनैबेला कतारमा रहेका कूटनीतिज्ञ रहेका जेम्स लिन्चले भनेका छन् । 

पिएसजीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । केही वर्षअघि फाइनलसम्म चाहीँ पुगेको हो । तर मेसी अनुबन्धन च्याम्पियन्स लिग जत्तिकै ठूलो उपाधि हो, पिएसजीका लागि । उनै मेसीले पिएसजीलाई च्याम्पियन्स लिग जिताउन सक्छन् । 

भर्खर अजेन्टिनालाई कोपा च्याम्पियन बनाएका मेसीका लागि अबको चार महिना महत्वपूर्ण छ । किनभने यही चार महिनामा उनले बालन डी अर जित्ने सम्भावना अन्यको भन्दा बलियो बनाउन सक्छन् । 

पिएसजीबाट खेलेर बालन डी अर जित्ने खेलाडी जर्ज वेय मात्र हुन् । उसो त मेसीले बालन डी अर जित्दा अर्जेन्टिनाले मात्र होइन, कतारले पनि खुशीयाली मनाउनेछ । 

आगामी मेमा सेन्ट पिट्सबर्गमा च्याम्पियन्स लिग फाइनल हुनेछ । त्यस खेलले नयाँ च्याम्पियन जन्माउन सक्छ । पिएसजी विजेता बने कतारको पहिलो प्रोजेक्ट सफल बन्नेछ । त्यसपछि ध्यान विश्वकपतर्फ हुनेछ । जहाँ मेसी अर्जेन्टिनाको कप्तानका रुपमा प्रस्तुत हुनेछन् । पिएसजीका मेसी कतारी भूमिमा विश्वकप खेलिरहँदा कतार गर्वले फुल्नेछ । कतारी धन र विश्व फुटबलको नाता थप मजबुद बन्नेछ ।

आलोचनाका बाबजुद पनि कतार आफ्नो छबी सफा बनाउन लागीपरेको छ । आफ्नो कमजोरी लुकाउन भरमग्दुर प्रयास गरिरहेको छ । यसकै लागि उपयोगमा आएका छन्, पीएसजी र विश्वकप आयोजना । 

कतार अहिले पनि आलोचनामुक्त भने छैन । आप्रवाशी कामदारको मानवअधिकार रक्षा हुन नसकेको भन्दै विश्वका कैयौँ मानव अधिकार संगठनले पटक पटक आलोचना गरिरहेका छन् । 

अनेकन आलोचनाका बाबजुद पनि कतार आफ्नो छबी सफा बनाउन लागीपरेको छ । आफ्नो कमजोरी लुकाउन भरमग्दुर प्रयास गरिरहेको छ । यसकै लागि उपयोगमा आएका छन्, पीएसजी र विश्वकप आयोजना । 

कतार फुटबलका सुन्दर कथाहरुको सहयोगमा आप्रवाशी कामदारहरुको दुख छोप्नतिर मात्र लाग्छ कि, आफूलाई साँच्चैको मानव अधिकार हिमायतीमा परिणत गर्छ, भविष्यले देखाउने नै छ । 
(दी एथ्लेटिकको सहयोगमा) 


भिडियो
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन