चैत्र १२, २०८२ बिहीबार | २२:५८:५३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै
शनिबारको दिन पारा तेक्वान्दो

पेरिस पारा ओलम्पिक खेलेकाहरू

काठमाडौं । फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिक नेपालका लागि खास रहयो । किनकि यस पटक नेपालको यात्रा सहभागितामा मात्रै सीमित रहेन, पदक तालिकामा आफ्नो नाम लेखाएर फर्किएको छ ।

नेपाललाई यो ऐतिहासिक सफलता दिलाउने खेलाडी रहिन् तेक्वान्दोकी पलेशा गोवर्धन । पलेशाले के-४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जितिन् ।ओलम्पिक संरचनामा नेपाली खेलकुदले पाएको यो हालसम्मकै एक्लो पदक हो । शुक्रबार पेरिसस्थित ग्रान्ड प्यालेसमा रिपिचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५-८ स्कोरले पराजित गर्दै नेपाललाई ऐतिहासिक सफलता दिलाएकी थिइन् । पारा ओलम्पिकमा पलेशासँगै तेक्वान्दोका भरतसिंह महता र पौडीका भीमबहादुर कुमालले प्रतिस्पर्धा गरेका थिए । दुवै खेलाडीले पहिलो चरण पार गर्न भने सकेनन् ।

पलेशाको मात्र नभएर भरत र भीमको चर्चा गरिएको छ ।

भरतसिंह महता पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले वाइल्ड कार्डमार्फत पेरिसको यात्रा तय गरेका थिए ।

पहिलो पटक पारा ओलम्पिक अनुभव लिएका भरतले के-४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गरेका थिए ।

जापानिज खेलाडी मित्सुया तानाकासँग १९-३ स्कोरले पराजित हुँदा भरतको यात्रा पहिलो चरणबाट अगाडि बढ्न सकेन ।

पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेकी पेलेशा गोवर्धनसँग भरतसिंह महता तस्विरः  प्रशिक्षक कविराज नेगी लामाको फेसबुकबाट । 

पेरिस पारा ओलम्पिकअघि दार्चुला अपिहिल गाउँपालिका वडा ८ का २७ वर्षीय भरतले चीनको ताइयानमा चैत २ देखि ४ सम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट तथा भियतनामको दनाङमा जेठ ६ मा भएको नवौं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा भाग लिएका थिए ।

एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई हराउँदै सेमिफाइनल पुगेका भरत सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग पराजित भएका थिए ।

भियतनाममा पनि भरतले एसियाली छनोटकै नतिजा आत्मसात गरे । पहिलो खेलमा काजकिस्तानका खेलाडीलाई हराएका भरतले दोस्रो खेलमा अजरबैजानका खेलाडीलाई नतिजा सुम्पिए ।

भीमबहादुर कुमाल विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लट्स’ प्राप्त भएसँगै भीमबहादुर कुमालको पारा ओलम्पिक सहभागिता निश्चित भएको थियो । पहिलो पटक पारा ओलम्पिकमा सहभागिता जनाएका भीमले पौडीको एस ९ विधाअन्तगृत पुरुष ५० मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेको थिए । उनको यात्रा हिट चरणबाट अघि बढ्न सकेक ।

भीमले निर्धारित दुरी पार गर्न ३५.०८ सेकेन्ड लगाए । हिट-१ मा भीम अन्तिम स्थानमा रहे । गोरखाको नारेश्वर बेनीखोला निवासी ४१ वर्षीय भीमले चीनको हाङझाउमा भएको चौथो एसियाली पारा खेलकुद, इन्डोनेसियामा भएको तेस्रो एसियाली पारा खेलकुद तथा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

पौडी टोलीसँग भीमबहादुर कुमाल ।

भीमले पछिल्लो पटक खेलको प्रतियोगिता विश्व पारा पौडी सिरिज हो, जुन पारा ओलम्पिक छनोटको आधार थियो । सिंगापुरमा मे १७ देखि १९ सम्म भएको यही प्रतियोगितामा भीमले ५० मिटर फ्रिस्टायलमा ३५.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । भीम एम्पुटी फुटबलका पनि खेलाडी हुन् ।