मंसिर १८, २०८२ बिहीबार | १४:२१:३९
पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा पोखरालाई काठमाडौंको चुनौतीपूर्ण लक्ष्य पोखराविरुद्ध भिमको पनि अर्धशतक, काठमाडौं बलियो लक्ष्यतर्फ अग्रसर पोखराविरुद्ध चार्लस्वर्थको अर्धशतक, काठमाडौंको एक सय रन पूरा उपाधि घरमै राख्छौंः प्रशिक्षक पाण्डे आर्सनलको सहज जित बार्सिलोनासँगको अंक दूरी घटाउँदै रियाल मड्रिड एनपिएलमा आज दुई खेलः पोखरा र चितवनलाई जित्नैपर्ने दबाब, काठमाडौं र सुदूरपश्चिमको लक्ष्य क्वालिफायर विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा पोखरालाई काठमाडौंको चुनौतीपूर्ण लक्ष्य पोखराविरुद्ध भिमको पनि अर्धशतक, काठमाडौं बलियो लक्ष्यतर्फ अग्रसर पोखराविरुद्ध चार्लस्वर्थको अर्धशतक, काठमाडौंको एक सय रन पूरा उपाधि घरमै राख्छौंः प्रशिक्षक पाण्डे आर्सनलको सहज जित बार्सिलोनासँगको अंक दूरी घटाउँदै रियाल मड्रिड एनपिएलमा आज दुई खेलः पोखरा र चितवनलाई जित्नैपर्ने दबाब, काठमाडौं र सुदूरपश्चिमको लक्ष्य क्वालिफायर विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा

महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा

काठमाडौं । अर्को महिना काठमाडौंमा सुरु हुने आइसिसी महिला ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि बिहीबार २६ सदस्यीय प्रारम्भिक नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले बिहीबार विज्ञप्ति जारी गर्दै प्रारम्भिक छनोटमा परेका २६ खेलाडीको सूचि सार्वजनिक गरेका छन् । 

प्रवक्ता लामाका अनुसार प्रारम्भिक छनोटमा परेका खेलाडीमा इन्दु बर्मासहित राजमती ऐरी, सम्झनाकुमारी खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिष्ट, रचनाकुमारी चौधरी रुवी पोदार, पूजा महतो, कविता कुँवर, रुविना क्षेत्री, सना प्रविण, किरण कुँवर, अलिसा यादव, इश्वरी बिष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दुरावल, लक्ष्मी सावद, मनिषा उपाध्याय, सिमाना केसी, अनु कडायत, सिता राना मगर, काजोल श्रेष्ठ, अस्मिना कर्माचार्य र ममता चौधरी छन् ।  

आगामी जनवरी १२ (पुष २८ गते)बाट काठमाडौंमा सुरु हुने ग्लोबल क्वालिफायरका लागि नेपाली टोलीलाई तत्काल बन्द प्रशिक्षणमा राखिने प्रवक्ता लामाले जानकारी गराएका छन् ।

मुलपानी क्रिकेट रंगशालाका दुवै मैदानमा माघ १८ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । सहभागी टिमलाई दुई समूहमा विभाजित गरिएको छ ।

नेपाल रहेको समूह ‘बी’ मा बंगलादेश, नामिबिया, नेदरल्यानड्स र पपुवान्युगिनी छन् । यसैगरी समूह ‘ए’ मा आयरल्यान्ड, स्कटल्यान्ड, थाइल्यान्ड, अमेरिका र जिम्बाब्वे छन् ।

दुवै समूहका शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष चार टोली सन् २०२६जुन १२ देखि जुलाई ५ सम्म इङलयान्ड र वेल्समा हुने महिला ट्वान्टी–२० विश्वकपलाई छानिनेछन् ।


भिडियो
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll