फाल्गुन ११, २०८२ सोमबार | २०:११:२२
घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी
शनिबारको दिन रोहन बोपाना

ग्रान्ड स्लाम टेनिसमा बोपानाको कमाल

काठमाडौं । उमेर त खालि अंकको संख्यामात्रै हो । यस्तो भन्नेहरू धेरै छन् । हो पनि । तर, प्रमाणित गर्ने कम छन् । अझ खेलकुदमा त धेरै कम । यसबीच भारतीय टेनिस खेलाडी रोहन बोपानाले भने कमालै गरेका छन् ।

बोपानाले भर्खरै अष्ट्रेलियन ओपनको पुरुष डबल्सको उपाधि जितेका छन् । उनी ४३ वर्षका भए । एक अर्थमा यो अन्तर्राष्ट्रिय खेलकुदमा अब्बल दर्जाको प्रदर्शनका लागि आदर्श उमेर होइन । तर बोपानाले आफूलाई अपवाद सिद्ध गरे । मूल कुरा यही नै हो ।

बोपानाले टेनिस खेल्न थालेको धेरै भयो । धेरै मात्र होइन अति धेरै । विशेषतः उनको दखल पुरुष डबल्समै हो । तर, ग्रान्ड स्लाम उपाधि भने कहिल्यै जितेका थिएनन् ।

सन् २०२४ को पहिलो ग्रान्ड स्लाम अष्ट्रेलियन ओपन सकिएको एक साताजति भयो । अब सबैको ध्यान साता दिनको अन्तरमा हुने फ्रेन्च ओपन र विम्बल्डनमा हुनेछ । त्यसै पनि विश्व टेनिसमा अधिक चर्चा एकल उपाधिकै हुन्छ । त्यसलाई जित्ने खेलाडीकै हुन्छ ।

अहिले अष्ट्रेलियन न ओपनमा भने बढी चर्चा बोपानाकै भयो । यो स्वाभाविक छ, किनभने अब उनी कोही कसैका लागि जुनसुकै उमेरमा राम्रो प्रदर्शन दिने उदाहरण भएका छन् ।

बोपानाले टेनिस खेल्न थालेको धेरै भयो । धेरै मात्र होइन अति धेरै । विशेषतः उनको दखल पुरुष डबल्समै हो । तर, ग्रान्ड स्लाम उपाधि भने कहिल्यै जितेका थिएनन् । ६१औं प्रयास अनि १९ फरक पार्टनर खेलाडीको जोडीपछि उनले अष्ट्रेलियन ओपनमा उपाधि जितको उपलब्धि आत्मसात् गरिछाडेका छन् ।

यसक्रममा कीर्तिमान अनेक बनेका छन् । जस्तो, उनी ग्रान्ड स्लामको कुनै पनि मुख्य विधाको उपाधि जित्ने सबैभन्दा बढी उमेरका खेलाडीमा दरिए ।

अनि यो उपाधिसँगै उनी विश्व नम्बर एक डबल्सका खेलाडी भए । अब भनिरहनुपरेन, उनी नै नम्बर एकमा पुग्ने सबैभन्दा बढी उमेरका खेलाडी भए ।

बोपाना आफैं अहिले निकै खुसी छन् । उनी भन्छन्, ‘विना कुनै मतभेद, यो नै मेरो खेलजीवनको सबैभन्दा खुसीको क्षण रह्यो । मलाई लाग्छ, म अहिले आफ्नो खेलजीवनकै सबैभन्दा उत्कृष्ट टेनिस खेलिरहेको छु ।’

बोपनाले एउटा उपाधि जित्नका लागि जति धेरै प्रयास गरे र अन्ततः जितेर छाडे । त्यो पनि आफैंमा कीर्तिमान हो । आफ्नो डबल्स पार्टनर एबडेनले पनि बोपानाबारे ठीकै भनेका छन् ।

मेलबर्नमा उनले म्याथ्यु एबडेनसँग जोडी बनाएका थिए । उनीहरूले फाइनलमा सिमोन बालेली र आन्द्रे भिभासोरलाई हराएका थिए । कीर्तिमान आखिरमा कीर्तिमान नै हो । यसबीच पनि बोपानाको हरेस नखाने बानी साँच्चै नै सबैका लागि प्रेरणास्रोत हुनेछ ।

बोपनाले एउटा उपाधि जित्नका लागि जति धेरै प्रयास गरे र अन्ततः जितेर छाडे । त्यो पनि आफैंमा कीर्तिमान हो । आफ्नो डबल्स पार्टनर एबडेनले पनि बोपानाबारे ठीकै भनेका छन् । उनको भनाइ थियो, ‘बोपानाको उमेर जति नै भए पनि उनको मन भने युवा छ । उनी च्याम्पियन खेलाडी हुन् कहिल्यै हार नमान्ने । त्यसैले उनी टेनिसका योद्धा हुन् ।’

सन् २००९ मा उनले पहिलो पटक एटीपीको डबल्स उपाधि जितेका थिए । सन् २०१० मा पहिलो पटक युएस ओपनको डबल्सको फाइनल पुगे । त्यसको एक वर्षपछि २०११ मा उनी वरीयताको शीर्ष दसभित्र पर्न सफल रहे ।

तर, उनको ग्रान्ड स्लाम उपाधि जित्ने सपना भने पूरा भइरहेको थिएन । त्यो सपना मेलबर्नमा पूरा भयो । त्यसैले भन्ने गरिन्छ, खेलले कसैलाई पनि जीवनमा सबथोक सिकाउँछ । मात्र निराश हुनुभएन, हार खानुभएन, जीवनमा आफूले भनेजस्तो मात्र कहाँ हुन्छ र ?