फाल्गुन १७, २०८२ आइतबार | ०७:२०:३०
यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल
शनिबारको दिन आइसिसी एकदिवसीय विश्वकप

विश्वकप क्रिकेटः सेमिफाइनल प्रतिद्वन्द्वी कुर्दै भारत

काठमाडाैं । आइसिसी एकदिवसीय विश्वकप २०२३ पनि सकिने क्रममा छ । लिग चरणका केही खेल बाँकी छन् । त्यसपछि त दुई सेमिफाइनल अनि फाइनल । सेमिफाइनल खेल्ने तीन टिमको निर्णय भइसक्दा पनि चौथो टिम कुन हो ? 

त्यसको कौतूहल भने कायमै छ । सँगै च्याम्पियन्स ट्रफी खेल्ने टिमबारे पनि निर्णय हुन बाँकी छ । अहिलेसम्म आयोजक भारतसँगै दक्षिण अफ्रिका र अस्ट्रेलिया अन्तिम चारमा पुगिसकेका छन् । एउटा सेमिफाइनलमा त दक्षिण अफ्रिका र अस्ट्रेलिया नै भिड्ने छन् ।

एउटा प्रश्न के छ भने भारतको लिग चरणमा अपराजित यात्रा कायम रहन्छ त ? आज शनिबार दुई खेल हुनेछ । त्यसमा अस्ट्रेलियाविरुद्ध बंगलादेश र इङ्ल्यान्डविरुद्ध पाकिस्तान भिड्दै छन् । आइतबार लिग चरणको अन्तिम खेल हुनेछ भारत र नेदरल्यान्ड्सबीच ।

शीर्षस्थानमा रहेको भारतको प्रतिद्वन्द्वी को भन्ने तय हुन बाँकी छ । त्यसैले यस विश्वकपले दिन बाँकी एउटा ठूलो प्रश्नको उत्तर यही हो, भारतको सेमिफाइनल प्रतिद्वन्द्वी को त ? सम्भवतः यसको उत्तर आइसकेको छ । यो हो, न्युजिल्यान्ड । 

तर जतिबेलासम्म गणितीय सम्भावना बाँकी हुन्छ, यस्तै हो भनेर भन्नु पनि बुद्धिमानी हुन्न । न्युजिल्यान्डले श्रीलंकालाई ठूलो अन्तरले पराजित गरेपछि एउटा समीकरण तयार भएको छ । न्युजिल्यान्ड अन्तिम चारका लागि असाध्यै बलियो प्रत्याशी भने बनेको छ ।

एउटा प्रश्न के छ भने भारतको लिग चरणमा अपराजित यात्रा कायम रहन्छ त ? आज शनिबार दुई खेल हुनेछ । त्यसमा अस्ट्रेलियाविरुद्ध बंगलादेश र इङ्ल्यान्डविरुद्ध पाकिस्तान भिड्दै छन् । आइतबार लिग चरणको अन्तिम खेल हुनेछ भारत र नेदरल्यान्ड्सबीच । 

त्यसपछि पालो नकआउट चरणको । न्युजिल्यान्डको पछाडि दुई छिमेकी देश छन् पाकिस्तान र अफगानिस्तान । उनीहरूको पछाडि चार टिम समान ४ अंकमै छन् । त्यसमा क्रमशः छन् इङल्यान्ड, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स ।

यसपल्टको विश्वकपमा अन्तिम दुई स्थानमा रहने टिम अभागी साबित छन् । एक त तिनले अबको च्याम्पियन्स ट्रफी खेल्न पाउने छैनन् । त्यसमाथि अबको विश्वकपमा खेल्न पनि छनोटको तनाव हुनसक्छ ।

यो समीकरण पनि किन महत्त्वपूर्ण छ भने उनीहरू सबैको ध्यान च्याम्पियन्स ट्रफीमा छनोटतर्फ छ । विश्वकपपछि दोस्रो ठूलो प्रतियोगिताका रूपमा रहेको छ यो च्याम्पियन्स ट्रफी । यसको अर्को संस्करण सन् २०२५ मा पाकिस्तानमा हुने तालिका छ । 

साँच्चै हुने छ त ? त्यो भने ढुक्क हुनसक्ने स्थिति छैन । जेहोस् यसमा कुल ८ टिम हुनेछन् । त्यसमध्ये पाकिस्तान आयोजकका रूपमा छनोट भइसकेको छ । त्यस अर्थमा यसपल्टको विश्वकपका शीर्ष आठ टिम नै हुन् च्याम्पियन्स ट्रफी खेल्ने ।

त्यसको अर्थ के हो भने यसपल्टको विश्वकपमा अन्तिम दुई स्थानमा रहने टिम अभागी साबित छन् । एक त तिनले अबको च्याम्पियन्स ट्रफी खेल्न पाउने छैनन् । त्यसमाथि अबको विश्वकपमा खेल्न पनि छनोटको तनाव हुनसक्छ । 

भनेपछि कसैको इच्छा हुने छैन, सहभागी १० टिममध्ये अन्तिम स्थानमा पर्ने । तर, त्यसो भनेर कहाँ भयो र ? प्रतियोगितामा राम्रो पनि त खेल्नुर्याे।  राम्रै खेलेर त हो, भारतलाई अहिलेसम्म कसैले छुन नसकेको ।

शनिबारको अन्य स्टोरीः नेपाल सुपर लिगः बढाउँला त नेपाली फुटबलको ‘हाइप’ ?त्यो विश्वकप अनि यो विश्वकपमा नेपालट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालको नालीबेलीअलबिदा डाक्टर सरोज