माघ १८, २०८२ आइतबार | १०:५३:४४
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

कर्णालीको लगातार दोस्रो जित, विराटनगरको तेस्रो हार

फाइल तस्विर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लगातार दोस्रो जित हासिल गरेको छ ।

शनिबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा कर्णालीले विराटनगरलाई सात रनले हरायो ।

कर्णालीले प्रस्तुत गरेको १३४ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा आठ विकेट गुमाउँदा मात्र १२६ रन बनाउन सक्यो ।

कर्णालीको जितमा नन्दन यादवले तीन ओभरमा १२ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । त्यस्तै विपीन शर्माले चार ओभरमा एक मेडनसहित २० रन खर्चिएर दुई विकेट हासिल गर्दा विलियम बोसिस्टो र युनिश ठकुरीको नाममा समान एक विकेट रह्यो ।

विराटनगरको जितमा पाँचौं नम्बरका ब्याटर निकोलस किर्टोनले ३९ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक   ४० रनको योगदान गरे । त्यस्तै ओपनर लोकेश बमले १९ रनको योगदान गर्दा मध्यक्रमका ब्याटर दीपक बोहराले १८ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर) मा तीन विकेट गुमाएर ३६ रन जोडेको थियो । ओपनरद्धय लोकेश बम र मार्टिन गप्टिलसँगै आकिब इलियास पावरप्लेमा पेभिलियन फर्किएका थिए । लोकेश ९ बलमा एक चौका र दुई छक्कासहित १९ रनमा आउट भए । तेस्रो ओभरको पहिलो बलमा उनलाई विपीन शर्माले बोल्ड गरे । यसअघि दोस्रो ओभरको चोथो बलमा विपीनले मार्टिन गप्टिलको विकेट लिएका थिए । गप्टिल अर्जुन घर्तीबाट क्याच भए । छैटौं ओभरको तेस्रो बलमा नन्दन यादवले इलियासलाई बोल्ड गर्दै कर्णालीलाई तेस्रो सफलता दिलाए ।

नवौं ओभरको चौथो बलमा चौथो नम्बरका ब्याटर नरेन भट्ट बोसिस्टोको बलमा एलबिडब्ल्युको शिकार बन्दा विराटनगरले १२औं ओभरको पाँचौं बलमा वसीर अहमदलाई गुमायो । युनिसको बलमा वसीर युनिसबाटै क्याच भए । वसीरले आठ रनको योगदान दिँदा नरेनले सात रन जोडे ।

वसीरपछि आएका दीपक बोहराले छैटौं विकेटका लागि किर्टोनसँग मिलेर ४४ रनको साझेदारी गरे । १८औं ओभरको पहिलो बलमा दीपक विवेक यादवबाट बोल्ड भएपछि कर्णालीको टोलीमा केही आशा पलाएको थियो । नभन्दै पाँच रनपछि कर्णालीले किर्टोनको विकेट लियो । किर्टोन पनि विवेकबाटै बोल्ड भए । किर्टोनको विकेटपछि जिततर्फ अग्रसर बनेको कर्णालीले १९औं ओभरको दोस्रो बलमा क्रिस सोललाई पेभिलियन फर्काए । सोल कप्तान सोमपालको बलमा विकेटकिपर चाडविक वाल्टनबाट क्याच भए । अन्तिम ओभरमा नन्दनको कसिलो बलिङ गर्दा विराटनगरले लक्ष्य भेट्टाउन सकेन ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले देव खनाल र विलियम बोसिस्टोको अर्धशतकप्रेरित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १३३ रनको योगफल तयार पारेको थियो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।