नेपाली ब्याडमिन्टन

‘ब्याडमिन्टनमा विश्व स्टार एसियाकै, नेपालले धेरै गर्न बाँकी’

काठमाडौं । चीनको हाङचउमा यसपालि ब्याडमिन्टनमा आठ नेपाली खेलाडीले देशको प्रतिनिधित्व गरेका थिए । अहिलेसम्म पदकविहीन ब्याडमिन्टनमा यसपालि १९ औं संस्करणमा केही आस गर्ने ठाउँ थिए । जुनियर वरीयतामा विश्व नम्बर एक बनिसकेका प्रिन्स दाहाल, जुयिनरको डबल्सतर्फ सातौं नम्बरमा रहेकी रसिला महर्जन जस्ता खेलाडीमाथि सबैको नजर थियो । सबै युवा खेलाडीमाथि आस थियो । पदक नै नभए पनि विगतका संस्करणभन्दा यसपालि सुधारिएको प्रदर्शन गर्ने आसमा थिए समर्थकहरू ।

समर्थकहरूले ब्याडमिन्टनबाट जे अपेक्षा गरे, त्यो त पाउन सकेनन् नै । कुनै पनि विधामा नेपाली खेलाडी दोस्रो चरणभन्दा अगाडि पनि बढ्न सकेनन् । पहिलो चरणको जित पनि तुलनात्मक रूपमा आफूभन्दा निकै कमजोर देशमाथि हासिल गरेको सफलता थियो । एसियाली खेलकुदको कुम्भमेला भोलि आइतबारदेखि औपचारिक रूपमा तीन वर्षका लागि बिदा हुँदै छ । यसको मतलब नेपालले पदक जित्ने तयारी गर्ने हो भने आजैबाट तीन वर्षको पूरा प्रशिक्षण समय हुनेछ । तर, व्यवहारिक रूपमा यो तबमात्र सम्भव छ, जब खेलाडीहरू नियामक निकायको प्राथमिकतामा पर्छन् ।

हाङचउ एसियाली खेलकुदमा अक्टोबर १ अर्थात नवौं दिन ब्याडमिन्टन चौथो दिनमा दौडिरहेको थियो । उक्त दिन महिला टिम इभेन्ट र पुरुष टिम इभेन्टको फाइनल हुँदै थियो । यी प्रतिस्पर्धामा नेपाली महिला टोली पहिलो चरणबाटै बाहिरिएको थियो भने पुरुष टोलीले दोस्रो चरणमा हार बेहोरेको थियो ।

हाङचउ एसियाली खेलकुदमा अक्टोबर १ अर्थात नवौं दिन ब्याडमिन्टन चौथो दिनमा दौडिरहेको थियो । उक्त दिन महिला टिम इभेन्ट र पुरुष टिम इभेन्टको फाइनल हुँदै थियो । यी प्रतिस्पर्धामा नेपाली महिला टोली पहिलो चरणबाटै बाहिरिएको थियो भने पुरुष टोलीले दोस्रो चरणमा हार बेहोरेको थियो ।

यही सेरोफेरोमा ‘खेलाडी डटकम’ले आफ्नो टक शो, खेलाडी टक्समा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलाई अतिथिका रूपमा निम्तो गरेको थियो । निम्तो स्वीकार्दै एसियाली खेलकुद र समग्र ब्याडमिन्टनको कुरा राख्न श्रेष्ठ खेलाडी डटकमको मुख्यालय आइपुगे ।

एसियाली खेलकुद चलिरहँदा अन्तर्वार्ता दिइरहेका श्रेष्ठ अनुमानित प्रश्नको जवाफ दिन तयारी अवस्थामै थिए । एसियाली खेलकुदमा ब्याडमिन्टनतर्फ किन उत्साहजनक समाचार नआएको ? पदकका समाचार खोइ ? प्रश्नहरू गम्भीर थिए । तर, श्रेष्ठले ती प्रश्नलाई सहज ढंगले प्रतिवाद गरे ।  

‘ब्याडमिन्टन खेलको पावरहाउस भनेको एसिया नै हो । तर, नेपाललाई पदक जित्न गाह्रो छ । एसियाली खेलकुदमा नेपालले ब्याडमिन्टनमा पदक जित्नु भनेको कोसेढुंगा नै हो । हाम्रा खेलाडीका लागि यो एउटा टाढाको विषय हो । तर, हाम्रो खेलाडीको प्रदर्शन राम्रो छ । पछिल्ला तीन संस्करण, पुरुष टिम इभेन्टमा हामी पाँचौं हुन सफल भएका छांैं । यसपालि पनि हामी मंगोलियालाई हराएर क्वाटरफाइनल पुग्यौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘हामी पाँचौं भयौं । यसको अर्थ हामीले धेरै गयौं भन्न खोजेको पटक्कै होइन । धेरै गर्न बाँकी छ ।’

अध्यक्षले भनेजस्तै भयो । ब्याडमिन्टनका सबै स्पर्धामा नेपाली खेलाडी बढीमा दोस्रो चरणसम्म मात्र पुगे । बाँकीको यात्रा पहिलो चरणमा समेटिएको थियो । ब्याडमिन्टनमा बुधबारै नेपाली खेलाडीको चुनौती सकिएको  थियो । आस गरिएका प्रिन्स दाहाल पुरुष सिंगल्समा पहिलो खेलमै पराजित भए । 

अध्यक्षले भनेजस्तै भयो । ब्याडमिन्टनका सबै स्पर्धामा नेपाली खेलाडी बढीमा दोस्रो चरणसम्म मात्र पुगे । बाँकीको यात्रा पहिलो चरणमा समेटिएको थियो । ब्याडमिन्टनमा बुधबारै नेपाली खेलाडीको चुनौती सकिएको  थियो । आस गरिएका प्रिन्स दाहाल पुरुष सिंगल्समा पहिलो खेलमै पराजित भए । अर्की उदीयमान युवा खेलाडी रसिला महर्जन पनि महिला सिंगल्सको अन्तिम १६ मा पराजित हुन पुगिन् ।

‘प्रतिस्पर्धीहरू स्तरका हिसाबले हेर्ने हो भने निकै अगाडि थिए । प्रशिक्षण होस् या खेल कौशलताको हिसाबले । उनीहरू मभन्दा अगाडि नै थिए । अझ प्रिक्वाटरफाइनलको प्रतिस्पर्धी त झन् विश्व नम्बर ५ थिइन्,’ रसिलाले बिहीबार दुखेसो पोखिन्, ‘हाम्रो र उनीहरूको तुलना नै गर्न मिल्दैन । प्रशिक्षण, डाइट र अन्य कुरामा उनीहरू अगाडि छन् । एसियाली खेलकुदकै लागि भनेर उनीहरू चार वर्षयता प्रशिक्षणमा थिए । हाम्रो भने प्रतियोगिताका लागि जम्मा २–३ महिना प्रशिक्षण हुन्छ । आउने दिनमा संघले प्रशिक्षणमा ध्यान दिओस्, हामी अर्को वर्ष हुने ओलम्पिकमा सहभागी हुन सक्छौं ।’

रसिलाले भनेका कुराले नेपालको वास्तविकता चित्रण गर्छ । नेपाल कता चुकिरहेको छ त ? तुलनात्मक रूपमा हामी किन यति धेरै कमजोर भयौं ? ब्याडमिन्टन संघको भूमिका के हो ?

अध्यक्ष श्रेष्ठ भन्छन्, ‘अन्य देशभन्दा हामी निकै पछाडि छौं । तर, ब्याडमिन्टन खेल विकासका लागि संघ एक्लैले गरेर सकिँदैन । हामीले बुझाउन नसकेको धु्रवसत्य कुरा के हो भन्दा कुनै पनि खेल विकास गर्न एउटा संघ, एउटा खेलाडीले मात्र सक्ने होइन । सरकार आउनै पर्छ । हामी जित्नै सक्दैनौं भनेको होइन । तर, यसका लागि समय लाग्छ । सरकारले यसमा लगानी गर्नुपर्यो । खेलाडीलाई ६–७ वर्षदेखि नै ग्रुम गर्नुपर्छ ।’

 आर्थिक भार बहन गर्न नसकेका कारण प्रफुल जस्ता खेलाडीहरू ब्याडमिन्टनभन्दा बाहेक पनि सोच्न बाध्य छन् । एनबीए पुरुष वरीयताको शीर्ष पाँचभित्र रहेका प्रफुल आफैं भन्छन्, ‘आर्थिक रूपमा अलि गाह्रो भएर मैले काम गर्न थालें, त्यसैले ब्याडमिन्टनलाई समय नै दिन सकिनँ ।’

‘ब्याडमिन्टन विकास गर्न त्यति सजिलो छैन । पूर्वाधारदेखि लिएर सटल कक त्यति महँगो छ । खेलाडीहरूले पनि फ्रीसँग खेल्न पाउनुपर्यो नि । प्रिन्स दाहालको नतिजा अरूभन्दा राम्रो छ किनभने उसले फ्रीसँग खेल्न पाइरहेको छ । अरू खेलाडीले त्यसरी स्वतन्त्र रूपमा खेल्न पाएका छैनन् । उदाहरण भन्दा प्रफुल महर्जनलाई नै हेरौं न । प्रफुल र प्रिन्स एउटै स्ट्यान्डर्डका खेलाडी हुन् । तर, प्रफुलले प्रिन्सजस्तो स्वतन्त्र भएर खेल्न पाएका छैनन् ।’

श्रेष्ठले भनेका यी कुराहरु केही हदसम्म अर्थहिन भने होइन । आर्थिक भार बहन गर्न नसकेका कारण प्रफुल जस्ता खेलाडीहरू ब्याडमिन्टनभन्दा बाहेक पनि सोच्न बाध्य छन् । एनबीए पुरुष वरीयताको शीर्ष पाँचभित्र रहेका प्रफुल आफैं भन्छन्, ‘आर्थिक रूपमा अलि गाह्रो भएर मैले काम गर्न थालें, त्यसैले ब्याडमिन्टनलाई समय नै दिन सकिनँ ।’

प्रफुलले केही समय धापाखेलको जेम्स स्कुलमा सहायक प्रशिक्षकका रूपमा काम गरेका थिए । प्रफुलबाहेक आफ्नो भविष्य सुनिश्चित गर्नकै लागि एनबीए वरीयताको शीर्ष पाँचमध्ये दुई विदेश पलायन भइसकेका छन् ।

यी कथाहरू आफ्नै वरिवरि हुँदा पनि संघ र सरकार मौन छन् । आफ्ना दिनमा कीर्तिमानी सातपटक राष्ट्रिय च्याम्पियन श्रेष्ठ अध्यक्षको कुर्सीमा बसेको पनि सात वर्षभन्दा बढी भइसक्यो । २०७२ सालमा अध्यक्ष भएयता विवादित बनेका श्रेष्ठ आर्थिक अपचलनको आरोपबाट टाढा रहन सकेनन् । श्रेष्ठमाथि एकलौटी रूपमा संघ चलाएको आरोप लाग्दै आएको छ । संघलाई प्रजातान्त्रिक रूपमा नचलाएको, विधि–विधानको अवहेलना गरेको संगीन आरोप श्रेष्ठमाथि छ । तर, उनको कार्यकालमा ब्याडमिन्टन विकासका काम नै नभएको भने होइन । उनकै कार्यकालमा प्रिन्स यु–१९ विश्व नम्बर एक खेलाडी बन्न सफल भएको हो । यो अभिव्यक्ति उनी आफैंले भनेका हुन् ।

अबको एक महिनाभित्र संघ निर्वाचनमा होमिँदै छ । नेपाललाई योभन्दा पनि बढी अन्तर्राष्ट्रिय स्तरमा लैजान प्रतिबद्ध श्रेष्ठ फेरि अर्को कार्यकाल अध्यक्ष बन्ने मुडमा छन् । निर्माणाधीन कभर्डहल तयार गर्ने, ८ देखि १२ वटासम्म कोर्ट रहने गरी हल तयार गर्ने, खेलाडीहरूको स्तरमा काम गर्ने उनको मुख्य एजेन्डा हुन् ।

अबको एक महिनाभित्र संघ निर्वाचनमा होमिँदै छ । नेपाललाई योभन्दा पनि बढी अन्तर्राष्ट्रिय स्तरमा लैजान प्रतिबद्ध श्रेष्ठ फेरि अर्को कार्यकाल अध्यक्ष बन्ने मुडमा छन् । निर्माणाधीन कभर्डहल तयार गर्ने, ८ देखि १२ वटासम्म कोर्ट रहने गरी हल तयार गर्ने, खेलाडीहरूको स्तरमा काम गर्ने उनको मुख्य एजेन्डा हुन् । साथै उनले भनेका छन्, ‘अर्को एसियाडमा ब्याडमिन्टनलाई मेडल जित्ने स्थितिसम्म पुर्याउँछौं ।’

नेतृत्वमा जो कोही आए पनि नेपाली ब्याडमिन्टन एउटा नयाँ बिहानीको खोजीमा छ । प्रतिभावान खेलाडीहरू तयार छन् देशका लागि पदक ल्याउन । ब्याडमिन्टनको आगामी दिन सफल रहोस् । सहभागितामा मात्र सीमित नरहोस् नेपाली ब्याडमिन्टन ।


 याे पनिः

इल्डेफोन्स लिमाः एन्डोरा फुटबलका जिउँदा इतिहास

विश्वकप फुटबल २०२६ छनोट: दोस्रो चरणको लक्ष्यमा नेपाल

कांस्य पदकमा खुम्चिएको हाङझाउ यात्रा

सिटीलाई लम्कन नदिने आर्सनलको लक्ष्य