काठमाडौं । आयोजक एन्जल्स हार्ट सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
मनमैजुस्थित घरेलु कोर्टमा एन्जल्स हार्टले ग्रिनल्यान्डलाई ३६-२५ ले पराजित गर्यो । एन्जल्स हार्टका रुपेश पौडेलले १३ अंक जोडे ।
जुनियर ब्वाइजमै किङडमले गोल्डेनपिकलाई २९-२०, सेबले लालीगुराँस नेसनल एकेडेमीलाई १३-१० तथा ग्रिनफिल्डले जीवन ज्योतिलाई २१-१५ ले हराए । किङडमका जिमे लामाले १३, सेबका सुजन घलेले पाँच र ग्रिनफिल्डका रिसन तामाङले ११ अंक जोडे ।
सिनियर गर्ल्समा भ्याली पब्लिक ‘बी’ ले किङडमलाई २६-१८ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। यसअघि नै यो स्पर्धामा भ्याली पब्लिक ‘ए’, टिआइए र ग्रिनल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
