मंसिर २७, २०८१ बिहीबार | १७:३७:३१
मैत्रीपूर्ण खेलमा बालेनको गोल युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं मैत्रीपूर्ण खेलमा बालेनको गोल युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं
शनिबारको दिन नेपाली क्रिकेट

निराशाजनक क्यानाडा र अमेरिका भ्रमण

काठमाडौं । क्यानाडा र अमेरिका भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । अमेरिका र क्यानाडामा रहँदा नेपालले आइसिसी विश्वकप क्रिकेट लिग-२ का दुई त्रिकोणात्मक एकदिवसीय शृंखला, एक त्रिकोणात्मक ट्वान्टी-२० शृंखला र अमेरिकासँग तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो ।

गत भदौ २५ गते क्यानाडा प्रस्थान गर्दा नेपाली क्रिकेट खेलाडीहरू निकै उत्साहित थिए । लिग-२ अन्तर्गत घरेलु टोली क्यानाडा र ओमानसँगको शृंखलामा नेपालको लक्ष्य उत्कृष्ट प्रदर्शन गर्दै बढीभन्दा बढी अंक बटुल्नु थियो । तर, शृंखलामा नेपालको प्रदर्शन निकै खराब रह्यो । शृंखलाका चारमध्ये तीन खेलमा पराजय बेहोरेको नेपालले वर्षा बाधक बन्दा एक खेलमा अंक बाँडेको थियो ।

क्यानाडा शृंखलामा भन्दा अमेरिकामा केही सुधारिएको प्रदर्शन गरे पनि त्यो नेपालको स्वाभाविक लयअनुसार थिएन ।

क्यानाडा भ्रमणलगत्तै नेपाल अमेरिका पुगेको थियो । त्यहाँ नेपालले घरेलु टोली अमेरिकासँगै स्कटल्यान्डको सामना गरेको हो । अमेरिका शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व प्रशिक्षक पुबुदु दासानायकेलाई मेन्टरको रूपमा नियुक्त गरेको थियो । अमेरिकाको अवस्थाबारे राम्रोसँग जानकार दासानायकेको आगमनपछि नेपाली टोलीको प्रदर्शनमा परिवर्तन आउने अपेक्षा गरिएको थियो । तर, उनको आगमन खासै प्रभावकारी देखिएन ।

स्कटल्यान्डविरुद्ध विकेट लिएपछि खुसियाली मनाउँदै नेपाली खेलाडी, तस्विरः क्यान । 

क्यानाडा शृंखलामा भन्दा अमेरिकामा केही सुधारिएको प्रदर्शन गरे पनि त्यो नेपालको स्वाभाविक लयअनुसार थिएन । अमेरिकामा त्रिकोणात्मक शृंखलाका ४ खेल खेल्दा नेपालले २ हार र एक जितको नतिजा निकाल्यो भने एक खेल रद्द भएको थियो ।

चार नेपाली खेलाडीले पाँच अर्धशतक प्रहार गरेका थिए । अनिल साहको नाममा दुई, कप्तान रोहितकुमार पौडेल, आसिफ शेख र आरिफ शेखको नाममा समान एक अर्धशतक रह्यो । कप्तान रोहितले ९६ रन बनाउनु नै नेपालका लागि व्यक्तिगत उच्च प्रदर्शन रह्यो ।

बलिङमा भने नेपालको प्रदर्शन केही कमजोर देखियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६ विकेट लिए । नेपाली टोलीका रोहितकुमार पौडेल पनि क्यानाडा र अमेरिकामा सोचेअनुसार प्रदर्शन हुन नसकेको स्वीकार्छन् । ‘क्यानाडा र अमेरिकामा हामीले सोचेअनुसार प्रदर्शन गर्न सकेनौं । पछिल्लो समयमा ट्वान्टी-२० मा बढी केन्द्रित हुँदा एकदिवसीयमा केही समस्या देखिएको छ । तर यसो भन्दैमा पन्छिन मिल्दैन । हारको जिम्मेवारी लिनुपर्छ,’ रोहितले भने, ‘क्यानाडामा भन्दा अमेरिकामा राम्रो प्रदर्शन भयो तर सुर्धानुपर्ने धेरै कुरा छन् ।’

टोलीले सुरुआती तीन शृंखलामा १२ खेल खेल्दा मात्र दुई जित निकाल्न सकेको छ । 

कप्तान रोहित अब एकदिवसीयमै केन्द्रित हुनुपर्ने बताउँछन् । ‘ब्याटरले पनि आफूलाई एकदिवसीयका लागि तयार पार्नुपर्छ । सुरुआती तीन शृंखलामा राम्रो प्रदर्शन नहुँदा केही दबाब बढेको छ । अघिल्लो संस्करणमा पनि हामीले अत्यतिर उत्कृष्ट प्रदर्शन गरेका थियौं । त्यसैले आस अझै मरिसकेको छैन । अब बाँकी खेलमा केन्द्रित हुनुपर्छ । अब बढीभन्दा बढी एकदिवसीय खेल खेल्नुपर्छ,’ रोहितले थपे ।

अमेरिकाविरुद्ध ब्याटिङ गर्दै रोहितकुमार पौडेल, तस्विरः क्यान । 

नेपाली टोलीका सल्लाहकार प्रशिक्षक जगत टमाटा पनि क्यानाडा र अमेरिकाको कन्डिसनमा खेल्न नसकेको बताउँछन् ।  ‘विशेष गरी क्यानाडामा बढी गाह्रो भयो । हामीले त्यहाँको कन्डिसनलाई बुझ्नै सकेनौं । ब्याटरको प्रदर्शन सोचेअनुसार हुन सकेन,’ टमाटाले भने, ‘यता अमेरिकाको घाँसे पिचमा खेल्न पनि चुनौती थियो । तर, खेलाडीले भइसकेपछि परिस्थितिअनुसार आफूलाई तयार पार्नुपर्छ । क्यानडाको तुलनामा उत्कृष्ट प्रदर्शन गरे पनि नतिजा भने हाम्रो पक्षमा आएन । यस शृंखलाबाट हामीले धेरै कुरा सिक्ने अवसर पाएका छौं । त्यसलाई आगामी खेलमा लागू गर्नुपर्छ ।’

अघिल्लो संस्करणमा अन्त्यतिर उत्कृष्ट प्रदर्शन गर्दै मुस्किलले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको नेपाल अहिले खराब लयबाट गुज्रिइरहेको छ । टोलीले सुरुआती तीन शृंखलामा १२ खेल खेल्दा मात्र दुई जित निकाल्न सकेको छ ।  नेपालले ८ हार बेहोर्दा २ खेलमा अंक बाँडेको छ । नेपाल ५ अंक जोेड्दै तालिकामा सातौं स्थानमा छ । नेपालभन्दा पछि युएईमात्र छ । 

नेपाल र अमेरिकाबीचको खेलमा टस हुँदै, तस्विरः क्यान ।