Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

विलियम्सन टेस्ट वरियताको शीर्ष स्थानमा कायम

दुबई, (खेलाडी)- न्युजिल्यान्डका कप्तान केन विलियम्सन टेस्ट क्रिकेटको ब्याटिङ वरियताको शीर्ष स्थानमा कायम रहेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले आज बुधबार सार्वजनिक गरेको नयाँ वरीयताक्रममा विलियम्सन शीर्ष स्थानमा यथावत रहे । वरियताको शिर्ष १० भित्र भारत र अस्ट्रेलियाका समान तीन र न्युजिल्यान्ड, पाकिस्तान, इङ्ल्यान्ड र दक्षिण अफ्रिकाका एक/एक ब्याट्सम्यान परेका छन् ।

आइसिसीको टेस्ट वरियताको दोस्रो स्थानमा इङ्ल्यान्डका जोय रुट छन् भने अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ तेस्रो स्थानमा छन् ।
  
यस्तै, अस्ट्रेलियाका मार्नस लाबुस्चेन्ज चौथो स्थानमा रहँदा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पाचौं तथा अर्का भारतीय ब्याट्सम्यान रोहित शर्मा छैटौं स्थानमा छन् ।

वरियतामा पाकिस्तानका कप्तान बाबर आजम एक स्थान माथि उक्लिएर सातौं स्थानमा पुगेका छन् । यसैगरी भारतको ऋषव पन्त आठौं, अस्ट्रेलियाका डेभिड वार्नर नवौं र दक्षिण अफ्रिकाका क्विन्टन डी कक दशौँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

\