चैत्र ५, २०८२ बिहीबार | १६:५१:१९
पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा

न्युजिल्यान्डविरुद्ध भारतको क्लिन स्विप

काठमाडौं । न्युजिल्यान्डविरुद्धको  एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा भारतले क्लिन स्पिप गरेका छ ।

भारतले  इन्दोरस्थित होल्कर क्रिकेट स्टेडियममा मंगलबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा ९० रनको जित निकालेको हो ।

यस जितसँगै भारतले तीन खेलको श्रृंखला ३-० ले आफ्नो पक्षमा पारेको हो । यसअघि भारतले १२ रन तथा आठ विकेटको जित निकालेको थियो ।

भारतले प्रस्तुत गरेको  तीन सय  ८६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१.२ ओभरमा दुई सय ९५ रनमा समेटियो । न्युजिल्यान्डबका लागि डिभोन कोन्वेले एक सय बलमा १२ चौका र आठ छक्का मद्दतमा एक सय ३८ रन बनाए पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

यसैगरी हेनरी निकोलसले ४२, मिचेल सान्टनरले ३४, माइकल बे्रसवेलले २६ र डारिल मिचेलले २४ रन बनाए । डिभोनले दोस्रो विकेटका लागि हेनरीसँगे एक सय पाँच तथा तेस्रो विकेटका लागि डारिलसँग ७८ रनको साझेदारी गरेका थिए ।  

भातका लागि  शार्दुल ठाकुर र कुलदीप यादवले समान तीन तथा युजवेन्दर चहलले दुई तथा हार्दिक पाण्ड्या र उम्ररन मलिकले समा एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ८५ रनको योगफल तयार पारेको थियो । भारतका लागि शुभमन गिलले ७८ बलमा १३ चौका र पाँच छक्का मद्दतमा सर्वाधिक एक सय १२ रन जोडे ।

यसैगरी कप्तान रोहित शर्माले ८५ बलमा नौ चौका र ६ छक्का मद्दतमा एक सय एक, हार्दिक पाण्ड्याले ३८ बलमा समान तीन चौका र छक्का मद्दतमा ५४, विराट कोहलीले ३६, शार्दुल ठाकुरले २५, एशान किसनले १७ र सूर्यकुमार यादवले १४ रन बनाए ।

न्युजिल्यान्डका लागि ज्योकोब डुफी र ब्लेयर टिकनरले समान तीन तथा माइकल ब्रेसवेलले एक विकेट लिए ।

 

 

 


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।