चैत्र १२, २०८२ बिहीबार | १७:३२:०६
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

कर्णालीको लगातार दोस्रो जित, विराटनगरको तेस्रो हार

फाइल तस्विर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लगातार दोस्रो जित हासिल गरेको छ ।

शनिबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा कर्णालीले विराटनगरलाई सात रनले हरायो ।

कर्णालीले प्रस्तुत गरेको १३४ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा आठ विकेट गुमाउँदा मात्र १२६ रन बनाउन सक्यो ।

कर्णालीको जितमा नन्दन यादवले तीन ओभरमा १२ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । त्यस्तै विपीन शर्माले चार ओभरमा एक मेडनसहित २० रन खर्चिएर दुई विकेट हासिल गर्दा विलियम बोसिस्टो र युनिश ठकुरीको नाममा समान एक विकेट रह्यो ।

विराटनगरको जितमा पाँचौं नम्बरका ब्याटर निकोलस किर्टोनले ३९ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक   ४० रनको योगदान गरे । त्यस्तै ओपनर लोकेश बमले १९ रनको योगदान गर्दा मध्यक्रमका ब्याटर दीपक बोहराले १८ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर) मा तीन विकेट गुमाएर ३६ रन जोडेको थियो । ओपनरद्धय लोकेश बम र मार्टिन गप्टिलसँगै आकिब इलियास पावरप्लेमा पेभिलियन फर्किएका थिए । लोकेश ९ बलमा एक चौका र दुई छक्कासहित १९ रनमा आउट भए । तेस्रो ओभरको पहिलो बलमा उनलाई विपीन शर्माले बोल्ड गरे । यसअघि दोस्रो ओभरको चोथो बलमा विपीनले मार्टिन गप्टिलको विकेट लिएका थिए । गप्टिल अर्जुन घर्तीबाट क्याच भए । छैटौं ओभरको तेस्रो बलमा नन्दन यादवले इलियासलाई बोल्ड गर्दै कर्णालीलाई तेस्रो सफलता दिलाए ।

नवौं ओभरको चौथो बलमा चौथो नम्बरका ब्याटर नरेन भट्ट बोसिस्टोको बलमा एलबिडब्ल्युको शिकार बन्दा विराटनगरले १२औं ओभरको पाँचौं बलमा वसीर अहमदलाई गुमायो । युनिसको बलमा वसीर युनिसबाटै क्याच भए । वसीरले आठ रनको योगदान दिँदा नरेनले सात रन जोडे ।

वसीरपछि आएका दीपक बोहराले छैटौं विकेटका लागि किर्टोनसँग मिलेर ४४ रनको साझेदारी गरे । १८औं ओभरको पहिलो बलमा दीपक विवेक यादवबाट बोल्ड भएपछि कर्णालीको टोलीमा केही आशा पलाएको थियो । नभन्दै पाँच रनपछि कर्णालीले किर्टोनको विकेट लियो । किर्टोन पनि विवेकबाटै बोल्ड भए । किर्टोनको विकेटपछि जिततर्फ अग्रसर बनेको कर्णालीले १९औं ओभरको दोस्रो बलमा क्रिस सोललाई पेभिलियन फर्काए । सोल कप्तान सोमपालको बलमा विकेटकिपर चाडविक वाल्टनबाट क्याच भए । अन्तिम ओभरमा नन्दनको कसिलो बलिङ गर्दा विराटनगरले लक्ष्य भेट्टाउन सकेन ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले देव खनाल र विलियम बोसिस्टोको अर्धशतकप्रेरित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १३३ रनको योगफल तयार पारेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो