१९ औं एसियाली खेदलकुद

कांस्य पदकमा खुम्चिएको हाङझाउ यात्रा

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदमा अब नेपालले केही खेलमा मात्र आफ्नो चुनौती प्रस्तुत गर्न बाँकी छ ।  हालसम्म महिला कबड्डी टोलीले कांस्य पदक जित्दा अन्य खेलको प्रदर्शन भने निराशाजनक छ ।

यसपालि नेपालले २९ खेलमा २ सय ५३ खेलाडीलाई सहभागी गराएको थियो । पहिलोपल्ट नेपालले यति धेरै संख्यामा एसियाडमा खेलाडी पठाएको हो । सन् २०१८ मा इन्डोनेसियामा भएको १८ औं संस्करणमा नेपालले सबैभन्दा धेरै १८५ खेलाडी सहभागी गराएको थियो । त्यसमा प्याराग्लाइडिङबाट रजत पदक जितेको थियो ।

अब कराते, क्यानोइङ , कुस्ती  लगायतका केही खेलमा प्रतिस्पर्धा गर्न बाँकी छ ।

शुक्रबारसम्मका खेल सकिँदासम्म नेपालको प्रदर्शन

सन् २०१८ मा इन्डोनेसियामा भएको १८ औं संस्करणमा नेपालले सबैभन्दा धेरै १८५ खेलाडी सहभागी गराएको थियो । त्यसमा प्याराग्लाइडिङबाट रजत पदक जितेको थियो ।

कबड्डी

कबड्डीमा नेपाली महिला टोलीले मात्र सहभागिता जनाएको थियो । जसमा नेपालले कांस्य पदक जितेको छ ।

शुक्रबार सेमिफाइनलमा भारतसँग ६१-१६ अंकले पराजित भए पनि नेपालले कांस्य पदक पक्का गरेको हो । कबड्डीमा सेमिफाइनलमा पराजित हुने टोलीले पनि कांस्य प्राप्त गर्ने नियम छ ।

नेपाल पहिलो हाफमा २९-१०, दोस्रो हाफमा ३२-७ ले पछि परेको थियो । भारतले नेपाललाई चारपल्ट अलआउट गरेको थियो । 

१९ औं एसियाली खेलकुदमा नेपालको यो पहिलो पदक हो । नेपाली महिला कबड्डी टोली पहिलो सहभागितामै कांस्य जित्न सफल भएको हाे ।

समूह ‘बी’ मा रहेको नेपालले बंगलादेशलाई ३७-२४ ले हराउँदा १८औं संस्करणको स्वर्ण विजेता इरानसँग ४३-१९ को पराजय बेहोरेको थियो ।

फुटबल 
एसियाली खेलकुदमा यसपालि नेपालले महिला फुटबलमा मात्र सहभागिता जनाएको थियो ।

पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाएको नेपाली महिला टोलीको यात्रा समूह चरणबाट अगाडि बढ्न सकेन । भियतनामसँग २-० र जापानसँग ८-० ले पराजित नेपालले बंगलादेशसँग भने १-१ को बराबरीमा खेलेको थियो । नेपालका लागि एकमात्र गोल रेखा पौडेलले गरिन् ।

कुशल मल्ल कम बलमा शतक र दीपेन्द्रसिंह ऐरी अर्धशतक प्रहार गर्ने खेलाडी बनेका थिए ।

क्रिकेट 
क्रिकेटमा नेपाली पुरुष टोलीले मात्र सहभागिता जनाएको थियो ।

भारतसँग २३ रनले पराजित हुँदा नेपाल क्वाटरफाइनलबाट बाहिरिएको थियो । समूह चरणमा नेपालले मंगोलियालाई २ सय ७३ रन र माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गरेको थियो ।

मंगोलियाविरुद्ध नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक योगफल, सर्वाधिक रन अन्तरको जितलगायतका विश्व कीर्तिमान कायम गरेको थियो । कुशल मल्ल कम बलमा शतक र दीपेन्द्रसिंह ऐरी अर्धशतक प्रहार गर्ने खेलाडी बनेका थिए । कुशलले ३४ बलमा शतक बनाउँदा दीपेन्द्रले मात्र ९ बलमा अर्धशतक पूरा गरेका थिए ।

भलिबलमा नेपाल जितविहिन
नेपालको राष्ट्रिय खेल भलिबलमा नेपालको महिला तथा पुरुष दुवै टोलीले सहभागिता जनाएको थियो । 

नेपाली पुरुष टोली जितविहीन हुँदै बाहिरिएको थियो । समूह ‘बी’ को नेपालले पहिलो खेल बहराइनसँग ३-१ र दोस्रो खेल इरानसँग ३-० को सेटले गुमाएको थियो ।  

महिला टोलीले चार खेल खेल्दा सबैमा पराजय व्यहोरेको छ ।  नेपाल समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग समान ३-० सेटमा पराजित भएको थियो । 

वरीयता निर्धारणका लागि भएको खेलमा नेपाल छिमेकी भारतसँग प्रतिस्पर्धात्मक भिडन्तमा ३-१ को सेटमा पराजित भयो । नेपालले शुक्रबार हङकङसँगको खेल पनि ३-० कै सोझो सेटमा गुमायो ।

बक्सिङ

एसियाडमा पदक जितेको छवि बनाएको बक्सिङमा यसपालि नेपालले १३ खेलाडीलाई सहभागिता गराएको थियो ।

६६-७५ केजी तौल समूहमा सरस्वती राना भियतनामकी क्युन दिम लुसँग अंकका आधारमा ४-१ ले पराजित भइन् । महिला ५४-५७ केजीको अन्तिम १६ मा चन्द्रकला थापा थाइल्यान्डकी पोर्नतिप ब्वापासँग अंकका आधारमा ५-० ले पराजित भइन् ।

पुरुष ४७-५७ केजी तौलमा उत्तर कोरियाका सो चोनरियोसँग ५-० ले पराजित भएपछि रविन थापाको यात्रा अन्तिम-१६ मै रोकियो । रविनले इन्डोनेसियाका कोइबानु डियोलाई ४-१ ले हराउँदै पहिलो चरण पार गरेका थिए ।

महिला ५७-६० केजीमा नेपालकी संगीता सुनार भियतनामकी लिन थी भियासँग अंकका आधारमा ५-० ले पराजित भएकी थिइन् ।

पुरुष ७१-८० केजीमा दीपक श्रेष्ठ उज्वेकिस्तानका तुराबेक खबिबुलायभ तथा महिला ५०-५४ केजीमा मीनु गुरुङ जापानकी रिन्का किनोसितासँग समान ५-० ले स्तब्ध बने ।

महिला ६०-६६ केजीमा विनिता थापामगर चाइनिज ताइपेइकी नाइन सेनसँग रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित भइन् । पुरुष ६३.५-७१ केजीमा भारतका निशान्त देवसँग ५-० ले पराजित हुँदा दीपेश लामाको यात्रा पनि अगाडि बढ्न सकेन ।

पुरुष ५२-५७ केजीमा बुद्ध लामा भियतनामका डुवङ भान ग्युयनसँग ५-० र ९१ केजीमा आशिष दवाडी मंगोलियाका बियकनर खलीसँग ३-१ ले पराजित हुँदै बाहिरिए ।

महिला ४५-५० केजीमा सुष्मा तामाङ काजकिस्तानकी नजिम किजाइबेसँग ५-० ले पराजित भइन् । पुरुष ५७-६३.५ केजीमा चाइनिज ताइपेइका एनचु लालसँग ४-० ले निराश भूपेन्द्र थापामगरको यात्रामा पूर्णविराम लाग्यो ।

तेक्वान्दोमा निरासाजनक प्रदर्शन

पदकको निकै आस गरिएको तेक्वान्दोमा यस पटक नेपाली खेलाडीले निकै निराशाजनक प्रदर्शन गरे ।  

हाङचउ एसियाली खेलकुदमा तेक्वान्दोमा नेपालका ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष पुम्सेमा प्रेमबहादुर लिम्बु, पुरुष ६३ केजीमुनिमा गोविन्दबहादुर आले र महिला ग्यारोगीतर्फ अन्जली तामाङले एक खेल जिते पनि त्यहाँबाट अगाडि बढ्न सकेनन् । अन्य खेलाडी भने पहिलो राउन्डमै पराजित भएका थिए ।

पुरुष ८० केजी तौलमाथि अन्तिम-१६ मा ज्याकी यादव बिहीबार जोर्डनका एनस सादेककोसँग अंकका आधारमा २-० ले पराजित भए ।

पुरुष ८० केजीमुनि ओमिद साहकसँग २-० ले पराजित हुँदा अभिषेक बरालको यात्रा अन्तिम-३२ मै सीमित बन्यो । ६८ केजीमुनिमा चाइनिज ताइपेईका यी जुयी चियुसँग २-० ले नै स्तब्ध बन्दा वीरबादुर महरा अन्तिम-१६ बाटै बाहिरिए ।

हाङचउ एसियाली खेलकुदमा तेक्वान्दोमा नेपालका ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष पुम्सेमा प्रेमबहादुर लिम्बु, पुरुष ६३ केजीमुनिमा गोविन्दबहादुर आले र महिला ग्यारोगीतर्फ अन्जली तामाङले एक खेल जिते पनि त्यहाँबाट अगाडि बढ्न सकेनन् । अन्य खेलाडी भने पहिलो राउन्डमै पराजित भएका थिए ।

इन्द्रा बस्नेतको यात्रा पनि अन्तिम-१६ बाट अगाडि बढ्न सकेन । उनी महिला ६७ केजीमुनि इरानकी भाकिली मिलिका मिरहुसेनीसँग २-० ले पराजित भइन् । गोविन्दबहादुर आलेमगर पुरुष ६३ केजीमुनि तौलको अन्तिम ३२ मा टिमोर लिस्टेका जोस दा कोस्टा सिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै अन्तिम-१६ मा प्रवेश गरेका थिए ।

अन्तिम-१६ को खेलमा भने गोविन्द थाइल्यान्डका बानलुङ टुबतिम्दाङसँग २-० ले पराजित हुँदै बाहिरिए । महिला ५३ केजीमुनि अन्तिम-१६ को खेलमा आयशा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २-० ले पराजित भइन् ।

सन्ध्याकुमारी सिंह लेबनानकी लाइतितिए आउनसँग २-० ले निराश हुँदै महिला ५७ केजीमुनिको अन्तिम-१६ बाटै बाहिरिइन् । एकल पुम्सेको क्वार्टरफाइनलमा फिलिपिन्सका प्याट्रिक किंग पेरेजसँग पराजित भएपछि तेक्वान्दोका प्रेमबहादुर नेपाललाई पदक दिलाउन चुके ।

यो खेल जितेको अवस्थामा सेमिफाइनल पुग्दै पदक पक्का हुने थियो । प्रेमले त्यसअघि अन्तिम-१६ को स्पर्धामा पाकिस्तानका अब्दुल उल्लाह कादिरलाई पराजित गरेका थिए ।

महिला पुम्सेको अन्तिम-१६ को प्रतिस्पर्धामा स्वस्तिका तामाङ सिंगापुरकी अकिदा बिन्ते दियानासँग पराजित भइन् ।

महिला ४९ केजी तौलको अन्तिम-१६ मा  अञ्जली थाइल्यान्डकी पानिपाक वानपतानमितसँग २-० ले पराजित भइन् । उनले पहिलो चरणमा कम्वोडियाकी लिडेन क्रीलाई २-० ले पराजित गरेकी थिइन् ।

पुरुष ५८ केजी तौलमा साउदी अरेबियाका रियाद नासर हाम्दीसँग २-० ले पराजित भएपछि राहुल कुमालको यात्रा अन्तिम-३२ मै टुंगियो ।

जुडो
जुडोमा नेपालबाट समान ४ महिला र पुरुष खेलाडी सहभागी थिए । तर कसैले पनि क्वाटरफाइनलको यात्रा तय गर्न सकेनन् । नेपाली खेलाडीको यात्रा अन्तिम -१६ मै समाप्त भयो ।

मिक्स्ड टिम इभेन्टसको क्वाटफाइनलमा नेपाल जापानसँग ४-० ले पराजित भएको थियो । रिपिचेज स्पर्धामा पनि नेपालले काजकिस्तानसँगको खेल ४-० ले नै गुमायो ।

पुरुषतर्फ प्रतिस्पर्धा गरेका विकास बिकले एक खेल जित्नुबाहेक अन्य सातै खेलाडी पहिलो चरणमै सीमित बने । नेपालका आठै खेलाडी इप्पोनका आधारमा पराजित भए । विकास अन्तिम-१६ मा तुर्कमेनिस्तानका अ‍ैबेक ओमिरोभसँग पराजित भए । पहिलो चरणमा विकासले कम्बोडियाका भोल्डम्यार गुचकोभलाई हराएका थिए ।

पुरुष १ सय केजीमाथि रन्जेश गोले काजकिस्तानका क्रिकबे गालिमजानसँग निरास बने । महिला ७८ केजीमाथि उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग स्तब्ध बन्दा आकृति जोशीको यात्रा पनि अगाडि बढ्न सकेन । महिला ५२ केजीमा देविकी श्रेष्ठलाई मंगोलियाकी सोसोर्बरम लखगवासुरेनले निराश बनाइन् ।

पुरुषतर्फ प्रतिस्पर्धा गरेका विकास बिकले एक खेल जित्नुबाहेक अन्य सातै खेलाडी पहिलो चरणमै सीमित बने ।

इन्द्रबहादुर श्रेष्ठ पुरुष ६६ केजी तौलमा हङकङका मार्टिन लुसँग स्तब्ध बने । ८१ केजीमुनिमा फिलिपिन्सका भिरोन जोन फेरेरसँगको हारले जंगबहादुर सारुको यात्रा पनि अगाडि बढ्न सकेन । महिला ५७ केजीमुनिमा मनिता श्रेष्ठ प्रधान तुर्किमेनिस्तानकी मायसा पार्दायेभा र ७५ केजीमुनिमा पुनम डंगोल मंगोलियाकी इड्रेना नयम बात्सुरीसँग पराजित भए ।

उसु
उसुमा नेपालबाट १० खेलाडीको सहभागिता थियो । कविता थापाले थाउलोको महिला जियान्शुमा आठौं स्थान हासिल गरिन् । नानछ्वानमा पुरुषतर्फ नेपालका दीपक हमालले १३औं स्थान हासिल गरे । 


महिला नानक्वानमा सागकी स्वर्ण विजेता निमा घर्तीमगर पुछारमा रहिन् । महिला नानदाओ अलराउन्डमा भने निमाले आठौं स्थान हासिल गरिन् ।  महिला छानगुनमा सुस्मिता तामाङ आठौं स्थानमा रहिन् । पासाङ शेर्पा थाउलोकै पुरुष ताइजीक्वानमा अन्तिम तथा १८ औं स्थानमा रहे ।

विजय सिंजालीले पुरुष थाउलो छानछ्वानमा सातौं स्थान हासिल गरे । महिला ताइजीक्वानमा सविता राई पुछारमा रहिन् ।

महिला ५२ केजीमा इरानकी सामिरौमी मन्सोरियनसँग डब्ल्युपीडीका आधारमा पराजित हुँदा एलिना चौधरीको यात्रा क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेन ।

पुरुष ५६ केजीमा रोहित चुनारा किर्गिस्तानका अभाजबेक अम्यानबेकोभसँग २-० ले पराजित भए । ६० केजीमा कीर्तिस्तानका अस्काट ओमरजाकोभसँग डब्ल्युपिडीको आधारमा स्तब्ध बन्दा मंगलप्रसाद थारुको यात्रा पनि क्वाटरफाइनलमै सीमित बन्यो ।

७० केजीको क्वाटरफाइनलमा पदम राई लाओसका फोनह साइबोनफेंगसँग २-० ले स्तब्ध बने ।

ब्याडमिन्टनमा मध्यम प्रदर्शन

ब्याडमिन्टनमा नेपालबाट ४-४ महिला र पुरुष खेलाडीले सहभागिता जनाएका थिए । जसमा नेपालले ५ स्पर्धामा मात्र पहिलो चरण पार गर्न सक्यो ।

पुरुष डबल्सको अन्तिम-१६ मा विष्णु कटुवाल र जीवन आचार्यको जोडी सिंगापुरका जो जी र प्रजोगो जोनको जोडीसँग २-० को सोझो सेटमा पराजित भयो । त्यसअघि अन्तिम-३२ को खेलमा जीवन र विष्णुको जोडीले माल्दिभ्सका अहमद निबाल र रसिद मोहम्मद अज्फानको जोडीलाई २-० को सोझो सेटमा पराजित गरेको थियो ।

महिला एकलतर्फ रसिला महर्जनको यात्रा अन्तिम-१६ मै सीमित बन्यो । रसिला चीनकी बिङजिओसँग हेसँग २-० को सोझो सेटमा पराजित भइन् ।

पुरुष एकलमा जापानका केन्टा निस्हिममोटोसँग २-० को सोझो सेटमा पराजित हुँदा प्रिन्स दाहालको यात्रा पहिलो चरणमै सीमित भयो । 

रसिलाले अन्तिम-३२ मा मंगोलियाकी म्याग्मार्टसेरेन गन्बाटरविरुद्ध २-० को सोझो सेटको जित निकालेकी थिइन् । मिक्स्ड डबल्समा विष्णु र नङ्सलदेवी तामाङको यात्रा पनि अन्तिम-१६ मै पूर्णविराम लाग्यो । उनीहरू चीनकै सिवी झाङ्ग र याकिओङ हुवाङ्गको जोडीसँग २-० कै सोझो सेटमा पराजित भए ।

यो जोडी मंगोलियाका जोल्जाय मुन्खुबाटर र खेर्लेन डार्खानबाटरको जोडीलाई २-० ले हराएर अन्तिम-१६ मा प्रवेश गरेको थियो ।

महिला डबल्समा ताइपेइका चीङ या सू र चीङ वान लीको जोडीसँग २-० को सोझो सेटमा पराजित हुँदा नीता लम्साल र नङ्सलदेवी तामाङको यात्रा अन्तिम-३२ बाट अगाडि बढ्न सकेन ।

यो स्पर्धामा इन्डोनेसियाका द्धविपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीसँग २-० कै सोझो सेटमा पराजित भएपछि रसिला महर्जन र अनुमाया राईको जोडी पनि अन्तिम-३२ मै सीमित बन्यो ।

महिला एकलतर्फ थाइल्यान्डकी पोर्नपावी चोचुवोङसँग २-० को सोझो सेटमा पराजित हुँदा अनुमाया राईको यात्रा अन्तिम-३२ मै टुंगियो ।

पुरुष एकलमा जापानका केन्टा निस्हिममोटोसँग २-० को सोझो सेटमा पराजित हुँदा प्रिन्स दाहालको यात्रा पहिलो चरणमै सीमित भयो । पुरुष एकलमै सुनील जोशी पनि थाइल्यान्डका कान्ताफोन वाङ्चारोएनसँग सोझो सेटमै पराजित भए । 

मिक्स्ड डबल्सको अन्तिम-३२ मा जीवन आचार्य र नीता लम्सालको जोडी सिंगापुरका जेसिका टाङ र टेरी हीको जोडीसँग २-० ले निराश भएको थियो  ।पुरुष डबल्समा प्रिन्स र सुनीलको जोडी थाइल्यान्डका पिरताछाइ सुखफुन र पक्कापोन तेरारत्सकुलको जोडीसँग २-० स्तब्ध बन्दा अन्तिम-३२ सीमित बन्नुपरेको थियो ।

भारतसँग ३-० को साझो सेटमा पराजित हुँदा नेपाली पुरुष टोली टिम इभेन्टको क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

महिला टिम इभेन्टमा माल्दिभ्ससँग ३-१ ले निरास बनेपछि नेपालको यात्रा अन्तिम-१६ मै सीमित बन्यो ।

एथलेटिक्समा दीपकको कीर्तिमान

एथलेटिक्समा नेपालबाट ८ खेलाडीले सहभागिता जनाउँदा एउटा राष्ट्रिय कीर्तिमान कायम भयो ।

दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । दीपकले २९ मिनेट ३५.०६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । उनी सातौं स्थानमा रहे ।  

दीपकले आफ्नै नाम रहेको कीर्तिमान सुधार गरेका हुन् । उनले गत वर्ष गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा ३० मिनेट १०ः३० सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए ।

पुरुष म्याराथनमा १६ जनाले दौड पूरा गर्दा राजन रोकाया १४ औं स्थानमा रहे भने महिला म्याराथनमा १६ जनाले दौड पूरा गर्दा पुष्पा भण्डारी अन्तिम स्थानमा रहिन् ।

महिला १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले छैटौं स्थान हासिल गरिन् । पुरुष ४ सय र ८ सय मिटर दौडमा सोमबहादुर कुमालको यात्रा हिट चरणमै सीमित बन्यो । सोमले ८ सय मिटरमा व्यक्तिगत प्रदर्शन सुधान गरेका थिए ।

१५ सय मिटर दौडमा नेपालकी फुलमती रानाले व्यक्तिगत प्रदर्शनमा सुधार गरिन् । उनी १५ औं स्थानमा रहिन् ।

दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । दीपकले २९ मिनेट ३५.०६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । 

महिला ५ हजार मिटर दौडमा नेपालकी राजपुरा पछाई पनि व्यक्तिगत प्रदर्शनमा सुधार गर्दै १२औं स्थानमा रहिन् । यो स्पर्धामा सन्तोषीले भने दौड पूरा गर्न सकिनन् ।  

महिला ८ सय मिटर दौडमा फुलमति रानाको यात्रा हिट चरणमै सीमित बन्यो । पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले आफ्नो व्यक्तिगत समयमा सुधार गरेका थिए । यो स्पर्धामा उनी ११ औं स्थानमा रहे ।

कराते 

पदकको आस गरिएको करातेमा पनि नेपालले राम्रो सुरुआत गर्न सकेन । बिहीबार नेपालका तीनै खेलाडी पराजित भए ।

शुक्रबार कांस्याका लागि भएको खेलमा विप्लभलाल श्रेष्ठ साउदी अरेबियाका टारेग अली एम हामिदीसँग ९-१ ले पराजित भए ।

विप्लभले पहिलो खेलमा ताजकिस्तानका उमेद साफारोभलाई १२-४ ले हराएका थिए । क्वार्टरफाइनलमा किर्गिस्तानका सादिकानोभ अदिलेतसँग ५-१ ले पराजित भए । विप्लभले रिपोचको पहिलो खेलमा बाई पाएपछि कांस्यका लागि भिड्ने पक्का भएको थियो ।

यसैगरी शुक्रबार नै निरुपा तामाङ दोङको यात्रा अन्तिम-१६ मै सिमिति बनेको छ । कुमुतेको महिला ६१ केजी मुनिमा निरुपा बंगलादेशकी हुमइरा अख्तर अन्तरासँग ५-१ ले पराजित भएकी हुन् । नेपालले करातेका केही स्पर्धामा आफ्नो चुनौती पेस गर्न बाँकी नै छ ।

भारोत्तोलनमा विशालसिंह विष्टले राष्ट्रिय कीर्तिमान बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

इ-स्पोर्टसमा नेपालको प्रदर्शन सन्तोषजनक रहे पनि ट्रायथलन र साइक्लिङमा भने खराब प्रदर्शन रह्यो । गल्फ, स्क्वास, लन टेनिस, आर्चरी, फेन्सिङ, टेबल टेनिस, पौडी, रग्बी, बास्केटबल जस्ता खेलमा पनि नेपालको प्रदर्शन जम्न सकेन ।

भारोत्तोलनमा विशालसिंह विष्टले राष्ट्रिय कीर्तिमान बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । अब नेपालले एक स्पर्धामा मात्र आफ्नो चुनौती प्रस्तुत गर्न बाँकी छ ।

डान्स स्पोर्टसकाे ब्रेकिङमा विधामा नेपालका दीपक लामा शुक्रबार पहिलो चरणबाटै बाहिरिए । कुस्तीमा शिवाङ्गी दुवे र सुशिला चन्द पराजित हुँदा क्यानोइङमा गणेश गुरुङले सेमिफाइनल चरणमा स्थान बनाएका छन् ।

याे पनिः

इल्डेफोन्स लिमाः एन्डोरा फुटबलका जिउँदा इतिहास

विश्वकप फुटबल २०२६ छनोट: दोस्रो चरणको लक्ष्यमा नेपाल

‘ब्याडमिन्टनमा विश्व स्टार एसियाकै, नेपालले धेरै गर्न बाँकी’

सिटीलाई लम्कन नदिने आर्सनलको लक्ष्य