माघ १८, २०८२ आइतबार | १२:०४:००
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

पिएम कपः बागमतीको दोस्रो जित

काठमाडौं । प्रदेश २ लाई पाँच विकेटले हराउँदै बागमती प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश २ ले दिएको एक सय ५५ रनको लक्ष्य बागमतीले १९.४ ओभरमा पाँच विकेट गुमाएर एक सय ५६ रनको लक्ष्य पुरा गर्यो ।

बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ३२ रन जाेडे । उनले ३१ बलमा एक छक्का र दुई चौका प्रहार गरे । यस्तै, लक्की कठायतले २८, प्रतीस जिसीले २२ रन गर्दा सुवास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्लले समान २० रनको योगदान गरे ।

प्रदेश २ का जितेन्द्र यादवले दुई विकेट लिदाँ पार्थिक यादव, हरिशंकर साह र विवेक यादवले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश २ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर बागमतीलाई एक सय ५६ रनको लक्ष्य दिएको थियो ।

प्रदेश २ को लागि हरिशंकरले सर्वाधिक ५६ रन बनाए । उनले ५४ बलमा एक छक्का र पाँच चौका प्रहार गरे । यस्तै, विवेकले २८, कप्तान हासिम अन्सारीले २६ र मोहमद आदिल आलमले १२ रनको योगदान गरे ।

बागमतीका रिजन ढकाल र विपिन आचार्यले समान दुई विकेट लिँदा प्रतीस जिसी र सुवास खत्रीले समान एक विकेट हात लिए ।

यसअघि आफ्नो पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग २४ रनले पराजित भएको प्रदेश २ ले दोस्रो खेलमा गण्डकी प्रदेशलाई २ विकेटले हराएको थियो । तेस्रो खेलमा लुम्बिनी प्रदेशसँग ४२ रनले पराजित भएको थियो ।

पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको बागमती दोस्रो खेलमा एपिएफसँग सात विकेटले हारेको थियो । बागमतीको यो दाेस्राे जित हो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।