पुस ८, २०८२ बुधबार | १९:३५:४९
इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह अञ्जिलासम्मिलित सेथु इस्ट बङ्गालसँग पराजित विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा अन्तर्राष्ट्रिय तेक्वान्दोमा जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय सुरज र पासाङले सातदोबाटोबाट खेल्ने आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम आइसिसी ट्वान्टी-२० टिम वरियतामा भारतको शीर्षता, नेपाल १७ औं स्थानमा बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन लिभरपुलका इसाक दुई महिना मैदान बाहिर हुने इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह अञ्जिलासम्मिलित सेथु इस्ट बङ्गालसँग पराजित विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा अन्तर्राष्ट्रिय तेक्वान्दोमा जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय सुरज र पासाङले सातदोबाटोबाट खेल्ने आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम आइसिसी ट्वान्टी-२० टिम वरियतामा भारतको शीर्षता, नेपाल १७ औं स्थानमा बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन लिभरपुलका इसाक दुई महिना मैदान बाहिर हुने
शनिबारको दिन रोहन बोपाना

ग्रान्ड स्लाम टेनिसमा बोपानाको कमाल

काठमाडौं । उमेर त खालि अंकको संख्यामात्रै हो । यस्तो भन्नेहरू धेरै छन् । हो पनि । तर, प्रमाणित गर्ने कम छन् । अझ खेलकुदमा त धेरै कम । यसबीच भारतीय टेनिस खेलाडी रोहन बोपानाले भने कमालै गरेका छन् ।

बोपानाले भर्खरै अष्ट्रेलियन ओपनको पुरुष डबल्सको उपाधि जितेका छन् । उनी ४३ वर्षका भए । एक अर्थमा यो अन्तर्राष्ट्रिय खेलकुदमा अब्बल दर्जाको प्रदर्शनका लागि आदर्श उमेर होइन । तर बोपानाले आफूलाई अपवाद सिद्ध गरे । मूल कुरा यही नै हो ।

बोपानाले टेनिस खेल्न थालेको धेरै भयो । धेरै मात्र होइन अति धेरै । विशेषतः उनको दखल पुरुष डबल्समै हो । तर, ग्रान्ड स्लाम उपाधि भने कहिल्यै जितेका थिएनन् ।

सन् २०२४ को पहिलो ग्रान्ड स्लाम अष्ट्रेलियन ओपन सकिएको एक साताजति भयो । अब सबैको ध्यान साता दिनको अन्तरमा हुने फ्रेन्च ओपन र विम्बल्डनमा हुनेछ । त्यसै पनि विश्व टेनिसमा अधिक चर्चा एकल उपाधिकै हुन्छ । त्यसलाई जित्ने खेलाडीकै हुन्छ ।

अहिले अष्ट्रेलियन न ओपनमा भने बढी चर्चा बोपानाकै भयो । यो स्वाभाविक छ, किनभने अब उनी कोही कसैका लागि जुनसुकै उमेरमा राम्रो प्रदर्शन दिने उदाहरण भएका छन् ।

बोपानाले टेनिस खेल्न थालेको धेरै भयो । धेरै मात्र होइन अति धेरै । विशेषतः उनको दखल पुरुष डबल्समै हो । तर, ग्रान्ड स्लाम उपाधि भने कहिल्यै जितेका थिएनन् । ६१औं प्रयास अनि १९ फरक पार्टनर खेलाडीको जोडीपछि उनले अष्ट्रेलियन ओपनमा उपाधि जितको उपलब्धि आत्मसात् गरिछाडेका छन् ।

यसक्रममा कीर्तिमान अनेक बनेका छन् । जस्तो, उनी ग्रान्ड स्लामको कुनै पनि मुख्य विधाको उपाधि जित्ने सबैभन्दा बढी उमेरका खेलाडीमा दरिए ।

अनि यो उपाधिसँगै उनी विश्व नम्बर एक डबल्सका खेलाडी भए । अब भनिरहनुपरेन, उनी नै नम्बर एकमा पुग्ने सबैभन्दा बढी उमेरका खेलाडी भए ।

बोपाना आफैं अहिले निकै खुसी छन् । उनी भन्छन्, ‘विना कुनै मतभेद, यो नै मेरो खेलजीवनको सबैभन्दा खुसीको क्षण रह्यो । मलाई लाग्छ, म अहिले आफ्नो खेलजीवनकै सबैभन्दा उत्कृष्ट टेनिस खेलिरहेको छु ।’

बोपनाले एउटा उपाधि जित्नका लागि जति धेरै प्रयास गरे र अन्ततः जितेर छाडे । त्यो पनि आफैंमा कीर्तिमान हो । आफ्नो डबल्स पार्टनर एबडेनले पनि बोपानाबारे ठीकै भनेका छन् ।

मेलबर्नमा उनले म्याथ्यु एबडेनसँग जोडी बनाएका थिए । उनीहरूले फाइनलमा सिमोन बालेली र आन्द्रे भिभासोरलाई हराएका थिए । कीर्तिमान आखिरमा कीर्तिमान नै हो । यसबीच पनि बोपानाको हरेस नखाने बानी साँच्चै नै सबैका लागि प्रेरणास्रोत हुनेछ ।

बोपनाले एउटा उपाधि जित्नका लागि जति धेरै प्रयास गरे र अन्ततः जितेर छाडे । त्यो पनि आफैंमा कीर्तिमान हो । आफ्नो डबल्स पार्टनर एबडेनले पनि बोपानाबारे ठीकै भनेका छन् । उनको भनाइ थियो, ‘बोपानाको उमेर जति नै भए पनि उनको मन भने युवा छ । उनी च्याम्पियन खेलाडी हुन् कहिल्यै हार नमान्ने । त्यसैले उनी टेनिसका योद्धा हुन् ।’

सन् २००९ मा उनले पहिलो पटक एटीपीको डबल्स उपाधि जितेका थिए । सन् २०१० मा पहिलो पटक युएस ओपनको डबल्सको फाइनल पुगे । त्यसको एक वर्षपछि २०११ मा उनी वरीयताको शीर्ष दसभित्र पर्न सफल रहे ।

तर, उनको ग्रान्ड स्लाम उपाधि जित्ने सपना भने पूरा भइरहेको थिएन । त्यो सपना मेलबर्नमा पूरा भयो । त्यसैले भन्ने गरिन्छ, खेलले कसैलाई पनि जीवनमा सबथोक सिकाउँछ । मात्र निराश हुनुभएन, हार खानुभएन, जीवनमा आफूले भनेजस्तो मात्र कहाँ हुन्छ र ?