पुस १६, २०८२ बिहीबार | २२:२३:४१
एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ
शनिबारको दिन नेपाली फुटबल

विश्वकप फुटबल २०२६ छनोट: दोस्रो चरणको लक्ष्यमा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार दशरथ रंगशालामा लाओसविरुद्ध विश्वकप छनोटको पहिलो चरणमा प्रतिस्पर्धा गर्दै छ । सन् २०२६ मा हुने विश्वकपका लागि नेपालले पहिलो चरणमा लाओसलाई प्रतिस्पर्धी पाएको हो । ‘होम एन्ड अवे’ पद्धतिमा हुने खेलमा विजयी हुँदै नेपालले दोस्रो चरण पुग्ने लक्ष्य राखेको छ ।

नेपाली टोली यतिबेला संक्रमणकालीन अवस्थामा छ । राष्ट्रिय टोलीबाट खेलिरहेका दुई दर्जन बढी खेलाडी अस्ट्रेलिया पुगेका छन् । जसका कारण टोलीका केही खेलाडीबाहेक सबै नयाँ छन् । अधिकांश खेलाडीले भर्खरै डेब्यू गरेका हुन् । त्यस्तै टोली एक्कासी पुस्ता परिवर्तनको चरणमा आइपुगेको छ ।

नेपालका स्ट्राइकर अञ्जन विष्ट लाओसविरुद्धको खेल जित्दै दोस्रो चरण पुग्ने बताउँछन् । ‘निकै राम्रो तयारी भएको छ । सोचेजस्तै राम्रो हुँदै गएको छ,’ अञ्जनले योजना सुनाए, ‘हाम्रो लक्ष्य दोस्रो चरण हो । अट्याकिङ खेल खेल्ने योजना बनाएका छौं ।’

इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २५ सदस्यीय नेपाली टोलीलाई दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा अन्तिम प्रशिक्षण गराइरहेका छन् । खेलाडीको भनाइ सुन्ने हो भने प्रशिक्षण निकै कडा भएको छ र सबै खेलाडीले उत्तिकै मिहिनेत गरिरहेका छन् ।

नेपालका स्ट्राइकर अञ्जन विष्ट लाओसविरुद्धको खेल जित्दै दोस्रो चरण पुग्ने बताउँछन् । ‘निकै राम्रो तयारी भएको छ । सोचेजस्तै राम्रो हुँदै गएको छ,’ अञ्जनले योजना सुनाए, ‘हाम्रो लक्ष्य दोस्रो चरण हो । अट्याकिङ खेल खेल्ने योजना बनाएका छौं ।’

यता प्रशिक्षक भिन्सेन्जो नेपालमा उपलब्ध रहेका खेलाडीबाट नै उत्कृष्ट नतिजा निकाल्ने दाउमा छन् । तर, उनी हालसम्म आफ्नो पहिलो ११ का खेलाडी यिनै हुन् भन्ने अवस्थामा छैनन् । पछिल्ला दुई वर्षमा राष्ट्रिय टोलीबाट खेलेका खेलाडी नेपालमा टिक्नै सकेका छैनन् । एउटा प्रतियोगिता खेलेर अर्काे प्रतियोगिता आइपुग्दा पूरा टोली नै परिवर्तन हुने अवस्था छ ।

‘खेलाडी विदेसिँदा समस्या छ । तर, हाम्रो लक्ष्य दोस्रो चरणमा हो । उपलब्ध खेलाडीबाट घरेलु मैदानमा लाओसलाई हराउन चाहन्छौं,’ प्रशिक्षक भिसेन्जोले भनेका छन् ।

१२ गोल गरेका अञ्जनलाई घरेलु मैदानमा पुनः यो कीर्तिमान बराबर गर्ने अवसर छ ।

नेपालले लाओसविरुद्धको खेल अघि म्यानमारविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै खेललाई तयारीको रूपमा हेरियो । फिफा वरीयता आफूभन्दा माथि रहेको म्यानमारविरुद्ध नेपालको प्रदर्शन सन्तुलित रह्यो । प्रशिक्षक भिन्सेन्जोले पनि यो खेलको प्रदर्शनले लाओसविरुद्ध सहयोग पुग्ने बताएका थिए ।

भदौ २२ मा नेपाल र म्यानमारले गोलरहित बराबरी खेलेका थिए । अञ्जन विष्टले ५९औं मिनेटमा पेनाल्टी चुकाउँदा नेपाल गोलविहीन बनेको थियो । यदि खेलमा गोल गरेको भए अञ्जनले हरि खड्का र नीराजन रायमाझीको नामको १३ गोलको कीर्तिमान बराबरी गर्ने थिए । तर, पेनाल्टीमा चुक्दा उनी त्यो अवसरबाट टाढा रहे ।

१२ गोल गरेका अञ्जनलाई घरेलु मैदानमा पुनः यो कीर्तिमान बराबर गर्ने अवसर छ । ‘फेरि एकपटक अवसर आएको छ । अब भने चुक्ने छैन । घरेलु दर्शकमाझ यो कीर्तिमान बराबरी गर्ने मन छ,’ अञ्जनले मन खोले ।

दोस्रो खेलमा नेपालमा १-० ले पराजित भयो । अन्तिम तीन मिनेट जोगिन नसक्दा नेपाल काउन्टर बलको सिकार भएको हो ।

भिन्सेन्जो आएपछि मात्रै एक वर्षको अन्तरालमा १० खेलाडीले डेब्यू गरिसकेका छन् । ९ खेलाडी डेब्यू तयारी छन् । डेब्यू गरेका मध्ये दीपकराज सिंह ठकुरी पनि अस्ट्रेलिया पुगेका छन् ।

यी दुई खेलबाट तीन खेलाडीले डेब्यू गरेका छन् । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबाट घरेलु लिग खेल्दै आएका जिलेस्पीजंग कार्की र दिनेश हेम्जन तथा जावलाखेल युथबाट खेलेका हिसुब थपलियाले डेब्यू गरेका थिए ।

भिन्सेन्जो आएपछि मात्रै एक वर्षको अन्तरालमा १० खेलाडीले डेब्यू गरिसकेका छन् । ९ खेलाडी डेब्यू तयारी छन् । डेब्यू गरेका मध्ये दीपकराज सिंह ठकुरी पनि अस्ट्रेलिया पुगेका छन् ।

नेपालले पछिल्लो पटक खेलेको ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप हो । यसमा खेलेका एक दर्जन खेलाडी अहिले टोलीमा छैनन् ।

विमल घर्तीमगर, देवेन्द्र तामाङ, विमल पाण्डे, निशान खड्का, नविन लामा, सीमान्त थापा, पुजन उपरकोटी, मणिकुमार लामा, नवयुग श्रेष्ठ र विशाल श्रेष्ठ गरी १० खेलाडी टोलीबाहिर छन् । विमल, निशान, पुजन अस्ट्रेलिया पुगिसकेका छन् ।

आवास, लाकेन, सुदीप, दीप, आशिष र सनिशले १० खेल पनि खेलेका छैनन् । टोलीमा सर्वाधिक अनुभवी कप्तान किरण, रोहित, अनन्त र अञ्जन छन् । किरणले ९१, रोहितले ८४, अञ्जनले ५८ र अनन्तले ५४, मनीषले २४, आयुषले १९ र एरिकले २० खेल खेलेका छन् ।

हाल टोलीमा बोलाइएका २५ मध्ये अनिश देउला, अभिषेक बराल, आशिष गुरुङ, अञ्जन राई, अमृत श्रेष्ठ, छिरिङ लामा, उत्सव राई, कृतिशरत्न छुन्जु र सञ्जिव विष्टसहित ९ खेलाडीले डेब्यू गरेका छैनन् ।

कप्तान किरण चेम्जोङसँगै गोलकिपर दीप कार्की, सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष चौधरी, एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, मनीष डाँगी, अञ्जन विष्ट र आयुष घलान टोलीका अनुभवी खेलाडी हुन् ।

यद्यपि आवास, लाकेन, सुदीप, दीप, आशिष र सनिशले १० खेल पनि खेलेका छैनन् । टोलीमा सर्वाधिक अनुभवी कप्तान किरण, रोहित, अनन्त र अञ्जन छन् । किरणले ९१, रोहितले ८४, अञ्जनले ५८ र अनन्तले ५४, मनीषले २४, आयुषले १९ र एरिकले २० खेल खेलेका छन् ।

नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ खेलाडी पलायनले परिस्थिति नाजुक बनाए पनि युवा खेलाडीलाई मैदान उतार्नुको विकल्प नभएको मान्छन् । ‘निकै कठिन परिस्थित छ । खेलाडी जोगाउन गाह्रो छ । सबैले टोली छाड्दा समस्या छ । तर, जति छन् । त्यसैबाट उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन ।’

कप्तान किरणसँगै रक्षक रोहित चन्द र अट्याकर मनीष डाँगी हाल व्यावसायिक फुटबल खेल्न नेपालबाहिर छन् ।

कप्तान किरणसँगै रक्षक रोहित चन्द र अट्याकर मनीष डाँगी हाल व्यावसायिक फुटबल खेल्न नेपालबाहिर छन् ।

यसअघि राष्ट्रिय टोलीबाट खेलिसकेका सुजल श्रेष्ठ, विशाल राई, तेज तामाङ, अभिषेक रिजाल, आशिष लामा, दर्शन गुरुङ, सन्तोष तामाङ, हेमन गुरुङ, सुमन अर्याल, शिव गुरुङ, आकाश बुढामगर, नवीन गुरुङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, नितिन थापा, रेजिन धिमाल, आकाश बुढामगर, राजन गुरुङ, सुनिल बल, सरोज दाहाल, नीरकुमार राई, कमल थापा, हेमन गुरुङ, हेमन्त रानामगर, राजेन्द्र रावल, रितिक खड्का, मिक्छेन तामाङ, एलन न्यौपाने, सुमन लामा, विमल राना, विमल बस्नेत, रविशंकर पासवान अस्ट्रेलिया पुगेका छन् । 

याे पनिः

इल्डेफोन्स लिमाः एन्डोरा फुटबलका जिउँदा इतिहास

‘ब्याडमिन्टनमा विश्व स्टार एसियाकै, नेपालले धेरै गर्न बाँकी’

कांस्य पदकमा खुम्चिएको हाङझाउ यात्रा

सिटीलाई लम्कन नदिने आर्सनलको लक्ष्य