चैत्र १२, २०८२ बिहीबार | ०५:३२:२८
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

वर्चस्व जमाउँदै म्यानचेस्टर सिटी

काठमाडौं । इङ्लिस प्रिमियर लिग किन धेरै लोकप्रिय छ भने यो जत्तिको प्रतिस्पर्धात्मक लिग विश्व फुटबलको अर्को कुनै छैन । भन्नेहरू यस्तै भन्छन् । तर, यो कतै भ्रम त होइन ? 

कम्तीमा म्यानचेस्टर सिटीले यही तथ्य सिद्ध गरेको छ । सिटीले प्रिमियर लिग जितेको पनि केही दिन भयो । यसैक्रममा इङ्लिस फुटबलमा सिटीको एकोहोरो वर्चस्व फेरि एकपल्ट प्रमाणित भएको छ । यो पनि प्रमाणित भएको छ, अन्य केही प्रमुख लिगमा जस्तै इङ्ल्यान्डमा अचेल एउटै क्लबको मात्र हैकम चल्छ ।

पछिल्ला ६ सिजन सिटीले लिग जितेको पाँचौंपल्ट हो । लिगको सुरुमा आर्सनलले के के न जित्छु जस्तो गरेर राम्रो खेलेको थियो, तर अन्त्यमा टोलीको केही पनि चलेन । लिगमा तीन चरणका खेल बाँकी छँदै पेप ग्वार्डिओलाको सिटीले जित्ने निश्चित भएको थियो । यो त यस्तै भयो । जस्तो, जर्मनीमा बायर्न म्युनिख र फ्रान्समा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एकाहोरो रूपमा लिग जित्दै आएको छ । त्यो पनि अझ लगातार रूपमा ।

सिटी अझै यत्तिकैमा रोकिने छाँट पनि छैन । सिटीले अझै दुई ठूला फाइनल खेल्नेछ । त्यसमध्ये सिटीले एफए कपमा सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडको सामना गर्दै छ भने युरोपेली च्याम्पियन्स लिग फुटबलमा इन्टर मिलानको । कम्तीमा कागजमा दाबी गर्न सकिन्छ यी दुवै उपाधि जित्ने भनेको सिटीले नै हो । यसका कुनै शंका छैन, सिटीको टिम निकै अब्बल दर्जाको छ । ग्वार्डिओलाको नेतृत्वमा यो टिमले पस्कने फुटबल उत्तिकै उच्चस्तरको पनि हुन्छ ।

तर, यसले सधैं मज्जा भने आउँदैन । प्रिमियर लिग विश्वकै सबैभन्दा धनी फुटबल लिग हो । यो वास्तवमै पूरा विश्वमा लोकप्रिय छ । यसको एउटा ठूलो कारण उपाधिमाथि एक होइन, दुई होइन, ४-५ टिमकै एक समान चुनौती हुनुले पनि हो । प्रिमियर लिगमा उपाधि जित्नु भन्दा त्यसलाई रक्षा गर्नु गाह्रो मानिन्छ ।

सिटीले अहिले लगातार तेस्रो सिजन लिग जितेको छ । साँच्चै त्यो स्थिति बनेको छ, जहाँ सिटीलाई गाह्रो पार्न सक्ने अर्को कोही छैन ।

यही त हो सिटीको वर्चस्वको एउटा अर्को पक्ष । सन् २००८ मा सिटीको स्वामित्व शेख मन्सुरले किनेका थिए । अझभन्दा सिटीमा सिधा सिधा युएईको राजपरिवारको लगानी छ । उनीहरूका लागि करोडौं डलर खर्च गर्नु भनेको केही पनि होइन । उनीहरूले खर्च पनि यति धेरै गरेको छ कि इङ्लिस फुटबलमा सिटीलाई उपाधि जित्ने बानी नै परेको छ । त्यो पनि जिद्दी बानी । के यसले कतै प्रिमियर लिग आफैंलाई कम रोमाञ्चक त बनाएको छैन ? सायद छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो