माघ १५, २०८२ बिहीबार | ११:३५:५८
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

वर्चस्व जमाउँदै म्यानचेस्टर सिटी

काठमाडौं । इङ्लिस प्रिमियर लिग किन धेरै लोकप्रिय छ भने यो जत्तिको प्रतिस्पर्धात्मक लिग विश्व फुटबलको अर्को कुनै छैन । भन्नेहरू यस्तै भन्छन् । तर, यो कतै भ्रम त होइन ? 

कम्तीमा म्यानचेस्टर सिटीले यही तथ्य सिद्ध गरेको छ । सिटीले प्रिमियर लिग जितेको पनि केही दिन भयो । यसैक्रममा इङ्लिस फुटबलमा सिटीको एकोहोरो वर्चस्व फेरि एकपल्ट प्रमाणित भएको छ । यो पनि प्रमाणित भएको छ, अन्य केही प्रमुख लिगमा जस्तै इङ्ल्यान्डमा अचेल एउटै क्लबको मात्र हैकम चल्छ ।

पछिल्ला ६ सिजन सिटीले लिग जितेको पाँचौंपल्ट हो । लिगको सुरुमा आर्सनलले के के न जित्छु जस्तो गरेर राम्रो खेलेको थियो, तर अन्त्यमा टोलीको केही पनि चलेन । लिगमा तीन चरणका खेल बाँकी छँदै पेप ग्वार्डिओलाको सिटीले जित्ने निश्चित भएको थियो । यो त यस्तै भयो । जस्तो, जर्मनीमा बायर्न म्युनिख र फ्रान्समा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एकाहोरो रूपमा लिग जित्दै आएको छ । त्यो पनि अझ लगातार रूपमा ।

सिटी अझै यत्तिकैमा रोकिने छाँट पनि छैन । सिटीले अझै दुई ठूला फाइनल खेल्नेछ । त्यसमध्ये सिटीले एफए कपमा सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडको सामना गर्दै छ भने युरोपेली च्याम्पियन्स लिग फुटबलमा इन्टर मिलानको । कम्तीमा कागजमा दाबी गर्न सकिन्छ यी दुवै उपाधि जित्ने भनेको सिटीले नै हो । यसका कुनै शंका छैन, सिटीको टिम निकै अब्बल दर्जाको छ । ग्वार्डिओलाको नेतृत्वमा यो टिमले पस्कने फुटबल उत्तिकै उच्चस्तरको पनि हुन्छ ।

तर, यसले सधैं मज्जा भने आउँदैन । प्रिमियर लिग विश्वकै सबैभन्दा धनी फुटबल लिग हो । यो वास्तवमै पूरा विश्वमा लोकप्रिय छ । यसको एउटा ठूलो कारण उपाधिमाथि एक होइन, दुई होइन, ४-५ टिमकै एक समान चुनौती हुनुले पनि हो । प्रिमियर लिगमा उपाधि जित्नु भन्दा त्यसलाई रक्षा गर्नु गाह्रो मानिन्छ ।

सिटीले अहिले लगातार तेस्रो सिजन लिग जितेको छ । साँच्चै त्यो स्थिति बनेको छ, जहाँ सिटीलाई गाह्रो पार्न सक्ने अर्को कोही छैन ।

यही त हो सिटीको वर्चस्वको एउटा अर्को पक्ष । सन् २००८ मा सिटीको स्वामित्व शेख मन्सुरले किनेका थिए । अझभन्दा सिटीमा सिधा सिधा युएईको राजपरिवारको लगानी छ । उनीहरूका लागि करोडौं डलर खर्च गर्नु भनेको केही पनि होइन । उनीहरूले खर्च पनि यति धेरै गरेको छ कि इङ्लिस फुटबलमा सिटीलाई उपाधि जित्ने बानी नै परेको छ । त्यो पनि जिद्दी बानी । के यसले कतै प्रिमियर लिग आफैंलाई कम रोमाञ्चक त बनाएको छैन ? सायद छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।