काठमाडौं ।-पदमकृष्ण श्रेष्ठ। सन् ७० को दशकमा हामीले गरेको तत्कालीन पूर्वी पाकिस्तानको भ्रमण धेरै अर्थमा ऐतिहासिक रह्यो । हामी फर्केको केही वर्षमै त्यहाँ स्वतन्त्रताको आन्दोलन भयो र नयाँ देशका रूपमा बंगलादेशको जन्म भयो । आगा खाँ गोल्डकप फुटबलमा हाम्रो सहभागिता पनि आफैमा ऐतिहासिक थियो, किनभने आधिकारिक रूपमा नेपाली राष्ट्रिय टिमको जग बसेको भनेकै त्यही बेला हो ।
यसअघि पनि नेपालको राष्ट्रिय टिम नाम राखेर नखेलेको होइन, तर आधिकारिक रूपमा सबै प्रक्रिया पूरा गरेर नेपाली राष्ट्रिय टिम तयार भएको भनेको यो नै पहिलो पटक हो । हाम्रो प्रदर्शन पनि आफैंमा खराब थिएन । ढाकाको मिडियाले त्यही बेला हाम्रो प्रदर्शनको खुबै प्रशंसा गरेर लेखेको थियो । म आफैं पनि नेपाली टिमको त्यो प्रदर्शनबाट खुसी थिएँ, प्रशिक्षकका रूपमा ।
हाम्रो लागि ढाका बसाइ पनि आफैमा महत्त्वपूर्ण बन्यो । हामीले नेपाली फुटबललाई कसरी अगाडि बढाउनुपर्छ भनेर धेरै जान्ने अवसर पायौं । लगभग सबै खेलाडीका लागि फुटबल खेलाडीका रूपमा त्यो पहिलो पहिलो विदेश भ्रमण थियो । सन् ७० काे दशकमा विदेशमा गएर फुटबल खेल्नुको अर्थ कति धेरै ठूलाे हुन्थ्यो, अहिले सजिलै अनुमान गर्न सकिन्छ ।
मैल पूर्वी पाकिस्तानको भ्रमणमा बटुलेको एउटा सबैभन्दा ठूलो अनुभव भनेको ढाकामा देखिएको फुटबलको लोकप्रियता हो । पूर्वी पाकिस्तानमा त्यही बेला फुटबल असाध्यै धेरै लोकप्रिय थियो । भारतसँग विभाजन हुनु अगाडि यो बंगालसँगै जोडिएको थियो । त्यसैले पनि त्यहाँ फुटबल लोकप्रिय हुनु स्वभाविक थियो । त्यही बेला ढाकाका फुटबल खेलाडीहरू पूर्ण रूपमा व्यावसायिक थिए ।
त्यो बेला त्यहाँ फुटबल आफैमा व्यवस्थित थियो । रंगशालाहरू ठुल्ठूला थिए, दर्शकको कहिल्यै कमी नहुने । अझ ती दर्शकको पनि एउटा विशेषता थियो ।
उनीहरू पश्चिम बंगालमा गएर खेल्थे अनि राम्रै कमाइ गर्थे । पूर्वी पाकिस्तानमै पनि फुटबल धेरै हदसम्म व्यावसायिक भइसकेको थियो । त्यति बेला क्रिकेटको अस्तित्व थिएनभन्दा हुन्छ । सबैले मन पराउने भनेकै फुटबल मात्रै थियो । त्यस अर्थमा तत्कालीन पूर्वी पाकिस्तानको फुटबल स्तर पनि हामीभन्दा धेरै माथि थियो । त्यो भनेको अहिलेको बंगलादेशकै फुटबल भयो ।
अझभन्दा त्यो बेला त्यहाँ फुटबल आफैमा व्यवस्थित थियो । रंगशालाहरू ठुल्ठूला थिए, दर्शकको कहिल्यै कमी नहुने । अझ ती दर्शकको पनि एउटा विशेषता थियो । अधिकांश लुंगी लगाएर रंगशालामा आउँथे । उनीहरूमध्ये धेरैको हातमा पत्रिकाको मुठ्ठो हुने गर्थ्यो । खेल सकिएपछि अधिकांश समय जितेको टिमका समर्थकले ती पत्रपत्रिका दर्शकदीर्घामै बसेर जलाउने गर्थे ।
यो आफैंमा अनौठो परम्परा थियो । खेल सकेपछि पूरा रंगशालामा आगो देखिन्थ्यो । मलाई के लागेको थियो भने तत्कालिन पूर्वी पाकिस्तानले आफ्नो फुटबल परम्परा यसरी नै अगाडि बढाउने हो भने त्यसले धेरै विकास गर्नेछ र दक्षिण एसियाको मात्र नभएर पूरै एसियाकै एउटा शक्ति बन्ने छ । साँच्चै यति राम्रो अवसर, वातावरण थियो, पूर्वी पाकिस्तानको फुटबलमा ।
पछि बंगलादेश बन्यो, तर मेरो विचारमा त्यसले सोचे जस्तो विकास गर्न भने सकेन । यसका कारण अनेक होलान । बंगलादेशमा अझै पनि फुटबल लोकप्रिय छ । तर पछिल्लो समय क्रिकेट धेरै अगाडि आएको छ । तत्कालीन पूर्वी पाकिस्तान भ्रमणको मेरो निचोड हो, बंगलादेशी फुटबलले धेरै विकास गर्नुपर्ने थियो । तर किन हो, त्यो सम्भव हुन सकेन । यसमा दुःख लाग्छ । (क्रमशः)
याे पनि
https://kheladi.com/event/27625
https://kheladi.com/football/27380
https://kheladi.com/football/27278
https://kheladi.com/football/27177
https://kheladi.com/football/27078
https://kheladi.com/football/27003
https://kheladi.com/football/26920
https://kheladi.com/football/26732
https://kheladi.com/football/26652
https://kheladi.com/football/26434