नेपाल सुपर लिग

नेपाल सुपर लिगः बढाउला त नेपाली फुटबलको ‘हाइप’ ?

काठमाडौँ  । गत बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा भयो । साधारणसभामा दुई पक्षबीच धकेलाधकेल भएको खबर आइरहेको थियो । त्यहीबेला नेपाल सुपर लिगबाट पनि एउटा खबर आयो । त्यो थियो, विश्वभर चिनिने पूर्वफुटबलर ड्रिडियर ड्रोग्बा सुपर लिग हेर्न आउने ।

नेपाली फुटबलको नियामक निकाय अहिले आन्तरिक कलहमा छ । विगतमा पनि सधै थियो । यो कलह यस्तो बेला पनि जारी छ, जति बेला नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोटको तयारीमा छ । यो कलहले राष्ट्रिय टिमको तयारी र समग्र घरेलु फुटबललाई कति छुन्छ ? समर्थकलाई महसुस नहुन सक्छ । तर सुपर लिगको असर भने प्रत्यक्ष महसुस हुनेछ । कारण हो यसको व्यापकता । व्यापकताको कारण प्रचार हो । प्रचारको एउटा हिस्सा हुन्, ड्रोग्बा ।  

नेपालमा सर्वाधिक मन पराइने खेल दुईवटा छन् । क्रिकेट र फुटबल । क्रिकेट अगाडि उल्लेख गरिनुको कारण हो, यो खेलले हाल प्राप्त गरेको ‘हाइप’ । नेपाली खेलकुदमा सर्वाधिक ‘हाइप’ पाएको खेल नै क्रिकेट हो । यस्तो किन भयो ? राष्ट्रिय टिमको पछिल्लो प्रदर्शनले । र, यसको केन्द्रमा छन् प्रशिक्षक मोन्टी देशाई ।

नेपालमा सर्वाधिक मन पराइने खेल दुईवटा छन् । क्रिकेट र फुटबल । क्रिकेट अगाडि उल्लेख गरिनुको कारण हो, यो खेलले हाल प्राप्त गरेको ‘हाइप’ । नेपाली खेलकुदमा सर्वाधिक ‘हाइप’ पाएको खेल नै क्रिकेट हो । यस्तो किन भयो ? राष्ट्रिय टिमको पछिल्लो प्रदर्शनले । र, यसको केन्द्रमा छन् प्रशिक्षक मोन्टी देशाई ।

‘हाइप’ को अर्थमा धेरै घोत्लिनु पर्दैन । सामान्य ढंगमा सोचे, बुझे हुन्छ, खेलको प्रचार वा पाएको प्रसिद्धि । क्रिकेटको प्रचार त्यसै पनि गरिहरहनु पर्दैन । पूरै दक्षिण एसिया पारम्पारिक रुपमा क्रिकेटले् ढाँकिएको छ । त्यसमाथि अहिले त भारतमा विश्वकप नै जारी छ । यस्तोमा यो क्षेत्रका सबै देशमा, घरघरमा क्रिकेटको माहोल हुने भइगयो ।

खेल त्यसमाथि पनि फुटबलमा, ‘हाइप’ सिर्जना हुन धेरै कुरै चाहिँदैन । बस् एउटा खेलले जादू गरिदिन सक्छ । युरोपेली च्याम्पियन्स लिगको इतिहासमा कतिवटा फाइनललाई सबैभन्दा बढी रामोञ्चक मानिन्छ ? सूची बन्लान्, त्यो पनि फरक फरक । सम्भवतः सबै सचूीमा सन् २००५ को त्यो फाइनल पक्कै अट्छ ।

फाइनलको आयोजक थियो, टर्कीको इस्तानबुल । भिड्ने दुई क्लब थिए, एसी मिलान र लिभरपुल । पहिलो हाफमा मिलान ३–० ले अघि थियो । फेरि यो मिलान यस्तो टिम थियो, केही भनिरहनै पर्दैन । त्यसबेलाको मिलान टिमबारे यहाँ व्याख्या गर्न थालियो भने, त्यो युरोपेली क्लब फुटबलमाथिकै मजाक हुनेछ । किनभने त्यो मिलान टिमबारे खाँटी फुटबल समर्थकले जान्नैपर्छ । जानेकै हुन्छन् ।  

खेल कसरी सकियो ? यो पनि जागजाहेरै छ । अन्ततः लिभरपुल च्याम्पियन बन्यो । कसरी बन्यो, यसबारे आज पनि छलफल हुन्छ । कालान्तरममा यो खेल यस्तो महत्त्वपूर्ण साबित भयो कि यसले लिभरपुलको प्रसिद्धिलाई बढायो । हो, लिभरपुल इङ्ल्यान्डको ऐतिहासिक क्लब हो । तर युरोपबाहिर लिभरपुल आज जति चिनिएको छ, यसमा त्यो फाइनलको पनि भूमिका छ ।

पहिलो संस्करणमा मुख्य आकर्षण नेपाली खेलाडी थिए । राष्ट्रिय टिम र घरेलु फुटबलमा स्थापित स्टारहरु थिए, मतलब हाई प्रोफाइल । अहिलेको परिस्थिति बेग्लै छ । हाई प्रोफाइल खेलाडी विदेशी छन् भने राष्ट्रिय टिमका नयाँ अनुहारहरुले ती पुराना खेलाडीको न्यास्रो मेटाउने प्रयास गर्नेछन् ।

एउटा खेलले ‘हाइप’ सिर्जना गर्नसक्छ भन्ने तर्कको प्रमाण यो फाइनल पनि हो । फगत एउटा खेलसँग ‘हाइप’ सिर्जना गर्नसक्ने ल्याकत हुन्छ भने प्रतियोगिताले त त्यसो गर्नसक्छ नै । जसरी आइसिसी विश्वकप लिग–२ ले नेपाली क्रिकेटमा गर्यो । यस्तोमा अबको अपेक्षा हो, नेपाल सुपर लिगले नेपाली फुटबलको गति बढाओस् ।

नेपाल सुपर लिग मंसिर ८ बाट हुँदैछ । पहिलो संस्करणमा सात क्लब थिए । यो दोस्रो संस्करण हो, जसमा नौ क्लब छन् । विराटनगर सिटी एफसीले नखेल्ने निर्णय नलिएको भए, क्लब संख्या १० हुने थियो । यो लिगको मुख्य आकर्षण विदेशी खेलाडी हुनेछन्, यसका कुनै शंकै गर्नुपर्दैन । हालसम्म नौ क्लबले ४० विदेशी खेलाडी ल्याइसकेका छन् ।

यही मेसोमा भनिहालौं, पहिलो र दोस्राे संस्करणबीचको मुख्य फरकमध्येको एक । पहिलो संस्करणमा मुख्य आकर्षण नेपाली खेलाडी थिए । राष्ट्रिय टिम र घरेलु फुटबलमा स्थापित स्टारहरु थिए, मतलब हाई प्रोफाइल । अहिलेको परिस्थिति बेग्लै छ । हाई प्रोफाइल खेलाडी विदेशी छन् भने राष्ट्रिय टिमका नयाँ अनुहारहरुले ती पुराना खेलाडीको न्यास्रो मेटाउने प्रयास गर्नेछन् ।

केही खेलाडी अस्ट्रेलियाबाट नेपाल फर्किएका छन्, सुपर लिग खेल्न । तर उनीहरुको प्रभाव गहिरो नहुन सक्छ । किनभने यी खेलाडी नेपाली फुटबलमा नदेखिएको धेरै भयो । फेरि उनीहरु कत्तिको फिट छन् ? प्रश्न यो पनि छ । फिटनेस स्तर माथिल्लो नभए प्रभाव कमजोर हुन्छ नै ।

यसपालि भित्रिएका विदेशी खेलाडीको स्तर उप्पलो छ, पहिलो संस्करणको दाँजोमा । जस्तै, मिडफिल्डर अफ्रिई अक्वा । उनले घानाको राष्ट्रिय टिमबाट ४५ भन्दा बढी खेल खेलेका छन् । अरु त अरु इटालियन सिरी ‘ए’ मा उनले झन्डै २ सय खेल खेलेका छन् । फ्रान्सेली लिग वानको अनुभव भएका फालौ डियान सुपर लिग आइपुगेका अर्का हाई प्रोफाइल खेलाडी हुन् । अनि इमोह इजिकिल अर्का त्यस्ता खेलाडी हुन् जसले स्पेनिस ला लिगा पनि खेलेका छन् । नाइजेरियाका यी स्ट्राइकरलाई ललितपुर सिटी एफसीले अनुबन्ध गरेको हो ।

युरोपमा खेलेका कयौं खेलाडीको आगमनले सुपर लिगकै प्रोफाइल बढ्छ नै । जति हाई प्रोफाइल खेलाडी, लिगप्रतिको समर्थकको चासोमा त्यति नै बढोत्तरी । चासो बढे, हाइप सिर्जना त हुने भइहाल्यो ।

युरोपमा खेलेका कयौं खेलाडीको आगमनले सुपर लिगकै प्रोफाइल बढ्छ नै । जति हाई प्रोफाइल खेलाडी, लिगप्रतिको समर्थकको चासोमा त्यति नै बढोत्तरी । चासो बढे, हाइप सिर्जना त हुने भइहाल्यो । यसपालि नेपाल सुपर लिग नखेलेको विराटनगर सिटी एफसीका निर्देशक शुभासिष कोइराला ड्रोग्बा र हाइ प्रोफाइल विदेशी खेलाडीको आगमनका कारण नेपाल सुपर लिगले नेपाली फुटबलमा माहोल फर्काउन सक्ने अनुमान गर्छन् ।

‘नेपालमा युरोपेली लिग हेर्ने युवा पुस्ताको जमात ठूलो छ । उनीहरुलाई अझै पनि नेपाली लिगमा आकर्षित गर्न सकिएको छैन । सुपर लिग उद्घाटन गर्न ड्रोग्बा आउँदा वा नाम चलेका लिग खेलेका विदेशी खेलाडी अनुबन्धि हुँदा सुपर लिगप्रति चासो अवश्य पनि बढ्छ,’ अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्काउट समेत रहेका कोइराला भन्छन्, ‘विदेशमा पनि सुपर लिगलाई सकारात्मक ढंगमा हेर्नेछन् । ड्रोग्बाले इन्डोर्स गरेको लिग हो भन्ने हुन्छ । आगामी संस्करणमा अझ राम्रा खेलाडी आउन सक्छन् । समग्रमा नेपाली फुटबलमा सकारात्मक माहोल सिर्जना हुन्छ जस्तो लागेको छ ।’

विश्व पर्यटनमा नेपालको एकस्तरको ब्रान्डिङ छँदैछ । यहाँको प्राकृतिक सुन्दरताबारे चर्चा हुन्छ नै । यस्तोमा नेपाल घुमौं, सँगसँगै फुटबल पनि खेलौंला भन्ने उद्देश्यका साथ आउने खेलाडीको संख्या पनि धेरै छ ।

उसो त प्रश्न उठ्न सक्छ, अर्धव्यावसायिक नेपाली फुटबलको लिगमा किन यत्तिका हाइ प्रोफाइल खेलाडी आउन मन्जुर भए ? यसका विविध कारण छन् । नेपाल सुपर लिगसँग आबद्ध कतिपय हाइ प्रोफाइल खेलाडी करियरको उत्तराद्र्धमा छन् । उनीहरु यो सिजन कतै आबद्ध नभएका कारण नेपाल आएका हुन् । नेपाल सुपर लिग उनीहरुका लागि ‘म्याच फिटनेस’ बढाउने अवसर हुनसक्छ, ताकि आउँदो जनवरीमा नयाँ क्लबहरुलाइ आकर्षित गर्न सकियोस् ।

विश्व पर्यटनमा नेपालको एकस्तरको ब्रान्डिङ छँदैछ । यहाँको प्राकृतिक सुन्दरताबारे चर्चा हुन्छ नै । यस्तोमा नेपाल घुमौं, सँगसँगै फुटबल पनि खेलौंला भन्ने उद्देश्यका साथ आउने खेलाडीको संख्या पनि धेरै छ । ‘आउनेजाने खर्च क्लबले व्यहोर्ने भएकाले धेरै खेलाडीका लागि नेपाल सुपर लिग होलिडे प्याकेज पनि हो,’ नेपाल सुपर लिगकै एक क्लबसँग आबद्ध फुटबलकर्मी नाम नबताउने शर्तमा भन्छन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिसकेका खेलाडीहरु पनि नेपाल सुपर लिग खेल्दैछन् । ती प्राय खेलाडी अफ्रिकी मूलका छन् । घाना, क्यामरुन, सेनेगल, नाइजेरिया जस्ता देशबाट थप नयाँ खेलाडी पनि नेपाल आएका छन् । उनीहरुसँग आआफ्नो देशको शीर्ष श्रेणीको लिग खेलेको अनुभव छ । त्यहाँ र यहाँको पारिश्रामिक उस्तै वा यहाँ अझ बढी हुने भएकाले पनि उनीहरु नेपाल आउन लालयीत भएको हुनसक्छन् ।

जेजस्तो कारणले आएका हाई प्रोफाइल विदेशी खेलाडीको आगमन नेपाली फुटबलका लागि सुःखद हो । अरु केही नभए पनि यी खेलाडीका कारण नेपाली समर्थक, जो युरोपेली फुटबल हेर्ने बानी परेका छन्, रंगशालामा आउने अपेक्षा गर्न सकिन्छ ।

खैर जेजस्तो कारणले आएका हाई प्रोफाइल विदेशी खेलाडीको आगमन नेपाली फुटबलका लागि सुःखद हो । अरु केही नभए पनि यी खेलाडीका कारण नेपाली समर्थक, जो युरोपेली फुटबल हेर्ने बानी परेका छन्, रंगशालामा आउने अपेक्षा गर्न सकिन्छ ।

आखिरमा फुटबल खेल मात्र होइन, व्यापार हो, उद्योग हो । यहाँ ब्रान्डिङको आवश्यकता पर्छ । ब्रान्डिङ हाइप्रोफाइल खेलाडीकै कारण हुने हो । हाइप सिर्जना पनि यसरी नै हुने हो । यस अर्थमा नेपाल सुपर लिग सही बाटोमा छ । तर यसो भनिरहँदा कुनै पनि लिग विदेशी खेलाडीको टेकोमा थेगिन सक्दैन । घरेलु खेलाडीकै संख्या र स्तर केन्द्रमा हुनुपर्छ । क्लबहरु आर्थिक रुपमा कति बलिया छन्, त्यसले लिगको भविष्यको जनाऊ दिन्छ । क्लबहरु नै दीगो बन्न सकेनन् भने लिग खिइन समय लाग्दैन ।

नेपाल सुपर लिगको पहिलो संस्करण कोभिड महामारीका कारण प्रभावित बनेको थियो । लकडाउनका कारण सुरुका केही खेलमा बाहेक अरुमा दर्शक रंगशाला पुग्न सकेनन् । त्यसो भएपछि क्लबहरुले टिकट बिक्रीबाट कमाउन सकेनन् । 

 रंगशालामा जति धेरै दर्शक, त्यति नै आम्दानी । आम्दानी भए लिग र क्लबहरुको दीगोपना । दीगोपना लिग र क्लबहरु टिक्नका लागि न्यूनतम शर्त हो । के नेपाल सुपर लिग र यसका क्लबहरु दीगोपनाको बाटोमा छन् ? जवाफमा यो लिगको भविष्य गाँसिएको छ ।

यसपालि दर्शक पुग्छन् भन्ने आशा छ । दर्शक दशरथ रंगशालामा कति पुग्छन्, यो क्लबहरुमा पनि भर पर्ने भइगयो । आखिरमा ‘फ्यान कल्चर’ विकास गर्ने प्राथमिक जिम्मेवारी त क्लबहरुकै हो । हुन त यसो भन्दैमा लिग आयोजक ‘आइसोलेट’ बन्न पाउँदैन ।

जे होस्, रंगशालामा जति धेरै दर्शक, त्यति नै आम्दानी । आम्दानी भए लिग र क्लबहरुको दीगोपना । दीगोपना लिग र क्लबहरु टिक्नका लागि न्यूनतम शर्त हो । के नेपाल सुपर लिग र यसका क्लबहरु दीगोपनाको बाटोमा छन् ? जवाफमा यो लिगको भविष्य गाँसिएको छ ।

शनिबारको अन्य स्टोरीः 
नेपाल सुपर लिगः बढाउँला त नेपाली फुटबलको ‘हाइप’ ?
त्यो विश्वकप अनि यो विश्वकपमा नेपाल
विश्वकप क्रिकेटः सेमिफाइनल प्रतिद्वन्द्वी कुर्दै भारत
ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालको नालीबेली
अलबिदा डाक्टर सरोज