भाद्र २४, २०८१ सोमबार | ०४:३८:२४
अवसानको बाटोमा नेपाली फुटबल मुवाँथाईकी पलिस्थाले युथ वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने यु-२० एथलेटिक्स प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत जाने एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ ओसिएको कार्यकारी सदस्यमा निर्वाचित ‘थ्री बाइ थ्री’ बास्केटबलः टाइम्स र रिभोल्ट च्याम्पियन पलेशालाई नेपाली कांग्रेसको सम्मान एन्फा महिला लिगः बागमतीविरुद्ध पुलिसको कठिन जित नेटबल प्रतियोगिताः आयोजक ज्ञानोदय च्याम्पियन माल्दिभ्स जाने भलिबल टोलीको बिदाइ उड कम्तीमा पनि चार महिना मैदान बाहिर रहने अवसानको बाटोमा नेपाली फुटबल मुवाँथाईकी पलिस्थाले युथ वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने यु-२० एथलेटिक्स प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत जाने एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ ओसिएको कार्यकारी सदस्यमा निर्वाचित ‘थ्री बाइ थ्री’ बास्केटबलः टाइम्स र रिभोल्ट च्याम्पियन पलेशालाई नेपाली कांग्रेसको सम्मान एन्फा महिला लिगः बागमतीविरुद्ध पुलिसको कठिन जित नेटबल प्रतियोगिताः आयोजक ज्ञानोदय च्याम्पियन माल्दिभ्स जाने भलिबल टोलीको बिदाइ उड कम्तीमा पनि चार महिना मैदान बाहिर रहने

अजय फुयाल


अजय फुयालका लेखहरु

एन्फामा बेथितिको चाङ, नेतृत्वको रजगज भाद्र २०, २०८१

एन्फा र फुटबललाई भजाएर यसका नाममा फिफा र एएफसीबाट आउने डलरमा मोज गर्ने लाइसेन्स पाएका सीमित बेइमानहरूका लागि स्वर्ग भए पनि समग्रमा नेपाली फुटबलको सर्वोच्च निकाय समस्या नै समस्यामा छ । बेथिति र विसंगतिका विषय चर्चामात्र गर्न पनि लामै समय लाग्छ । हजारौं शब्द खर्चिनुपर्छ । आस जगाउने केही देखिन्न । जताततै अँध्यारो र निराशामात्र व्याप्त छ ।

महिला भलिबललाई प्रेरित गर्दै खड्का भाद्र १, २०८१

पेसाले बैंकिङ रोजे पनि भलिबलसँगको प्रेम छुटेको थिएन । खेलाडीको रूपमा नाता टुट्यो । तर, प्रेम यथावत थियो । माया भएपछि खेलाडीकै भूमिका किन चाहियो र ? अब खड्का नेपालको भलिबलमा सहयोगी र प्रायोजकका रूपमा रूपान्तरित भए । अझ योभन्दा पनि माथि उनले भलिबल उकास्ने अभियन्ताको भूमिका रोजे ।

भारतमाथिको जितले के सन्देश दिन्छ ? श्रावण २६, २०८१

खेलकुदमा सधैं सबै कुरा नतिजाले मात्र पनि बोल्दैन । कहिलेकाहीँ नतिजाको बोलीमा धेरै अर्थ मिसिएको हुन्छ । त्यस्तो बेला स्तर मापनका लागि प्रदर्शन, प्रयास, विगतसँगको तुलना र भावनामा प्रवेश गर्नुपर्छ ।

महिला भलिबल उकास्ने पर्दापछाडिका पात्रहरू श्रावण २६, २०८१

एक समयको निरीह नेपाली महिला भलिबल केही वर्षको अन्तरमा एउटा सशक्त टिममा रूपान्तरित हुनुका पछाडि धेरै रहस्य छन् ।

इतिहासमै पहिलो पटक रंगशाला बाहिर ओलम्पिक उद्घाटन श्रावण १२, २०८१

फ्रान्सको सबैभन्दा प्रख्यात सेन नदीमा भएको थियो । हरेक देशका खेलाडी डुंगामा रहेर समारोहमा भाग लिएका थिए । डुंगामा १० औं हजार खेलाडीको सहभागिता थियो । यो कुल ६ किलोमिटरको दूरीमा चलेको थियो ।

‘खेलकुदका शासकहरू ! तिमीहरूलाई लाज लाग्दैन ?’ श्रावण १२, २०८१

नेपालको सहभागिता उपलब्धिका लागि भएकै होइन । यो त फगत मित्रता, अनुभव बटुल्ने, खेलभावना प्रवद्र्धन गर्ने र ओलम्पिक अभियानको पात्र बन्नेमै सीमित बनाइएको छ ।

एन्फा कार्यसमितिको दुई वर्षः विवाददेखि विवादसम्मको यात्रा असार ६, २०८१

नेम्वाङले अध्यक्षका रुपमा दुई वर्ष एन्फामा रजाईं गरिसक्दा पनि मैदानमा भने दुई पटक भइसक्नुपर्ने ‘बी’ डिभिजन लिग एक पटक समेत भएको छैन । ‘ए’ र ‘सी’ डिभिजनका लिग पनि एक पटकमात्र हुन सकेका छन् । अघिल्लो वर्ष भएको शीर्ष डिभिजनको लिग यसपाली हुने छाँट छैन ।

बेल्जीयन फुटबलको राजमार्गमा नेपालका गोरकको सवारी असार १, २०८१

उनी हुन्, अघिल्लो महिनामात्र १६ वर्ष पूरा भएर १७ टेकेका गोरक घले । गोरकको पुर्ख्यौली थलो गोर्खाको मान्बु हो । तर उनी उतै बेल्जियमको आन्ट्वेर्पेनमा जन्मिएका हुन् । आन्ट्वेर्पेनमा उनी आमाबाबु विना र राम घले तथा भाइ गणेशसँगै बस्छन् ।

आरसी ३२ः नेपाली फुटबलको अपवाद जेष्ठ २६, २०८१

विचरा उनीहरूलाई नेपाली फुटबलको चित्र के थाहा ! नेपाली फुटबलको आवश्यकता उनीहरूको स्वार्थी मनले कसरी बुझ्नु ! रोहित चन्द र आरसी ३२ को महत्वसँग उनीहरूलाई के मतलब ! राज्यले नै बिकटताको पगरी गुथाइदिएको कर्णालीको परिचय फेर्ने अभियानसँग किन स्वामित्व लिनु !

नेपाल ‘अनवान्टेड रेकर्ड’ तर्फ अग्रसर जेष्ठ १९, २०८१

नेपालले अन्तर्राष्ट्रिय फुटबलमा गोल नगरेको समय ३ सय ९७ मिनेट पुगेको छ । व्यवहारिक भएर अनुमान गर्दा यूएईविरुद्ध पनि गोल गर्न गाह्रो छ, यमनविरुद्ध पनि । यो निराशावादी सोच पक्कै होइन । यो त यथार्थमा बसेर गरिएको विश्लेषण हो । किन त यस्तो विश्लेषण ?

खेलकुदमा यत्ति गर्न सके वर्ष २०८१ सार्थक वैशाख १, २०८१

आजदेखि सुरु भएको नयाँ वर्ष २०८१ लाई बितेको वर्षको तुलनामा सुखद बनाउनुपर्छ । बढी सफल बनाउनुपर्छ । निराशा, असफलता र विवादका चाङ यतै बिसाएर नेपाली खेलकुद अघि बढ्नुपर्छ ।

पहिल्यै एन्फाले ‘हराइसकेको खेल’ चैत्र १०, २०८०

हारेको नेपाली फुटबल टिमले होइन, खेलाडीहरूले होइनन् । यहाँ साँचो अर्थमा हारेको त फुटबल प्रशासनले हो । एन्फाका पदाधिकारीले हो । समग्रमा नेपाली खेल प्रशासनले हो ।

यताको सही चाल, उताको बेहाल चैत्र ३, २०८०

एन्फालाई भएका रंगशाला ‘मेन्टेन’ गर्नेमा कुनै ध्यान छैन । तिनको भरपूर उपयोग गर्ने खालको कुनै योजना छैन । अनि एन्फा अध्यक्षले राज्यको थप अर्बौ लगानीमा अर्को ठूलो रंगशाला चाहियो भन्दा फुटबलप्रेमीमाझ आलोचित हुनु स्वाभाविक थियो ।

आलोचित एन्फालाई एउटा अवसर फाल्गुन १९, २०८०

एन्फा नेतृत्वलाई महिला फुटबलले सधैंझै फेरि एउटा अवसर दिएको छ । सर्वत्र आलोचित अवस्थाबाट प्रशंसा पाउने ठाउँमा पुग्नका लागि महिला फुटबल प्रस्थानबिन्दु बन्न सक्छ ।

नेपाली फुटबलको ‘प्लट’ बदल्ने प्रदर्शन फाल्गुन १९, २०८०

फाइनल जितेको भए ३८ वर्षको अन्तर्राष्ट्रिय प्रतियोगिता यात्रामा नेपाली महिला फुटबलको पहिलो उपाधि हुन सक्थ्यो । तर, नेपाल ११ पटक फाइनल पुगेर उपाधि जित्ने सौभाग्य प्राप्त गर्न सकेन । यद्यपि पहिलोपल्ट नेपाली महिला फुटबलले स्वदेश–विदेश सबैतिरको ध्यान तानेको छ ।

एन्फा नेतृत्व मुठभेड रोज्ने कि गन्तव्यमा फर्कने ? फाल्गुन १२, २०८०

एन्फा नेतृत्वलाई यी विषयमा सोच्ने फुर्सत कहाँ छ र ? कार्यसमितिमा बहुमत कसरी पुर्याउने, साधारणसभामा देशभरबाट आएका प्रतिनिधिको आँखामा कसरी छारो हाल्ने, फुटबलकै नाम लिएर यही खेलको दोहन कसरी गर्ने ? जस्ता रणनीति बनाउन छाडेर फुटबलका कुरा सोच्न फुर्सत पनि चाहियो नि ।

मौन छ एन्फा, सरिता परियार को हुन ? एन्फा उपाध्यक्ष लामाको विवाद के हो ? माघ १७, २०८०

जीवनका मुल्य मान्यताहरु स्थापित गर्नुपर्ने फुटबलजस्तो खेलको सर्वोच्च निकायका उपाध्यक्ष लागु औषध सेवन र कारोवारमा अदालतबाट दोषी ठहर भएको विषय इमेलमा छ । यस्तो गम्भीर विषयमा लामा निर्दोष छन् भने स्वयम उनी र नेतृत्वले सरिता परियारविरुद्ध कानुनी उपचार खोज्नुपर्ने होइन ? ‘त्यो नामको कोही मानिस नै छैन, विरोधीले गरेको षडयन्त्र हो’ भनेको भरमा एन्फा पन्छिन मिल्छ ?

एनएसएलको दर्शक उत्साहले एन्फा जाग्ला ? पुस २१, २०८०

एनएसएलले बनाइदिएको माहोलमा भटाभट प्रतियोगिता गरे चरम आर्थिक संकटको दुरुह अवस्था पुगेको एन्फा नेतृत्वको व्यक्तिगत स्वार्थ पनि फुटबलले नै पूरा गर्न सक्छ । तर, त्यसका लागि अब पनि लाजसमेत लजाउने खालका हर्कतमै रमाउने छुट एन्फा नेतृत्वसँग हुने छैन ।

नेपाली फुटबलको विशेष दिन पुस १०, २०८०

पेनाल्टी सुटआउटमा गोलकिपर उपेन्द्रमान सिंहले दुई पेनाल्टी जोगाएपछि नेपालको जित निश्चित भएको थियो ।

मणी शाहको त्यो फ्रिकिक गोल पुस १०, २०८०

अचानक एउटा यस्तो अवसर प्राप्त भयो, जसले पूरा खेलको दृष्य फेरिदियो । मैदानमा प्रतिस्पर्धारत दुई टोलीको भाग्य परिवर्तन गर्यो । संयोगको कथा यसरी बुनियो, जसले नेपाललाई स्वर्ण र भारतलाई रजत पदकको गन्तव्य दियो ।

निर्णय चित्त नबुझेको कि रेफ्रीको भूमिका कमजोर ? मंसिर २३, २०८०

नेपाली फुटबलमा समस्या रेफ्रीको नभई क्लब, खेलाडी, प्रशिक्षक र तिनका अधिकारीमा रहेको बुझाइ नै हो । ‘नाच्न नजान्ने आँगन टेढो भनेजस्तो यहाँको अवस्था छ ।