नेपाली क्रिकेट

यु-१९ विश्वकपका लागि एसिया कपबाट पाठ सिक्नुपर्छ

काठमाडौं । नेपाल एसिसी यु-१९ एसिया कप क्रिकेटमा सहभागिता जनाउन जोस र उत्साहसहित संयुक्त अरब इमिरेट्स (युएई) पुगेको थियो ।

युएई उड्नुअघि नेपाली यु–१९ टोलीका कप्तान देव खनाल र प्रशिक्षक जगत टमाटाले समूह चरणमा टेस्ट राष्ट्रलाई हराएर सेमिफाइनल पुग्ने दाबी गरेका थिए ।

पछिल्ला दुई प्रतियोगिता (यु-१९ विश्वकप छनोट र एसिसी यु-१९ प्रिमियर कप) मा उत्कृष्ट प्रदर्शन गरेको नेपालबाट युएईमा पनि त्यही अपेक्षा गरिएको थियो ।

मैदानमा नेपालको प्रदर्शन निकै कमजोर देखियो । नेपाल समूह चरणका तीनै खेलमा पराजित हुँदै जितविहीन भएर फर्केको छ ।

यसपालि त झन् सिनियर टोलीमा राम्रो अनुभव लिइसकेका गुलसन झालाई पनि समेटिएको थियो । त्यसैले नेपालको त्यो जोस स्वाभाविक पनि थियो । तर, मैदानमा भने नेपालको प्रदर्शन निकै कमजोर देखियो । नेपाल समूह चरणका तीनै खेलमा पराजित हुँदै जितविहीन भएर फर्केको छ ।

समूह ‘ए’ मा रहेको पहिलो खेलमा नेपालले पाकिस्तानसँग ७ विकेटको फराकिलो हार बेहोरेको थियो । नेपालले प्रस्तुत गरेको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो । उत्तम थापाको ५१ रनको मद्दतमा नेपाल १ सय ५२ को योगफलसम्म पुगेको थियो ।

दोस्रो खेलमा पनि नेपाली टोली अफगानिस्तानसँग ७३ रनको फराकिलो हार बेहोर्न बाध्य भयो । अफगानिस्तानले दिएको २ सय ६१ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमै १ सय ८८ रनमै सीमित भयो ।

ओपनर अर्जुन कुमालले ९१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । सुरुआती दुई खेल गुमाए पनि नेपालको सेमिफाइनल पुग्ने झिनो आशा जीवितै थियो । तर, तेस्रो खेलमा भारतसँग १० विकेटको हारले नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको थियो ।

नेपाल भारतसँग अहिलेसम्मकै कम स्कोरमा सीमित भयो । नेपालले २२.१ ओभरमा समेटिँदा ५२ रनमात्र बनाउन सक्यो । कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ५३ रनको लक्ष्य भारतले ७.१ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गरेको थियो ।  

सबैभन्दा बढी आस गरिएका कप्तान देव खनाल र गुलसन झाको प्रदर्शन निराशाजनक रह्यो । प्रतियोगिताअघि यी दुईले सिनियर टोलीको अनुभव बटुलिसकेकाले गर्दा नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो । 

नेपाल यु १९ एसिया कपमा लगातार दोस्रोपटक जितविहीन हुँदै घर फर्कियो । सन् २०२१ मा यूएईमै भएको एसिया कपमा पनि नेपाल यही स्थितिमा फर्केको थियो ।

सबैभन्दा बढी आस गरिएका कप्तान देव खनाल र गुलसन झाको प्रदर्शन निराशाजनक रह्यो । प्रतियोगिताअघि यी दुईले सिनियर टोलीको अनुभव बटुलिसकेकाले गर्दा नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो । तर दुवै खेलाडी जम्न सकेनन् । ३ खेलमा देवले २६ र गुलशनले २२ रनमात्र जोड्न सके ।

यो प्रतियोगिताले सदाझैं यसपालि पनि नेपालको ब्याटिङ समस्या उजागर गरिदिएको छ । गुलशनले बलिङमा पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । उनले ३ खेलमा ४ विकेटमात्र लिए ।

देव र गुलसनको प्रदर्शन राम्रो हुन नसके पनि ओपनिङ ब्याटर अर्जुन कुमालले भने केही सम्भावना देखाएका छन् । उनले २ खेलमा १ अर्धशतकसहित १ सय १९ रन बनाएका थिए । अर्जुनले पहिलोमा २१, दोस्रोमा ९१ र तेस्रोमा ७ रन जोडेका थिए ।

पर्याप्त अभ्यासको कमी नै एसिया कपमा नेपालले निरन्तर कमजोर प्रदर्शन गर्नुको प्रमुख कारण हो । नेपालले प्रतियोगिता खेल्नुअघि घरेलु मैदानमा अभ्यास गरे पनि त्यो पर्याप्त थिएन ।

तथापि राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य शरद भेषवाकर भने एक प्रतियोगिताकै आधारमा टोली कमजोर भएको मान्न नसकिने बताउछन् ।

‘एउटा प्रतियोगिताको प्रदर्शनका आधारमा टोली कमजोर भएको मान्न सकिँदैन । एसिया कपमा जम्मा तीन वटा मात्र खेल खेल्यौं । तर ब्याटिङमा भने सोचे अनुरुपको प्रदर्शन हुन सकेन । यसलाई भने स्विकार्नु पर्छ,’ शरदले भने, ‘खेलमा कहिले काँही यस्तै हुन्छ । हामीले बलिया टोलीको सामना गरेका थियौं । त्यसैले पनि सोचे अनुसारको नजिता आउन सकेन, एसिया कपका देखिएका कमजोरीहरुलाई सच्याउँदै विश्वकपको तयारीमा लाग्नुपर्छ ।’

नेपालले आफूभन्दा बलियो टोलीसँग अभ्यास पाएको भए एसिया कपमा राम्रो नतिजा ल्याउन सक्थ्यो । तर, नेपाल क्रिकेट संघ (क्यान) ले त्यसतर्फ ध्यान नै पुर्याउन सकेन ।

नेपालले एसिया कप खेल्नुअघि कम्तीमा पनि आफूभन्दा बलियो एक देशसँग शृंखला खेलेको भए राम्रो नतिजा आउन सक्ने उनको आशा थियो ।

नेपालसँग प्रतिस्पर्धा गरेका भारत र पाकिस्तान राम्रो अभ्यासपछि युएई पुगेका थिए । पाकिस्तानले एसिया कपअघि बंगलादेश र श्रीलंकासँग शृंखला खेलेको थियो ।

भारतीय टिमले पनि पर्याप्त अभ्यास पाएको थियो । त्यसको परिणामस्वरूप भारत र पाकिस्तानले जारी एसिया कपको सेमिफाइनलमा स्थान बनाए ।

यदि नेपालले आफूभन्दा बलियो टोलीसँग अभ्यास पाएको भए एसिया कपमा राम्रो नतिजा ल्याउन सक्थ्यो । तर, नेपाल क्रिकेट संघ (क्यान) ले त्यसतर्फ ध्यान नै पुर्याउन सकेन ।

सेमिफाइनल पुग्ने लक्ष्य पूरा नभए पनि एसिसी यु–१९ एसिया कपले नेपाललाई आफ्नो कमी कमजोरी पत्ता लगाउन सहयोग गरेको छ । अब नेपालले यसबाट पाठ सिक्दै आइसिसी यु–१९ विश्वकपको तयारीमा जुट्नुपर्छ  ।

विश्वकप तयारीका लागि एक महिनाको समय बाँकी छँदा क्यानले आफूभन्दा बलिया टोलीसँग शृंखला खेल्ने व्यवस्था मिलाउनुपर्छ । नेपाललाई आफ्नो गल्तीहरू सच्याउन एक महिना पर्याप्त समय होइन तर कडा मिहिनेत गर्नुको कुनै विकल्प छैन ।

नेपालले जनवरीमा दक्षिण अफ्रिकामा हुने यु–१९ विश्वकप क्रिकेटमा सहभागिता जनाउँदै छ ।

विश्वकपमा नेपालले पाकिस्तान र अफगानिस्तानसँगै न्युजिल्यान्डको पनि सामना गर्नेछ । दक्षिण अफ्रिकी भूमिमा रन बनाउन निकै गाह्रो हुने गर्छ । युएईको पिचमा चुकेको नेपालले यहाँ झन संघर्ष गर्नुपर्ने  देखिन्छ।

विश्वकप तयारीका लागि एक महिनाको समय बाँकी छँदा क्यानले आफूभन्दा बलिया टोलीसँग शृंखला खेल्ने व्यवस्था मिलाउनुपर्छ । नेपाललाई आफ्नो गल्तीहरू सच्याउन एक महिना पर्याप्त समय होइन तर कडा मिहिनेत गर्नुको कुनै विकल्प छैन ।

नेपालले जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ । त्यसपछि जनवरी २४ मा पाकिस्तान र २६ मा अफगानिस्तानसँग खेल्नेछ । 

शनिबारको अन्य स्टोरी 
चोटबाट तंग्रिएका दिनेशको लय उचाइतिर
सन्तोष खत्रीस् बेवारिसे ‘बालक’देखि राष्ट्रिय खेलाडीसम्म
नेपाल सुपर लिगः यसकारण विशेष छ
धन्न १ पेलेले देखेनन् सान्तोसको ‘रेलिगेसन’
एउटै नियतिमा म्यानचेस्टर र न्युकासल
अन्य खेलले सिक्नुपर्ने टेबल टेनिसको ‘यो परम्परा’