फाल्गुन ३०, २०८२ शनिबार | ०४:४७:०१
इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे

कोरियन शैलीका मनीषको यात्रा

२०७५ साल चैतको प्रसंग हो यो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेलिगेसनबिनाको ‘ए’ डिभिजन फुटबल लिग आयोजना गरेको थियो ।

शीर्ष डिभिजनदेखि नै बिना रेलिगेसन लिग हुँदा ‘बी’ डिभिजन र ‘सी’ समेत बिना रेलिगेसनको नहुने कुरै भएन । त्यतिबेला ‘सी’ डिभिजन लिगको च्याम्पियन बन्यो खालीबारी युवा क्लब ।

बिना रेलिगेसनको लिग, त्यही कारण पनि सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको प्रतियोगितामा खेलाउन र खेल्नेबाहेक हेर्नेको संख्या नै कम थियो ।  

सोही लिगका क्रममा मैदानमा एक त्यस्ता खेलाडी थिए, जसले रंगशालामा उपस्थित भएकाको ध्यान तानेको थियो । उनी थिए, भर्खरै कोरियन एकेडेमीबाट ग्रासरुट फुटबलमा निपुण भएर आएका मनीष डाँगी ।

यिनै खेलाडीको प्रदर्शनबाट खालीबारी युवा क्लब च्याम्पियनमात्रै भएन । उपस्थित दर्शक, खेलाडी, एन्फा पदाधिकारी, टेक्निकल टिम, सम्पूर्णले नेपाली फुटबलमा देखिरहेको भन्दा बेग्लै खेलको अनुभवसमेत साट्न पाए ।

खासमा आमाबुबासँगै दक्षिण कोरियामा बस्दै आएका मनीष फुटबल खेल्नभन्दा पनि नेपाली नागरिकता बनाउन नेपाल आएका थिए । त्यही मौकामा मनीषले सहिद स्मारक ‘सी’ डिभिजन लिग खेल्ने मौका पाएका थिए ।

यसअघि नेपाल रहँदा मनीषको स्कुलका प्रशिक्षक थिए, उर्जन श्रेष्ठ । मनीष नेपाल फर्किएको थाहा पाएपछि हाल ‘ए’ लाइसेन्सप्राप्त प्रशिक्षक उर्जनले उनलाई भेटे ।

कसरी पुगे त खालीबारी युवा क्लबमा मनीष ? खालीबारीका सचिव हुन् महेश श्रेष्ठ । एन्फाको सुरक्षा विभागमा रहेका महेश र प्रशिक्षक उर्जनबीचको सम्बन्ध राम्रो छ । महेशको पनि मनीषको परिवारसँग राम्रो चिनजान थियो । महेशले उर्जनमार्फत मनीषलाई खालीबारीबाट लिगका बाँकी तीन खेल खेल्न आग्रह गरे ।

मनीष र उनको परिवारले क्लबको उक्त आग्रहलाई स्वीकार्यो । मनीष ‘सी’ डिभिजन लिग खेल्न तयार भए । त्यहीअनुसार उनले ‘सी’ डिभिजनका तीन खेल खेले । जहाँ उनले पाँच गोल गरेका थिए । पहिलो खेलमा ओसिस क्लबविरुद्ध दोस्रो हाफमा मैदान छिरेर एक गोल गरे पनि मनीषले टोलीको हार टार्न सकेनन् । तर, दोस्रो खेलमा वीरगन्जविरुद्ध मनीषले दुई गोल गरे ।

यतिबेलासम्म १७ वर्षे मनीषको एन्फा मुख्यालयमा त्यो ‘कोरियन शैली’ ले निकै चर्चा पाइसकेको थियो । कोरिया पुगेका उनलाई यू–१८ साफ च्याम्पियनसिपको तेस्रो संस्करण खेल्न मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाल बोलाए ।

उनै मनीषले फाइनल खेलमा प्लानिङ ब्वाइजविरुद्ध गोल गरेर खालीबारीलाई ‘सी’ डिभिजन लिगको उपाधि जिताए । उनी फाइनलमा म्यान अफ दी म्याच भए ।

फाइनलमा मनीषले मैदानको मध्यभागबाट बल काउन्टरमा अगाडि बढाउँदा ट्याकल गर्न पुगेका प्लानिङका खेलाडीले रातो कार्ड सामना गर्नुपरेको थियो । जुन मुभमा मनीषले गोल नै गरेका थिए ।

प्रतियोगिता सकिँदा मनीषले नागरिकतासमेत पाइसकेका थिए । उनी दोस्रो पटकलाई पुनः कोरिया उडे ।

यतिबेलासम्म १७ वर्षे मनीषको एन्फा मुख्यालयमा त्यो ‘कोरियन शैली’ ले निकै चर्चा पाइसकेको थियो । कोरिया पुगेका उनलाई यू–१८ साफ च्याम्पियनसिपको तेस्रो संस्करण खेल्न मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाल बोलाए ।

मनीष दोस्रो पटक नेपाल आइपुगे । त्यतिबेला उनले सिधै यू–१८ राष्ट्रिय टोलीमा स्थान बनाए । स्वयम्भूस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको प्रतियोगितामा मनीषले पहिलो खेलमै माल्दिभ्सविरुद्ध गोल गरे ।

१३ मिनेटमै नेपालले एक गोल बेहोर्दा मनीषले ७५ मिनेटमा गोल गर्दै नेपाललाई हारबाट टारेका थिए । यद्यपि प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपालले समूह चरण नै पार गर्न सकेन । पहिलो पटक नेपालको उमेर समूहबाट खेलेका मनीषको प्रदर्शन भने औसत रह्यो ।

यसपछि पुनः मनीषलाई एएफसी यू–१९ च्याम्पियनसिप छनोट खेल्न पनि ‘कल’ गरियो । मेघराज केसीले सम्हालेको यस प्रतियोगितामा समेत उनको प्रदर्शन औसत रह्यो । नेपाल अघिल्लो चरणमा पुग्न सकेन । यूएई, इरान र किर्गिस्तानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरियो ।

यसपछि सिनियर नेपाली राष्ट्रिय टोलीबाट खेल्ने अठोटसहित मनीष पुनः कोरिया लागे ।

नेपालमा पहिलो पटक फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आयोजना हुने भयो । मनीषको नाम ‘अक्सन लिस्ट’मै परेन । यसपछि विराटनगर एफसीले मनीषलाई स्थानीय खेलाडीको ‘कोटा’मा खेलायो ।

एनएसएलले मनीषलाई राष्ट्रिय टोलीसम्म पुग्ने पुल निर्माण गरिदियो । एनएसएलमा गरेको प्रदर्शनबाट राष्ट्रिय टोलीका कुवेती मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ध्यान तान्यो । उनले मनीषलाई आफ्नो सुरुवाती ५८ सदस्यीय सूचीमा राखे ।

तीव्र गति, उत्कृष्ट फिनिसिङ र विशेष केही ‘स्किल’ ले गर्दा मनीषलाई अब्दुल्लाहले रुचाएका थिए । अभ्यास सत्रमा समेत मनीषले केही न केही देखाए, त्यसबाट अब्दुल्लाह प्रभावित भए ।

एनएसएलमा ‘दोस्रो हाफ’मा खेल्ने खेलाडीको पहिचान बनाएका मनीषले औसत प्रदर्शन गरेका थिए । गोल त गरेनन्, तर ६ खेल खेलेका उनले एक सय ५९ मिनेट मैदानमा बिताए । 

तीव्र गति, उत्कृष्ट फिनिसिङ र विशेष केही ‘स्किल’ ले गर्दा मनीषलाई अब्दुल्लाहले रुचाएका थिए । अभ्यास सत्रमा समेत मनीषले केही न केही देखाए, त्यसबाट अब्दुल्लाह प्रभावित भए ।

यसपछि मनीषले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाए । गत जेठमा विश्वकप छनोट अघि इराकसँगको मैत्रीपूर्ण खेलमा ‘प्लेइङ सेट’मै मनिषले राष्ट्रिय टोलीबाट डेब्यु गरे । डेब्यु खेलमा ४६ मिनेटमात्रै खेलेका उनले गोल नै गरे । यद्यपि, नेपालले उक्त खेल ६–२ ले गुमाएको थियो ।

कोरियामा छँदै कुनै दिन देशको झण्डाअंकित जर्सी लगाएर खेल्ने सपना बोकेका मनीषलाई त्यो गोलको याद अझै पनि ताजा छ । एसियाली पावर–हाउस इराकविरुद्धको त्यो गोल मनीषका लागि यादगार रहिरहने छ ।

‘इराकविरुद्धको गोल विशेष भयो । त्यो मेरो डेब्यु गोल थियो । इराक वरीयतामा एसियाको पावरफुल टिम हो । एउटा यादगार गोल थियो । यादगार खेल पनि हो त्यो । हामी हार्यौं तर धेरै कुरा सिक्न पायौं,’ मनीष त्यो क्षणको स्मरण गर्छन् ।

त्यसपछि मनीषले विश्वकप छनोटमा चाइनिज ताइपेई, जोर्डन, अस्ट्रेलिया हुँदै भारतसँगको दुई मैत्रीपूर्ण खेल, ओमानसँगको मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपमा माल्दिभ्स, श्रीलंका, बंगलादेश र भारतविरुद्ध फाइनल र लिग खेलमा देशको प्रतिनिधित्व गरिसकेका छन् ।

अब, मनीष देशको मुख्य खेलाडी भइसकेका छन् । उनले गर्ने प्रदर्शनमा नेपालको खेल नै तल–माथि (फेरबदल) हुन्छ । दुई वर्षअघि मात्रै नागरिकता बनाउन आउँदा एन्फा परिसरमा कसैको नजरमा नपरेका मनीष अहिले देश तथा विदेशमा रहने शुभेच्छुकका लागि गर्व गर्न लायक बनेका छन् ।

खासै नबोल्ने, सरल स्वभावका मनीष कोही कसैसँग पनि खुल्न सक्दैनन् । मैदानमा उनी जति आक्रामक देखिन्छन्, मैदानबाहिरको फरक प्रस्तुति छ । उनी खासै बोल्दैनन् । आफ्नो ‘ड्युटी’ सफलतापूर्वक पूरा गर्ने बानी छ ।

मनीषको उच्च प्रदर्शनमा नेपाल साफ च्याम्पियनसिप यात्राको २८ वर्षे इतिहासमा पहिलो पटक फाइनल पुग्यो । नेपाल उपविजेता भयो । यसै प्रतियोगिताको उद्घाटन खेलमा मनीषले काउन्टर अट्याकमा माल्दिभ्सविरुद्ध गरेको गोलले सर्वत्र चर्चा पायो । त्यस गोलका बारेमा मनीषको आफ्नै कथा छ ।

‘माल्दिभ्सविरुद्ध कोच (अल्मुताइरी)ले मलाई छिराउनुभयो । कोचले राम्रो खेल, तिमीले गर्न सक्छौं भन्नुभयो । मैले पनि मैदानमा बल पाएँ । आफूलाई जे लाग्छ त्यही गरेँ । गोल पनि हुन पुग्यो । गोल गरेपछि खुसी लागेको थियो । हामीले डिफेन्डिङ च्याम्पियनविरुद्ध गोल गरेका थियौं । त्यो पनि माल्दिभ्सका घरेलु दर्शकमाझ । मेरो ‘मेजर टुर्नामेन्ट’मा गोल भएकाले ‘इमोसनल’ भएँ । टिमकै सहयोगमा गोल भयो । एकदमै खुसी थिएँ ।’

साफबाट फर्केलगत्तै मनीषले फेरि अर्काे ड्युटी पाएका छन् । नेपाली यू–२३ फुटबल टोलीले एएफसी यू–२३ एसियन कप छनोट खेल्दै छ । पछिल्ला दुई संस्करणमा नेपालले एक गोलसमेत गर्न सकेको छैन । समूह ‘बी’ मा रहेको नेपालले इरान, लेवनान र आयोजक ताजकिस्तानसँग खेल्दै छ ।

यस्तो अवस्थामा मनीष र युवा टोलीसामू पछिल्लो समय उमेर समूहमा रहेको गोलको खडेरी तोड्नुपर्ने मुख्य चुनौती छ ।

  • पछिल्लो समय उत्कृष्ट फिनिसर र काउन्टर अट्याकमा तीव्र गतिका मनीष उत्सुक पक्कै छन् । तर राष्ट्रिय टोलीको सफलता उमेर समूहमा कत्तिको डेलिभर गर्न सक्छन्, अर्को सातासम्ममा देखिनेछ ।

भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||