फाल्गुन २३, २०८२ शनिबार | १०:४६:०३
ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा
शनिबारको दिन नेपाली खेलकुद

अलबिदा डाक्टर सरोज

काठमाडौं । साँच्चै डा. सरोजलाई एन्टी डोपिङ विधामा महारथ प्राप्त थियो । उनी यस विषयमा भावनात्मक रूपमा जोडिएका थिए । त्यसैले भन्ने गर्थे, ‘खेलाडीले प्रतिबन्धित शक्तिबद्धधक औषधि प्रयोग गर्नु भनेको आफूले आफैंलाई मार्नु हो । आफैंले आफूलाई मारेर के पो गर्नु र ?’

कुनै ठूलो खेलकुद प्रतियोगिता अगाडि आयो भने उनको पहिलो काम हुन्थ्यो खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई एन्टी डोपिङबारे ज्ञान दिने । उनी भन्थे, ‘सोध्दै नसोधिकन जे पायो त्यही औषधि नखानु।’

उनी भन्थे, ‘ठूलो प्रतियोगितामा जाँदा कसैले यो औषधि लगिदिनु भन्दा पनि नलैजानु, नत्र फसिन्छ ।’ अनि खेलपत्रकार भेट्नुपर्छ भनिहाल्थे, ‘खेलाडीले बुझ्ने भाषामा लेख्नुपर्यो, यो एन्टी डोपिङ हो के भनेर !’

डाक्टर सरोजको चर्चा किनभन्दा अहिले उनी हामीबीच रहेनन् । बिहीबार उनको अकस्मात निधन भयो । सम्भवतः हृदयघात भएको थियो, घरबाट सातदोबाटोस्थित बी एन्ड बी लगिएको थियो । त्यहाँ पुग्दा नपुग्दै चिकित्सकले उनको मृत्यु भएको घोषणा गरे । 

नेपाली खेलकुदमा यो विधामा यत्तिको जानकारी उनलाई बाहेक अरू कसैलाई थिएन । अझ उनी विशेषज्ञका रूपमा यसै विषयमा बोल्न विदेश पनि गइरहन्थे बारम्बार । डाक्टर सरोजले यो क्षेत्रका काम गर्न थालेको तीन दशकजति भइसकेको थियो ।

उनी त्यसै पनि स्पोर्टस  मेडिसिनका चिकित्सक थिए । त्यसैले खेलाडीको उपचारमा लगातार खटिइरहे । खेलाडीलाई केही भयो भने पहिलो सल्लाह हुने गर्थ्याे डाक्टर सरोजलाई भेट्न । उनी पनि खेलाडीको उपचार गर्न पाएपछि दंग पर्थे । 

पछिल्लो पटक १९ औं एसियाली खेलकुदका लागि चीनको हाङचउ गएका थिए । उनले एकभन्दा बढी संस्करणका ओलम्पिक, एसियाड र दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली टिमको प्रतिनिधित्व गरेका छन् ।

डाक्टर सरोजको चर्चा किनभन्दा अहिले उनी हामीबीच रहेनन् । बिहीबार उनको अकस्मात निधन भयो । सम्भवतः हृदयघात भएको थियो, घरबाट सातदोबाटोस्थित बी एन्ड बी लगिएको थियो । 

नेपाली खेलकुदबारे नजिकबाट यति धेरे बुझ्ने, नेपाली खेलकुदले स्वास्थ्य विधालाई खासै ध्यान नदिएकोमा गनगन गरिरहने अनि खेलाडीलाई यो खाऊ र यो नखाऊ भनेर ‘जिद्दी’ गरिरहने एक माथिल्लो दर्जाको चिकित्सक अब रहेनन् ।

त्यहाँ पुग्दा नपुग्दै चिकित्सकले उनको मृत्यु भएको घोषणा गरे । उनको परिवार आफै डाक्टरै डाक्टरले भरिएको थियो । श्रीमती डाक्टर थिइन् । दुई छोरी डाक्टर । तर संयोग भनौं वा के, उनी र उनको परिवारले नै केही हुँदै छ भन्ने भेउ नै पाउन सकेनन् ।

नेपाली खेलकुदबारे नजिकबाट यति धेरे बुझ्ने, नेपाली खेलकुदले स्वास्थ्य विधालाई खासै ध्यान नदिएकोमा गनगन गरिरहने अनि खेलाडीलाई यो खाऊ र यो नखाऊ भनेर ‘जिद्दी’ गरिरहने एक माथिल्लो दर्जाको चिकित्सक अब रहेनन् । 

भनिरहनुपर्दैन, नेपाली खेलकुदका लागि यो त अपूरणीय क्षति हो । हाङचउमै पनि यताउता केही नमिल्दा दिक्क मान्थे । तर, आफ्नो काम भनेपछि कहिले पछाडि परेनन् । बरू सबैभन्दा अगाडि उनी नै हुन्थे ।

उनको पूरा नाम हो सरोजकृष्ण श्रेष्ठ । युक्रेन र जर्मनीबाट डाक्टरी पढे । सन् १९८६ त्यो वर्ष हो, जतिबेलादेखि उनले नेपाली खेलकुदलाई आफ्नो कर्मभूमि बनाए । पछिल्लो पटक उनी काठमाडौं म्याराथन हुँदा उनी दशरथ रंगशालामा देखा परेका थिए । 

खेलाडी डटकमको तर्फबाट नेपाली खेलकुदले गुमाएको सच्चा चिकित्सक डा. सरोजप्रति भावपूर्ण श्रद्धान्जली । उनको योगदान नेपाली खेलकुदमा सधैं खट्किरहने छ । 

भन्दै थिए, ‘ओहो, नेपाली खेलकुदमा लागेको चार दशक हुन लाग्यो त अब । बूढो भइयो कि क्या हो ?’ उनको बानी नै यस्तो थियो, हल्का हाँसेर कुरा गर्नुपर्ने । मान्छे भने पक्कापक्की भलाद्मी थिए ।

खेलाडी डटकमको तर्फबाट नेपाली खेलकुदले गुमाएको सच्चा चिकित्सक डा. सरोजप्रति भावपूर्ण श्रद्धान्जली । उनको योगदान नेपाली खेलकुदमा सधैं खट्किरहने छ । 

शनिबारको अन्य स्टोरीः नेपाल सुपर लिगः बढाउँला त नेपाली फुटबलको ‘हाइप’ ?त्यो विश्वकप अनि यो विश्वकपमा नेपालविश्वकप क्रिकेटः सेमिफाइनल प्रतिद्वन्द्वी कुर्दै भारतट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालको नालीबेलीअलबिदा डाक्टर सरोज