काठमाडौं । आँसु खसिरहेका थिए । सँगै मैदानमा धुवाँको लप्का पनि झर्दै थिए । भलै, कोही एक लक्षित थिएन । तर सन्देश स्पष्ट थियो, समर्थकहरु कुनै हालतमा खुसी छैनन् ।
जब अन्तिम सिठी फुकियो, रंगशालामा बसेका सबै उठ्ने नै भए । उनीहरूले आफूले पिइरहेको कफी, चिया वा अन्य पेय पदार्थ भरिएको कप आकाशतिर फ्याँके । आफू बसेको कुर्सी उप्काए, तिनलाई पनि हुर्याइदिए । आधा घण्टापछि त रंगशाला मात्र होइन, बाहिरी सडक पनि तनावग्रस्त भइहाले ।
मैदान त अनेकथरी चिजले छोपियो नै, अब सडक पनि हेर्नै नहुने भयो । कयौं कार जले । सबैले अ–आफ्नो आवेग सडकमा पोखे । सडकमा भएका सवारी साधन निसानामा परे ।
सान्तोस रेलिगसनमा परेपछि सहरमा सानोतिनो भूकम्प नै गयो । सहरको नाम पनि सान्तोस नै हो । यो राज्यको सबैभन्दा ठूलो क्लब सान्तोस होइन । झन् ब्राजिलभर त सान्तोसभन्दा ठूला क्लब निकै धेरै छन् । तर सान्तोसलाई सम्मानित नजरले हेरिन्छ ।
यतिबेलासम्म रंगशालाबाट धेरैजसो बाहिरिइसकेका थिए । बाहिरिएकाहरू मुख्यतः दुईतिर लागे । कोही आफ्नो घर लागे, कोहीचाहिँ प्रहरीसँग भिड्न । जो रंगशालाभित्रै थिए, उनीहरू नारा लगाउन थाले । यो नारा खेलाडी, प्रशिक्षक र क्लब व्यवस्थापनप्रति लक्षित थियो । ‘लाज नभएको टिम,’ उनीहरू यसो भन्दै थिए ।
यी दृश्य ब्राजिली फुटबलमा नौलो होइनन् । फुटबल त्यसै पनि भावनात्मक खेल हो, नतिजामा समर्थकको भावना पोखिन्छ नै । तर माथि उल्लेखित दृश्यचाहिँ केही फरक मान्नैपर्छ । किनभने भिला बेलमिरो रंगशालामा समर्थक फगत एक हारको रिस पोख्दै थिएनन् । बरू, उनीहरू ऐतिहासिक क्षणबाट गुज्रिरहेका थिए । यस्तो क्षण जुन उनीहरूको पक्षमा थिएन । उनीहरूको प्यारो क्लब सान्तोस ब्राजिली शीर्ष श्रेणीको लिगबाट घटुवा हुँदै थियो । त्यो पनि क्लब इतिहासमा पहिलो पटक । १ सय ११ वर्षमा पहिलो पटक ।
सान्तोस रेलिगसनमा परेपछि सहरमा सानोतिनो भूकम्प नै गयो । सहरको नाम पनि सान्तोस नै हो । सान्तोस सहर रहेको राज्यचाहिँ साओ पाउलो हो । यो राज्यको सबैभन्दा ठूलो क्लब सान्तोस होइन । झन् ब्राजिलभर त सान्तोसभन्दा ठूला क्लब निकै धेरै छन् । तर सान्तोसलाई सम्मानित नजरले हेरिन्छ । कारण हो, यसले बोकेको इतिहास र परम्परा । सान्तोसलाई किन यति धेरै सम्मान गरिन्छ ? किन स्नेह गरिन्छ ? जवाफ सजिलो छ, पेले । हो, सान्तोस पेलेको क्लब हो । तिनै पेले, जसले तीन पटक विश्वकप जितेका थिए । उनले ती विश्वकप सान्तोसको खेलाडी हुँदाहुँदै जितेका हुन् ।
‘यो दिन आउँछ भनेर मैले कहिले पनि सोचेको थिइनँ । सान्तोस रेलिगेसनमा पर्नु भनेको फुटबल मन पराउने हरेकका लागि झापड हो । किनभने हामी सबै सान्तोसलाई माया गर्थ्यौं,’ पूर्वखेलाडी तथा स्तम्भकार वाल्टर कासाग्रान्डेले भनेका छन् । कुनै समय पेलेसँग खेलेका र आफ्नै खेलका कारण पनि सान्तोसमा प्रसिद्धि कमाएका पेपे पनि यतिबेला छक्क परेका छन् । ‘खोइ के भनौं । कसरी, के प्रतिक्रिया दिनु, केही थाहा छैन । मलाई सधैं लाग्थ्यो, फुटबलका देवताले हामीलाई बचाउने छन्,’ पेपेले सामाजिक सन्जाल इन्स्टाग्राममा लेखेका छन् ।
ब्राजिली भूमि र समग्र दक्षिण अमेरिकामा सान्तोसले जे जति सफलता हात पार्याे, त्यसले टोलीको लोकप्रियता बाँकी विश्वमा पनि फैल्याइदियो । सान्तोस हरेक वर्ष विश्व भ्रमणमा निस्किन्थ्यो ।
सान्तोससँग जोडिएको एउटा भनाइ छ । ‘सान्तोस मेरा हरेक हाँसो, आँसु र भावनाको कारक हो । सान्तोसको झण्डाले यसको इतिहास, गर्विलो विगत र वर्तमान झल्काउँछ,’ यो भनाइ हरेक सान्तोस समर्थकका लागि महत्त्वपूर्ण छ । उनीहरूका लागि यो सत्य हो ।
हुन पनि सान्तोसको विगत अति गर्विलो छ । सन् १९५० र ६० को दशकमा हो, सान्तोस माथि उठेको । त्यसबेला सान्तोस जत्तिको बलियो क्लब ब्राजिलमा अर्को थिएन । सन् १९६१ र १९६५ को बीचमा सान्तोसले पाँच पटक राष्ट्रिय लिग जितेको थियो । दुई महादेशीय र त्यति नै अन्तरमहादेशीय उपाधि पनि । अनि त्यही बेला हो, सान्तोसले चार पटक राज्यस्तरको लिगमा सफलता हात पारेको । छोटो समय यति धेरै सफलता ब्राजिलका अरू क्लबले कल्पना पनि गर्न सक्दैनन् ।
ब्राजिली भूमि र समग्र दक्षिण अमेरिकामा सान्तोसले जे जति सफलता हात पार्याे, त्यसले टोलीको लोकप्रियता बाँकी विश्वमा पनि फैल्याइदियो । सान्तोस हरेक वर्ष विश्व भ्रमणमा निस्किन्थ्यो । सान्तोसले कहाँ–कहाँ मात्र खेलेन ? बैंककदेखि बोस्टनसम्म, पोर्ट ओ प्रिन्सदेखि प्लाइमाउथसम्म, फुटबल मन पराइने हरेक कुनामा सान्तोस पुग्यो । ब्राजिलका लागि सान्तोस ब्रान्डिङ प्याकेज बनेको थियो ।
ब्राजिली फुटबलबारे विश्वलाई पढाउँदै हिँडेको सान्तोसले देशप्रति अर्को गुन पनि लगाएको हो । त्यो थियो, राष्ट्रिय टिमका लागि एकसेएक खेलाडी दिएर । पेले त भइगए । पेपे, जिटो, कौउटिन्हो, क्लोडाओल्डो, कार्लोस अलबर्टो, माउरो रामोस जस्ता दिग्गज खेलाडी सान्तोसका देन थिए । ब्राजिलले सन् १९६२ मा विश्वकप जित्दा २२ मध्ये सात खेलाडी सान्तोसका थिए । खासमा यो पनि एउटा कारण थियो, विपक्षी क्लबका समथर्कले सान्तोसप्रति सम्मान गर्नुको ।
सान्तोस सधैं त्यही स्थितिमा मात्र रहेन । त्यसपछिका दशकमा सफलताको मुहान सुक्दै गयो । फलतः सान्तोसले सन् १९६८ पछि जम्मा दुई पटक मात्र घरेलु लिग जित्न सक्यो । महादेशीय प्रतियोगिता कोपा लिब्रेटाडोरेस एक पटक मात्र उचाल्यो । यद्यपि यो सफलता चानचुने होइन, कम्तीमा सान्तोसको आकारलाई ध्यानमा राख्ने हो भने ।
सान्तोसका असल पक्ष धेरै छन् । खराब पक्ष पनि नहुने कुरै भएन । खराब पक्ष क्लब व्यवस्थापन हो । विशेषगरी अध्यक्ष आन्द्रे रुइडा र उनका सहकर्मीहरू ।
सान्तोसको घरेलु रंगशाला भिला बेलमिरोमा जम्मा १६ हजार दर्शक मात्र अट्छन् । समर्थकको संख्या आधार मान्ने हो भने ब्राजिलमा सान्तोसभन्दा १२ वटा क्लब ठूला छन् । ब्राजिली फुटबलमा मझौला क्लब मानिने सान्तोस प्रतिभा उत्पादनमा भने अब्बल रहेकै हो । यसका प्रमाण हुन् रोबिन्हो, नेयमार र रोड्रिगो ।
सान्तोसका असल पक्ष धेरै छन् । खराब पक्ष पनि नहुने कुरै भएन । खराब पक्ष क्लब व्यवस्थापन हो । विशेषगरी अध्यक्ष आन्द्रे रुइडा र उनका सहकर्मीहरू । सन् २०२१ मा अध्यक्ष बनेका उनले सान्तोसलाई सही ढंगमा अघि बढाउन सकेनन् । दीर्घकालीन सोचका साथ अघि बढ्नुको साटो अल्पकालीन नीति अँगाल्दा सान्तोसले खराब निर्णय गर्ने गरेको छ । झन खेलाडी किनबेच गर्ने मामलमा त सान्तोस असाध्यै असफल साबित भएको छ ।
यसकै कारण सान्तोस सन् २०२१ र २०२२ को लिगमा अंकतालिकाको मध्यभागमा अड्किएको थियो । यो वर्ष त प्रदर्शनमा झनै ह्रास आयो । यो सिजन सान्तोसले चार पटक प्रशिक्षक परिवर्तन गरेको थियो । जो फरक स्वभावका थिए । उनीहरूले फरक खेल रणनीति अपनाए ।
सिजनको सुरुमा प्रशिक्षक थिए, ओडाइर हेलमन । उनको प्रशिक्षणमा खेल्दा सान्तोस राज्यस्तरको लिगको पहिलो चरणबाटै बाहिरियो । सँगसँगै दुई घरेलु नकआउट प्रतियोगितामा पनि खराब खेल्यो । त्यसपछि प्रशिक्षक बनेका पाउलो टुराले सान्तोसलाई अनुशासित बनाउन खोजेका थिए । तर, उनी र टिमका केही मुख्य खेलाडीबीच सम्बन्ध बिग्रियो । जसकारण उनी अन्ततः क्लबबाट बाहिरिए । टुरालाई प्रतिस्थापन गरेका डिएगो अग्विरे त पाँच खेलसम्म मात्र टिके ।
सान्तोस रेलिगेसनमा परेसँगै अध्यक्ष रुइडाको दिनगन्ती सुरु भइसकेको थियो । उसो त उनको कार्यकाल यही शनिबार सकिँदै छ । अब अध्यक्षका लागि नयाँ निर्वाचन हुनेछ । जसमा रुइडा विजयी हुने सम्भावना छैन ।
भिन्दाभिन्दै प्रशिक्षकको भिन्न रणनीतिका कारण सान्तोस स्थिर बन्न सकेन । भित्रिएका नयाँ खेलाडी पनि अभ्यस्त हुन सकेनन् । यो वर्षको लिगका लागि सान्तोसले २१ नयाँ खेलाडी अनुबन्ध गरेको थियो । गत वर्षको लिग खेलेका तीन खेलाडी मात्र नयाँ सिजनका लागि राखिएको थियो । लगभग नयाँ टिम लिएर मैदान फर्किएको सान्तोस कुनै पनि बेला सम्हालिन सकेन ।
‘जति नयाँ खेलाडी अनुबन्ध गरेको भए पनि सान्तोस साँच्चै कमजोर टिम थियो । धेरैजसो खेलाडी सान्तोसलाई आवश्यक पर्ने खालका थिएनन् । यहाँ उनीहरूभन्दा बलिया खेलाडी आवश्यक थियो । मलाई लाग्छ, रुइडाले सान्तोसको धेरै पैसा खेर फाले,’ स्थानीय फुटबल वेबसाइट ट्रिबेलाका लागि लेख्ने ब्रुनो लिमाको विश्लेषण छ ।
भर्खरै सकिएको ब्राजिली लिग (सिरी ए) को सुरुआती १९ खेलबाट सान्तोसले १८ अंक बटुलेको थियो । सिजन मध्यभागमा रहँदा मुख्य प्रशिक्षकमा बढुवा भएका मार्सेलो फर्नान्डेजले आफ्नो टिमसँग अब ऊर्जा नै बाँकी नरहेको बताएका थिए ।
त्यही बीचमा सान्तोस फ्लुमिनेसे र एथलेटिको पारानाइन्सेसँग पराजित भयो । सप्टेम्बरमा लगातार हारिरहेपछि फर्नान्डेजको यस्तो भनाइ आएको थियो । ‘तर सान्तोसलाई बचाउन हामी प्रतिबद्ध छौं । जे गरेर भए पनि सान्तोसलाई घटुवा हुन दिने छैनौं,’ फर्नान्डेजको वाचा थियो । तर अन्ततः वाचा काम लागेन ।
सान्तोस अहिले १४ करोड अमेरिकी डलर बराबरको ऋणमा छ । यत्तिको धेरै ऋण भएको क्लबले सिरी ए मा फर्कन कसरी बलियो टिम बनाउला ? कसैले जवाफ दिनसक्ने स्थिति छैन ।
सान्तोस रेलिगेसनमा परेसँगै अध्यक्ष रुइडाको दिनगन्ती सुरु भइसकेको थियो । उसो त उनको कार्यकाल यही शनिबार सकिँदै छ । अब अध्यक्षका लागि नयाँ निर्वाचन हुनेछ । जसमा रुइडा विजयी हुने सम्भावना छैन । यो तथ्यले सान्तोस समर्थकलाई राहत दिन्छ नै । हुन त रेलिगेट हुनेबित्तिकै अब सबै सकियो भन्ने होइन । ब्राजिलका केही ठूला क्लब रेलिगेट भएको र शीर्ष श्रेणीमा फर्किएका उदाहरण प्रशस्त छन् । पछिल्ला उदाहरण हुन् फ्लेमेङ्गो र साओ पाउलो ।
तर, के सान्तोस फर्कन सक्छ ? सान्तोसको हकमा सकारात्मक हुन सकिने ठाउँ थोरै छ । कारण ? क्लबको आर्थिक स्थिति । सान्तोस अहिले १४ करोड अमेरिकी डलर बराबरको ऋणमा छ । यत्तिको धेरै ऋण भएको क्लबले सिरी ए मा फर्कन कसरी बलियो टिम बनाउला ? कसैले जवाफ दिनसक्ने स्थिति छैन । नकारात्मक हुनुपर्ने अर्को कारण पनि छ । त्यो हो, खस्किँदो एकेडेमी ।
‘हाल सान्तोसको एकेडेमी ठीकठाक हालतमा छैन । खासमा क्लबले एकेडेमीमा ध्यान नै दिएको छैन । पुरानै ढर्रामा चलेको छ । विगतमा प्रसिद्ध रहेको सान्तोसको एकेडेमीलाई अहिले अरू क्लबका एकेडेमीले उछिनेका छन् । अहिलेको ब्राजिलेली लिगमा जसले एकेडेमीमा धेरै खर्च गर्छ, त्यसले स्तरीय खेलाडी उत्पादन गर्छ । अहिलेको समयमा पहिलाजस्तो सान्तोेसबाट अकस्मात् नयाँ प्रतिभा जन्मिनेवाला छैनन्,’ लिमा भन्छन् ।
त्यसमाथि दोस्रो श्रेणीको लिग सिरी बी सजिलो छैन । अस्तव्यस्त रंगशालामा आइतबार बिहानै खेल्नुपर्नेदेखि खराब मैदानसम्मको समस्या छ । आठ महिना चल्ने यो लिग रणनीतिक कम, शारीरिक बढी छ । जहाँ पाका खेलाडीको संख्या धेरै छ । उनीहरूलाई थाहा छ, नवआगन्तुक सान्तोस जस्ता क्लबका खेलाडीलाई कसरी ठीक पार्ने भनेर ।
सिरी बी सान्तोसलाई पर्खिरहेको छ । सिरी बी को दलदल कति गहिरो छ भन्ने सान्तोस समर्थकलाई थाहा छ । यसको पीडाबारे उनीहरू जानकार छन् ।
ब्राजिलमा सिरी बी लोकप्रिय छैन । आकर्षण छैन । यो यस्तो लिग हो जसलाई दलदल मान्न मिल्छ । यहाँबाट निस्किन सजिलो छैन । नपत्याए क्रुजेरोलाई सोधे हुन्छ । सन् २०१९ मा रेलिगेट भएको यो क्लब गत सिजन मात्र सिरी ए मा फर्कन सकेको हो ।
सिरी बी सान्तोसलाई पर्खिरहेको छ । सिरी बी को दलदल कति गहिरो छ भन्ने सान्तोस समर्थकलाई थाहा छ । यसको पीडाबारे उनीहरू जानकार छन् । भलै, अरू क्लबको हालत देखेर उनीहरूले थाहा पाएका हुन् । थाहा पाएरै त हो उनीहरू आँसुसरी बनेको । ‘यतिबेला चित्त बुझाउने पाटो यही एउटा छ, सान्तोस रेलिगेट भएको धन्न पेलेले देख्नुपरेन,’ स्तम्भकार जुका फौरीले लेखेका छन् ।
शनिबारको अन्य स्टोरी चोटबाट तंग्रिएका दिनेशको लय उचाइतिरसन्तोष खत्रीस् बेवारिसे ‘बालक’देखि राष्ट्रिय खेलाडीसम्मनेपाल सुपर लिगः यसकारण विशेष छयु–१९ विश्वकपका लागि एसिया कपबाट पाठ सिक्नुपर्छएउटै नियतिमा म्यानचेस्टर र न्युकासलअन्य खेलले सिक्नुपर्ने टेबल टेनिसको ‘यो परम्परा’