चैत्र ५, २०८२ बिहीबार | ०९:२१:३४
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

पिएम कपः बागमतीको दोस्रो जित

काठमाडौं । प्रदेश २ लाई पाँच विकेटले हराउँदै बागमती प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश २ ले दिएको एक सय ५५ रनको लक्ष्य बागमतीले १९.४ ओभरमा पाँच विकेट गुमाएर एक सय ५६ रनको लक्ष्य पुरा गर्यो ।

बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ३२ रन जाेडे । उनले ३१ बलमा एक छक्का र दुई चौका प्रहार गरे । यस्तै, लक्की कठायतले २८, प्रतीस जिसीले २२ रन गर्दा सुवास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्लले समान २० रनको योगदान गरे ।

प्रदेश २ का जितेन्द्र यादवले दुई विकेट लिदाँ पार्थिक यादव, हरिशंकर साह र विवेक यादवले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश २ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर बागमतीलाई एक सय ५६ रनको लक्ष्य दिएको थियो ।

प्रदेश २ को लागि हरिशंकरले सर्वाधिक ५६ रन बनाए । उनले ५४ बलमा एक छक्का र पाँच चौका प्रहार गरे । यस्तै, विवेकले २८, कप्तान हासिम अन्सारीले २६ र मोहमद आदिल आलमले १२ रनको योगदान गरे ।

बागमतीका रिजन ढकाल र विपिन आचार्यले समान दुई विकेट लिँदा प्रतीस जिसी र सुवास खत्रीले समान एक विकेट हात लिए ।

यसअघि आफ्नो पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग २४ रनले पराजित भएको प्रदेश २ ले दोस्रो खेलमा गण्डकी प्रदेशलाई २ विकेटले हराएको थियो । तेस्रो खेलमा लुम्बिनी प्रदेशसँग ४२ रनले पराजित भएको थियो ।

पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको बागमती दोस्रो खेलमा एपिएफसँग सात विकेटले हारेको थियो । बागमतीको यो दाेस्राे जित हो । 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं