इङ्लिस प्रिमियर लिग

सिटीलाई लम्कन नदिने आर्सनलको लक्ष्य

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार आर्सनल र म्यानचेस्टर सिटी आमनेसामने हुँदै छन् । गत सिजन उपाधिका लागि प्रतिस्पर्धा गरेका यी टिम यसपालि सिजनको सुरुमै भिड्न लागेका हुन् । यही सप्ताहन्त म्यानचेस्टर युनाइटेडले बे्रन्टफोर्डलाई ओल्ड ट्राफोर्डमा स्वागत गर्दै छ । 

गत साता विवादास्पद खेलमा लिभरपुललाई पराजित गरेको टोटनहम लुटन सहर पुग्नेछ । लुटन टाउन एफसीविरुद्धको खेल जिते टोटनहमले शीर्षस्थान कब्जा जमाउने सम्भावना बलियो हुनेछ । टोटनहमसँगको पराजयले निराश बनेको लिभरपुल भने ब्राइटनसँग भिड्ने छ ।

आर्सनलको उपाधि लक्ष्य पूरा नहुनुमा सिटीसँगको पराजय पनि एक कारण बन्यो । आर्सनलले सिटीविरुद्धका दुवै खेल गुमाएको थियो । खासमा आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले हालसम्म पेप ग्वार्डिओलालाई हराउन सकेका छैनन् ।

गत सिजन लगभग उत्तर्राद्धसम्मै आर्सनलले उपाधि दौडमा बलियो दाबेदारी प्रस्तुत गरेको थियो । तर, पुछारका केही खेलमा सोचेजस्तो नतिजा नआएपछि आर्सनलको सन् २००४ पछि पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा पूर्णविराम लागेको हो ।

आर्सनलको उपाधि लक्ष्य पूरा नहुनुमा सिटीसँगको पराजय पनि एक कारण बन्यो । आर्सनलले सिटीविरुद्धका दुवै खेल गुमाएको थियो । खासमा आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले हालसम्म पेप ग्वार्डिओलालाई हराउन सकेका छैनन् ।

कुनै समय सिटीमा ग्वार्डिओलाका सहायक रहेका आर्टेटा पूर्व बार्सिलोना प्रशिक्षकविरुद्धका सात लिग खेलमा एक जित पनि हात पार्न सकेका छैनन् ।  

यसपालि भने स्वाभाविक रूपमा आर्सनलले सिटीलाई पछि पार्ने अठोट लिएको छ । खेलाडी सरुवा बजारमा पनि यी दुई टिमबीच प्रतिस्पर्धा चलेको थियो । विशेषतः डेक्लन राइसलाई अनुबन्ध गर्ने मामलामा । तर अन्ततः राइस आर्सनलका खेलाडी बनेका थिए, जो आर्सनलका लागि महत्त्वपूर्ण साबित भइरहेका छन् ।

शनिबार खेल जित्नेगरी आर्सनल घरेलु मैदानमा उत्रिने छ । जित हात पारे आर्सनलले सिटीसँग एक अंकको दूरी स्थापना गर्नेछ । हाल सिटीसँग १८ र आर्सनलसँग १७ अंक छ । यद्यपि आर्सनलका लागि यो लक्ष्य पूरा गर्न सजिलो छैन । किनभने आर्सनलसँग मुख्य फरवार्ड बुकायो साका हुने छैनन् । आर्सनलबाट लगातार ८७ खेल खेलेका विंगर साका च्याम्पियन्स लिगमा लेन्ससँगको खेलमा घाइते भएका थिए ।

सहरी प्रतिद्वन्द्वी सिटी सिजनको सुरुवातबाटै उपाधि दौडमा रहँदा युनाइटेड भने खराब लयमा छ । लिगका पछिल्ला पाँच खेलमध्ये तीनमा पराजय भोगेको युनाइटेड सम्हालिन चाहन्छ । र, यसका लागि बे्रन्टफोर्डसँगको खेललाई युनाइटेड अवसरका रूपमा परिणत गर्ने दाउमा छ ।

उता सिटीले भने रोड्रीलाई खेलाउन पाउने छैन । नटिङ्हम फरेस्टविरुद्धको खेलमा रातो कार्ड पाएका रोड्रीलाई तीन खेलको प्रतिबन्ध लगाइएको छ । उनको अनुपस्थितिमा सिटीको मिडफिल्ड केही कमजोर बनेको छ । यही साताको मध्यमा आरबी लाइप्जिगलाई हराएको सिटीले त्यसअघि लिगमा उल्भरह्याम्पटनसँग पराजय भोगेको थियो । उता लिग कपको खेलमा पनि सिटीलाई न्युकासल युनाइटेडले स्तब्ध बनाएको थियो । यस्तोमा शीर्षस्थानको सिटी आर्सनललाई हराउँदै उपाधि दौडमा सुरुवाती अग्रता स्थापित गर्ने दाउमा छ ।  

सहरी प्रतिद्वन्द्वी सिटी सिजनको सुरुवातबाटै उपाधि दौडमा रहँदा युनाइटेड भने खराब लयमा छ । लिगका पछिल्ला पाँच खेलमध्ये तीनमा पराजय भोगेको युनाइटेड सम्हालिन चाहन्छ । र, यसका लागि बे्रन्टफोर्डसँगको खेललाई युनाइटेड अवसरका रूपमा परिणत गर्ने दाउमा छ ।

यदि ब्रेन्टफोर्ड विजयी भए युनाइटेडका लागि यो ओल्ड ट्राफोर्डमा भोगेको लगातार तेस्रो हार हुनेछ । युनाइटेड च्याम्पियन्स लिगको खेलमा गालाटासारे र लिगमा क्रिस्टल प्यालेससँग निराश बनेको थियो ।

एरिक टेन हागको प्रशिक्षणमा युनाइटेडले गत सिजन तेस्रो स्थान हात पारेको थियो । यसपल्ट युनाइटेडले लिगमा इतिहासकै खराब सुरुवात गरेको छ । सुरुका सातमध्ये ४ खेल हारेको युनाइटेड शीर्ष चारबाट ७ अंकले पछि परिसकेको छ ।

ब्रेन्टफोर्ड युनाइटेडका लागि सजिलो विपक्षी हुने छैन । किनभने गत सिजन युनाइटेडलाई ब्रेन्टफोर्डले ४–० ले स्तब्ध बनाएको थियो । त्यो जित बे्रन्टफोर्डका लागि ऐतिहासिक थियो । किनभने सन् १९३८ यता ब्रेन्टफोर्डले युनाइटेडलाई पराजित गर्न सकेकै थिएन ।

युनाइटेड किन यत्तिको खराब लयमा छ ? कारण बग्रेल्ती छन् । तर, तीमध्ये एउटा कारण हो खराब रक्षापंक्ति । गोलरक्षक आन्द्रे ओनाना लगातार गल्ती गरिरहेका छन् भने रक्षकहरूको प्रदर्शन चित्तबुझ्दो छैन । जसकारण १० औं स्थानको युनाइटेडले ११ गोल खाइसकेको छ ।

लुइस डियाजले गरेको गोललाई भीएआरले मान्यता नदिएपछि टोटनहमको मैदानमा भएको खेल विवादित बनेको थियो । लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले त यो खेल फेरि खेलाइनुपर्ने माग पनि राखेको छन् । 

उसो त अग्रपंक्तिका मार्कस रासफोर्ड जस्ता खेलाडीले पनि स्तरअनुसार खेल देखाउन सकेका छैनन् । युनाइटेडले ७ खेलमा ७ गोलमात्र गर्न सकेको छ । गत सिजन ३० गोल गरेका रासफोर्डको नाममा यसपटक जम्मा एक गोल छ ।

टोटनहमसँगको खेलमा भीएआरले गल्ती गरेपछि लिभरपुल समर्थक आक्रोशित बनेका थिए । लुइस डियाजले गरेको गोललाई भीएआरले मान्यता नदिएपछि टोटनहमको मैदानमा भएको खेल विवादित बनेको थियो । लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले त यो खेल फेरि खेलाइनुपर्ने माग पनि राखेको छन् । तर, लिभरपुल र टोटनहमबीचको यो खेल फेरि खेलाइने सम्भावना छैन । यस्तोमा लिभरपुल अब ब्राइटनसँगको खेलमा केन्द्रित छ ।

गत सिजन असाध्यै खराब सुरुवात गरेको लिभरपुल यसपालि भने बलियो लयमा छ । टोटनहमसँग पराजित हुनुअघि लिभरपुलले लगातार ५ खेलमा जित हात पारेको थियो । अब ब्राइटनलाई हराएर लिभरपुल सिटीमाथि दबाब बढाउने दाउमा छ ।

उता ब्राइटन पनि लयमा छ । चौथो स्थानको लिभरपुलभन्दा एक अंक कम बटुलेको ब्राइटनले पछिल्लो साता भने एस्टन भिल्लासँग ६–१ को पराजय भोगेको थियो । त्यसअघि युनाइटेड र न्युकासल जस्ता टिमलाई पन्छाएको ब्राइटनले लिभरपुललाई बलियो चुनौती पेस गर्ने अनुमान छ ।

युरोपा लिगका कारण आफ्नो टिम यो सिजन फरक परिस्थितिमा रहेको जेर्बीको भनाइ छ । विगतभन्दा बढी खेल संख्या, त्यसमाथि खेलाडीको चोटका कारण यो सिजन खराब पनि हुनसक्ने सम्भावना छ ।  

रोबर्टो डे जेर्बीको प्रशिक्षणमा ब्राइटन प्रिमियर लिगमा स्थिर टिमका रूपमा स्थापित छ । गत सिजन छैटौं स्थान प्राप्त गरेकाले ब्राइटनले यो सिजन युरोपेली प्रतियोगितामा पनि छ । यद्यपि युरोपा लिगमा ब्राइटनको डेब्यू सम्झनलायकको हुन सकेको छैन । पहिलो खेलमा एइके एथेन्ससँग हारेको ब्राइटनले बिहीबार राति मार्सेसँग बराबरी खेलेको थियो ।

युरोपा लिगका कारण आफ्नो टिम यो सिजन फरक परिस्थितिमा रहेको जेर्बीको भनाइ छ । विगतभन्दा बढी खेल संख्या, त्यसमाथि खेलाडीको चोटका कारण यो सिजन खराब पनि हुनसक्ने सम्भावना छ ।  

याे पनिः

इल्डेफोन्स लिमाः एन्डोरा फुटबलका जिउँदा इतिहास

विश्वकप फुटबल २०२६ छनोट: दोस्रो चरणको लक्ष्यमा नेपाल

‘ब्याडमिन्टनमा विश्व स्टार एसियाकै, नेपालले धेरै गर्न बाँकी’

कांस्य पदकमा खुम्चिएको हाङझाउ यात्रा