चैत्र १४, २०८२ शनिबार | ०५:२७:५५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

खेलाडी


खेलाडीका लेखहरु

साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा चैत्र १३, २०८२

मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भुटानलाई जित दिलाउन धेनडुप ग्याल्सेनले निर्णायक गोल गरे । गोलरहित बराबरीसँगै श्रीलंकाले सेमिफाइनलमा आफ्नो एक पाइला अगाडि सारिसकेको थियो । तर, धेनडुपले थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै श्रीलंकालाई स्तब्ध बनाए ।

विशालको ५ विकेटमा मधेशको जित चैत्र १३, २०८२

जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा मधेशले लुम्बिनीलाई २५ रनले पराजित गर्यो । मधेशले दिएको १२५ रनको सामान्य लक्ष्य पछ्याएको मधेश २६ ओभरमा ९९ रनमा अलआउट भयो ।

हेमन्तको ४ विकेट, कोशीको अर्को हार चैत्र १३, २०८२

धानमन्त्री पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्ने क्रममा कोशी सुदूरपश्चिमसँग ७ विकेटले पराजित भएको हो । १३१ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १९ दशमलब ५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

पिएसएल : कराँची र क्वेटा खेल्दै चैत्र १३, २०८२

शुक्रबारको खेलमा कराँची किंग्स तथा क्वेटा ग्लाडियटर्सबीच नेपाली समय अनुसार शुक्रबार बेलुका ७ः४५ बाट सुरु हुनेछ । गत संस्करणको फाइनलमा लाहोर कलन्दर्ससँग अन्तिम बलमा पराजित हुदै उपविजेतामा सिमित क्वेटा जितका साथ यस सिजनको सुरुवात गर्न चाहन्छ । पुर्व च्याम्पियन कराँची पनि जितका साथ लिगको सुरुवात गर्ने लक्ष्यमा छ ।

खेलकुद मन्त्रीमा सस्मित नियुक्त चैत्र १३, २०८२

सस्मितले शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका हुन् । उनले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई चैत्र १३, २०८२

राखेपले निलम्बन गरेपछि एन्फा नेतृत्व आज जसरी पनि साधारणसभा गर्ने तयारीमा थियो । तर, सरकारले प्रहरी नै परिचालन गर्ने संकेत पाएपछि एन्फाले अघिल्लो रात मात्रै साधारणसभा स्थगित गरेको छ ।

अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई चैत्र १३, २०८२

राखेपले निलम्बन गरेपछि एन्फा नेतृत्व आज जसरी पनि साधारणसभा गर्ने तयारीमा थियो । तर, सरकारले प्रहरी नै परिचालन गर्ने संकेत पाएपछि एन्फाले अघिल्लो रात मात्रै साधारणसभा स्थगित गरेको छ ।

हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट चैत्र १३, २०८२

विरगञ्जको टिबी साह क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको कोशीले ४३ दशमलब ४ ओभरमा १३० मा अलआउट भयो ।

मधेश १२४ रनमै अलआउट चैत्र १३, २०८२

टस जितेर पहिले ब्याटिङ गरेको मधेश ३८ दशमलब १ ओभरमा १२४ रनमा अल आउट भएको हो ।

बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ चैत्र १३, २०८२

शुक्रबार झापाको धुलाबारीमा भएको भेलामा बोल्दै अध्यक्ष नेम्वाङले भने, ‘राखेपले जुन निलम्बन गरेको छ । बिता सर्त तत्कालन फुकुवा गर्नुपर्छ ।’ राखेपले बुधबार एन्फामाथि आगामी तीन महिनाको लागि निलम्बन गरेको छ ।

हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई चैत्र १३, २०८२

शुक्रबार झापामा भएको भेलामा बोल्दै उनले भने, ‘राखेपले निलम्बन गरेपछि निर्वाचन नहुने भएको छ । अब हामी वैधानिक रहेनौं,’ उनले भने, ‘ यदि हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने जति बेला पनि हट्न तयार छौं ।’ एन्फाले आज (चैत १३) गते झापामा चुनावी साधारणसभा गर्दै थियो । तर, राखेपले बुधबार एन्फालाई तीन महिनाको लागि निलम्बन गरेको छ ।

आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक चैत्र १३, २०८२

बोर्ड अफ क्रिकेट काउन्सिल इन इण्डिया(बिसिसिआई) ले बिहीबार आइपिएलको दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो ।

पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर चैत्र १३, २०८२

शुक्रबार लुम्बिनी र मधेश प्रदेशबीचको खेल जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा हुदैछ । दुवै टोलीको यो तेस्रो खेल हो । दुवै टोली समान ३ अंकमा रहेका छन् । पहिलो खेलमा अंक बाडेका दुवै टोलीले दोस्रो खेलमा भने जित हात पारेका थिए ।

डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात चैत्र १३, २०८२

लाहोरले बिहिबार भएको लिगको उद्घाटन खेलमा नवप्रवेशी टोली हैदराबाद किंग्सम्यानलाई ६९ रनको फराकिलो अन्तरले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको लाहोरले २० ओभरमा ६ विकेट गुमाएर १९९ रनको योगफल तयार गरेको थियो ।

एन्फा ‘अर्ली इलेक्सन’ स्थगित चैत्र १२, २०८२

एन्फाले पत्रमा एन्फा, फिफा र एएफसीको विधानअनुसार चुनाव वैधानिक भएको, एन्फा आफैमा स्वायत्त संस्था भएकोले राखेपलाई चुनाव रोक्न निर्देशन दिने अधिकार नरहेको, एन्फाले राखेपलाई बेवास्था नगरेको, अदालतले चुनाव रोक्नु पर्ने कारण नरहेको आदेश जारी गरेकोलगायतका तर्क गर्दै चुनाव नरोक्ने बताएको थियो । शुक्रबारका लागि प्रस्तावित चुनाव रोके नेपाल फिफा तथा एएफसीबाट निलम्बनमा पर्ने समेत एन्फाले चेतावनी दिएको थियो ।

पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा चैत्र १२, २०८२

मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भारतको जितमा ओमाङ डोडुमले दुई तथा विशाल यादवले एक गोल गरे । समूह ‘बी’मा भारतको यो पहिलो खेल हो । यो नतिजासँगै बंगलादेशले पनि एक खेलअगावै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।f

शंकरको शतकमा पुलिसको जित चैत्र १२, २०८२

माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहिबार भएको खेलमा पुलिसले बागमतीमाथि ७ विकेटको जित हात पारेको हो । २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा ओपनर शंकरले ११६ रनको शतकीय इनिङ खेले । दिनेशले बलिङमा महत्वपुर्ण ३ तथा ब्याटिङमा ७० रनको अर्धशतकीय इनिङ खेले ।

कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार चैत्र १२, २०८२

पत्रकार सम्मेलनमा बोल्दै एन्फाका पूर्व अध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले ‘फ्रेस म्यान्डेट’ लोकतन्त्रको जरा भएको उल्लेख गर्दै तहगत निर्वाचनको माग राखे । ‘कानुनअनुसार निर्वाचन गर्दा धेरै जिल्ला अध्यक्ष र कार्यसमितिका सदस्य बाहिरिन सक्छन् । हामीले फ्रेस म्यान्डेटमा जोड दिएका थियौं । तर, तहगत निर्वाचन हुनुपर्छ भनेर भनेका हौं,’ शेर्पाले भने, ‘एन्फाले फिफासँग मिस कम्युनिकेट गर्यो होला । मलाई लाग्दैन फिफाले गलत कामलाई साथ दिन्छ ।’

कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित चैत्र १२, २०८२

बिहिबार सम्पन्न आफ्नो दोस्रो खेलमा जित हासिल गर्ने क्रममा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । २१० रनको लक्ष्य आर्मीले ३४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल चैत्र १२, २०८२

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा पुलिसले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमती ४९ दशमलब २ ओभरमा २६५ रनमा अल आउट भयो ।

अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य चैत्र १२, २०८२

अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य