इङ्लिस प्रिमियर लिग

एउटै नियतिमा म्यानचेस्टर र न्युक्यासल

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा अहिले न म्यानचेस्टर युनाइटेडले राम्रो गर्न सकिरहेको छ न त न्युक्यासल युनाइटेडको प्रदर्शन चित्त बुझ्दो छ ।

न्युक्यासलको समस्या भनेको एकै खाले खेल लगातार खेल्न नसक्नु हो । कि त टोलीको खेल बबाल हुन्छ, होइन भने कमजोर । प्रदर्शनमा एकरुपता छैन ।

युनाइटेडको प्रदर्शन त यो भन्दा पनि अझ कमजोर छ । त्यसैले हल्ला छ, त्यो दिन धेरै टाढा छैन, जतिबेला यसका व्यवस्थापक एरिक टेन हाग बर्खास्तगीमा पर्नेछन् । उनले यो सिजन युनाइटेडका लागि जे गर्ने अपेक्षा गरिएको थियो, त्यो पटक्कै हुन सकेको छैन ।

न्युक्यासल त लगभग दुई दशकको अन्तरमा च्याम्पियन्स लिगमा छनोट भएको थियो । त्यसैले धेरै आस थियो । तर केही भएन ।

यो चर्चा किनभन्दा दुवै टिम युरोपेली च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएका छन् । त्यो पनि आफ्नो समूहको पुछारमा रहेर ।

न्युक्यासल त लगभग दुई दशकको अन्तरमा च्याम्पियन्स लिगमा छनोट भएको थियो । त्यसैले धेरै आस थियो । तर केही भएन ।

अर्कोतर्फ युनाइटेडको प्रदर्शन त च्याम्पियन्स लिगकै इतिहासमा सबैभन्दा कमजोर रह्यो । पोहोर घरेलु लिगमा केही राम्रो खेलेको हुनाले पनि ठूलै आस थियो यो टिमबाट ।

यो त भयो पृष्ठभूमि । यसपल्टको च्याम्पियन्स लिगको लिग चरणका खेल पनि सकिए । त्यसबाट अन्तिम १६ मा पुग्ने टिम निश्चित भएको छ । कुल ३२ टिमले लिग चरणमा खेलेका थिए ।

तिनलाई आठ समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहबाट शीर्ष दुई टिम अन्तिम १६ मा पुगे । अब सूची बनाऔं समूहको शीर्षमा रहेर नकआउट चरण पुग्ने टिमको । ती हुन् बायर्न म्युनिख, आर्सनल, रियाल मड्रिड, रियाल सोसिडाड, एट्लेटिको मड्रिड, बोरुसिया डर्टमन्ड, म्यानचेस्टर सिटी र बार्सिलोना ।

त्यसमध्ये सिटी त प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन नै भयो । अब समूहको दोस्रो स्थानमा रहेका टिम यी हुन्, कोपनहेगन, पिएसभी आइन्डहोभन, नेपोली, इन्टर मिलान, लाजियो, पेरिस सेन्ट जर्मेन (पिएसजी), आरबी लाइपजिग र एफसी पोर्टो ।

यसपालिको च्याम्पियन्स लिगको एउटा अर्को ठूलो विशेषता पनि रह्यो । ३२ टिमले खेल्ने यो अन्तिम संस्करण हो । अहिलेसम्म ३२ टिमले खेलिरहेकोमा अर्को सिजनबाट च्याम्पियन्स लिगमा सहभागी संख्या हुनेछ ३६ ।

यस्तोमा स्पेनबाट चारै टिम नकआउट चरण पुगे अनि जर्मनी र इटालीबाट तीन तीन टिम । प्रिमियर लिगबाट दुई । यस्तै डेनमार्क, नेदरल्यान्ड्स, फ्रान्स र पोर्चुगलका एक\एक । भनेपछि म्यानचेस्टर र न्युक्यासलकै कारण यसपल्ट प्रिमियर लिग कमजोर देखियो ।

समूहको तेस्रो स्थानमा रहने टिम भने युरोपा लिगमा झरेका छन् । तिनको सामना हुनेछ लिभरपुल र बायर लेभरकुजन जस्ता टिमविरुद्ध । यी दुई टिमको नाम किनभन्दा उनीहरु आफ्नो घरेलु लिगको शीर्षस्थानमा छन्, एउटा इङल्यान्ड र अर्को जर्मनीमा ।

यसरी च्याम्पियन्स लिगपछि दोस्रो ठूलो युरोपेली प्रतियोगितामा झर्ने टिम हुन् गालाटासारे, लेन्स, ब्राग, बेन्फिका, फेनरउड, एसी मिलान, योङ ब्वाइज र साख्तर डोनेस्क ।

यसपालिको च्याम्पियन्स लिगको एउटा अर्को ठूलो विशेषता पनि रह्यो । ३२ टिमले खेल्ने यो अन्तिम संस्करण हो । अहिलेसम्म ३२ टिमले खेलिरहेकोमा अर्को सिजनबाट च्याम्पियन्स लिगमा सहभागी संख्या हुनेछ ३६ । प्रत्येक टिमले कम्तीमा ८ खेल खेल्नेछन् । त्यो पनि फरक–फरक प्रतिद्वन्द्वीविरुद्ध ।

युरोपका ठूला क्लबको दबाबमै सहभागी टिम संख्या बढाइएको छ अनि खेल्ने खेलको संख्या । पूरा प्रतियोगिता नै वास्तवमा कसरी अगाडि बढ्ने छ, त्यो अर्को सिजन हेर्न खुबै मज्जा आउने छ ।

अहिले तत्कालका लागि युनाइटेड र न्युक्यासलको प्रदर्शनबाट विश्वका इङ्लिस फुटबल समर्थक भने निराश छन् । 
 

शनिबारको अन्य स्टोरी 
चोटबाट तंग्रिएका दिनेशको लय उचाइतिर
सन्तोष खत्रीस् बेवारिसे ‘बालक’देखि राष्ट्रिय खेलाडीसम्म
नेपाल सुपर लिगः यसकारण विशेष छ
धन्न १ पेलेले देखेनन् सान्तोसको ‘रेलिगेसन’
यु–१९ विश्वकपका लागि एसिया कपबाट पाठ सिक्नुपर्छ
अन्य खेलले सिक्नुपर्ने टेबल टेनिसको ‘यो परम्परा’