असार ३१, २०८२ मंगलबार | १६:५४:०२
एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित

खेलाडी


खेलाडीका लेखहरु

एपिएफविरुद्ध संकटाको सानदार जित असार ३१, २०८२

चौथो चरण सकिँदा विभागीय टोली नेपाल पुलिस क्लब १२ अंकका साथ शीर्ष स्थानमा छ । एक खेल पनि नजितेको सातदोबाटो युवा क्लब पुछारमा छ ।

काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग असार ३१, २०८२

हेल्प नेपाल गत संस्करणको उपविजेता टोली हो । काठमाडौंमा भएको फाइनलमा हेल्प नेपालले भारतीय प्राइम भलिबल लिग क्याम्पियन क्यालिकट हिरोजसँग पराजय बेहोरेको थियो ।

लाकेनले कम्बोडियन लिग खेल्ने असार ३१, २०८२

लाकेनले दुई वर्षअघि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पाटनको थ्री स्टार क्लबको प्रतिनिधित्व गरेका थिए । थ्री स्टार रेलिगेसनमा परेको उक्त सिजन लाकेनले ‘इमर्जिङ प्लेयर अफ दि सिजन’को पुरस्कार जितेका थिए । गत वैशाखमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल)को तेस्रो सिजनमा लाकेन झापा एफसीका मार्की खेलाडी थिए । गत सिजन पनि उनी झापामै अनुबन्धित थिए । तर, इन्जुरीका कारण उनले उक्त सिजन कुनै पनि खेल खेलेनन् ।

श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक असार ३१, २०८२

नेपाल अंकतालिकाको दोेस्रो स्थानमा छ भने श्रीलंका पुछारमा छ । उपाधि सम्भावनालाई जिवितै राख्ने हो भने नेपाललाई श्रीलंकाविरुद्ध फराकिलो अन्तरको जित आवश्यक छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानमाथि ६–१ को सहज जित हासिल गरेको थियो ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने असार ३०, २०८२

राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु हिमालयन चेस एकेमेडीले आयोजना गर्न लागेको आठौं प्रतियोगिता हो । २०८० साल चैत १ गते स्थापना भएको एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकड्र्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप र देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता– हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरिसकेको छ ।

प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो असार ३०, २०८२

दिनको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबले साविक विजेता चर्च ब्वाइज युनाइटेडमाथि ४–३ को रोमाञ्चक जित हासिल गर्यो । दोस्रो खेलमा फ्रेन्ड्स क्लबले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–० ले हरायो ।

फ्रेन्ड्सले आर्मीलाई हरायो असार ३०, २०८२

हारसँगै चार खेलमा तीन अंक जोडेको आर्मी ११औं स्थानमा झरेको छ । समान खेलमा तेस्रो जित हासिल गरेको फ्रेन्ड्स क्लब चौथो स्थानमा छ ।

कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल असार ३०, २०८२

प्रशिक्षक तथा क्रिकेट निर्देशकमा मल्ललाई नियुक्त गरेको कर्णाली याक्स स्पोट्र्स प्रा.लिका निर्देशक गृहेन्द्र घिमिरेले जानकारी गराएका छन् ।

सिक्कालाई एभिएमको बिदाई असार ३०, २०८२

‘वल्र्ड समर युनिभर्सिटी गेम्स’को ३२औं संस्करणमा नेपालको तर्फबाट चार खेलका १५ खेलाडीले सभागिता जनाउँदैछन् । टेबल टेनिसतर्फ सिक्कासहित गनन्जय दाहाल र रितिज जोशीले नेपालको प्रतिनिधित्व गर्दैछन् । त्यस्तै ब्याडमिन्टनतर्फ रोशन साउद, अनिल मल्ल, क्षितिज खनाल, आयुष्मा नेपाल र निशम हाङ्मा शेर्पा रहेका छन् ।

चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित असार ३०, २०८२

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा मनाङको जितमा राम आर्जेलले दुई तथा रोहन थापा मगर र धर्विन्द्र बोहराले समान एक गोल गरे । चर्च ब्वाइजका लागि सुशान थापामगरले दुई गोल गर्दा सुजीत लामाको नाममा एक गोल रह्यो ।

सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि असार ३०, २०८२

आइतबार सिनरले ४–६, ६–४, ६–४, ६–४ को सेटमा विश्व नम्बर दुई आल्कारेजलाई निराश पारेका हुन् । योसँगै सिनरले पाँच हप्ताअघि फ्रेन्च ओपनमा आल्कारेजसँग बेहोरेको हारको बदला समेत लिएको छ ।

चेल्सी क्लब विश्वकप च्याम्पियन असार ३०, २०८२

करिब साढे ८१ हजार दर्शकको उपस्थिति रहेको फाइनल खेलपछि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोले चेल्सीका कप्तान रिस जेम्सलाई ट्रफी हस्तान्तरण गरेका थिए ।

नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने असार २९, २०८२

अक्सनमा लिगका अधिकारी, फ्रेन्चाइजका प्रतिनिधि र कार्यकर्ताहरुको सहभागिता रहनेछ ।

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा असार २९, २०८२

निर्धारित समय सकिन ९ मिनेट बाँकी रहँदा एनआरटीले रितिक फडेराको पेनाल्टी गोलमार्फत खेलमा फर्किने संकेत दियो । एक मिनेटपछि निराजन दुलालले खेललाई २–३ को स्थितिमा पुर्याए । इन्जुरी समयको अन्तिम सेकेन्ड्मा रितिकले व्यक्तिगत दोस्रो गोल गरेपछि एनआरटीले अंक खोसेको हो ।

अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल असार २९, २०८२

पहिलो हाफमा दुई गोलले पछाडि परेको नेपालले निर्धारित ९० मिनेटमा २–२ को पुनरागमन जनाएको थियो । तर, इन्जुरी समयमा नेपाल अभागिशाली रह्यो । बंगलादेशको जितमा सिन्हा जहान शिखा, मोसम्मत सागोरिका र श्री मोती तृष्णा रानीले गोल गरे । नेपालका लागि अनिशा राई र मीना देउवाले गोल गरे ।

सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक असार २९, २०८२

श्रेष्ठ पछिल्लो ६ वर्षयता एन्फामा ‘हेड अफ कोच एजुकेशन’ को जिम्मेवारीमा छन् ।

साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित असार २९, २०८२

आफ्नो पहिलो खेलमा भुटानले नेपालविरुद्ध ६–१ को हार बेहोरेको थियो । श्रीलंकाको यो लगातार दोस्रो हार हो । अघिल्लो खेलमा बंगलादेशले श्रीलंकामाथि ९–१ को सानदार जित हासिल गरेको थियो ।

सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा असार २९, २०८२

मछिन्द्रका लागि विकास थापाले ह्याट्रिक गर्दा गोविन्द विक र राहुल कुमार योञ्जनले समान दुई गोल गरे । त्यस्तै कोन्जोक लामा, सौगात मगर, जनक विक, सुमन ठकुरी र करण धामीको नाममा समान एक गोल रह्यो । सातदोबाटोका लागि युवराज बुढाथोकीले गरेको गोल सान्त्वना मात्र बन्यो ।

विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी असार २९, २०८२

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल, कुवेत र जापान समूह ‘बी’मा परेका थिए । सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स, मलेसिया र कतार छन् । त्यस्तै समूह ‘सी’मा ओमान, पपुवा न्यु गिनी र समओले प्रतिस्पर्धा गर्नेछन् ।

नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी असार २९, २०८२

तल्लो उमेर समूहको यो प्रतियोगिताले सातौं संस्करण पार गर्दा नेपालले एकपटक मात्र उपाधि चुमेको छ । नेपाली टोलीले तीन वर्ष अगाडि बंगलादेशमा सम्पन्न यु–१५ च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यतिबेला नेपालले डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा घरेलु टोली र भुटानलाई पछि पारेको थियो ।

श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित असार २९, २०८२

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न चौंथो चरणको पहिलो खेलमा जावलाखेलको जितमा विशाल शाही र समीर लोप्चनले गोल गरे । श्री भगवतीले सुयोग श्रेष्ठको गोलमा सुरुआती अग्रता लिएको थियो ।