ललितकृष्ण श्रेष्ठ

हुनुहुन्थ्यो त फुटबलको ‘सर्वमान्य नेता’ बन्नुहुन्थ्यो

  • सन्जिव मिश्र

मेरो व्यक्तिगत रूपमा भन्नुपर्दा ललित दाइसँगको सम्बन्ध दाजुभाइको जस्तो थियो । सधैं सँगसँगै होइन्थ्यो । उहाँ बित्नु अघिल्लो दिन पनि हामी सँगै थियौं । त्यतिबेला उहाँ मानसिक तनावमा हुनुहुन्थ्यो कि जस्तो लाग्छ । ठ्याक्कै के विषयमा तनाव थियो भनेर चाहिँ सोध्नलाई जुरेन ।

ललित दाइको नयाँ घर बन्दै थियो । तयारचाहिँ भइसकेको थिएन । तर, उहाँ सर्ने तरखरमा हुनुहुन्थ्यो । सर्नुअघि घर पूजा गर्ने कुरा थियो । त्यही भएर उहाँ पण्डितकहाँ जानुभएको थियो । बाटोमा हामी गफ गर्दै गइयो । त्यसबेला उहाँले मसँग गम्भीर कुरा गर्नुभएको थियो ।

त्यस दिन उहाँ पण्डितको घर जानु हुँदै थियो । नयाँ घर सर्नका लागि साइत कहिले छ, बुझ्न जान्छु भन्नुभएको थियो । म पनि उहाँसँगै जावलाखेलसम्म गएँ । त्यसपछि हामी छुट्टियौं । सधैं छुट्टिएको भोलिपल्ट भेट हुने गथ्र्यो । तर, त्यो दिन हामी अन्तिम पटक छुट्टिएका रहेछौं ।

ललित दाइको नयाँ घर बन्दै थियो । तयारचाहिँ भइसकेको थिएन । तर, उहाँ सर्ने तरखरमा हुनुहुन्थ्यो । सर्नुअघि घर पूजा गर्ने कुरा थियो । त्यही भएर उहाँ पण्डितकहाँ जानुभएको थियो । बाटोमा हामी गफ गर्दै गइयो । त्यसबेला उहाँले मसँग गम्भीर कुरा गर्नुभएको थियो ।

‘एक जनाले चाहँदैमा एन्फा परिवर्तन नहुने रहेछ, आफू सही भए पनि कतिपय अवस्थामा साथीभाइले भनेकै कुरा मान्नुपर्ने रहेछ । मादल जसरी बज्छ, त्यसरी नै नाच्नुपर्ने रहेछ । आफ्नै तालमा नाचेर एन्फामा सफल हुन नसकिने रहेछ । त्यसैले तिम्लाई पनि एन्फामा जे काम दिइएको छ, त्यहीमात्र गर । अरूतिर ध्यान नदेऊ,’ ललित दाइले यसै भन्नुभयो ।

भूकम्प गएको केही समय भएको थियो । भूकम्पको त्रासदी र असर कायम थियो । हामी बेलाबेलामा भूकम्प र यसले पुर्याएको क्षतिबारे कुरा गरिरहन्थ्यौं । एकदिन अचानक उहाँले म भूकम्पमा परेर मरेको भए मेरा बालबच्चाको हालत कस्तो हुन्थ्यो होला ? बिजोग हुन्थ्यो होला है, भन्नुभयो ।

ललित दाइको कुराले म झसंग भएँ । ललित दाइले यो कुरा अर्को एक दिन पनि गर्नुभयो । उहाँका छोराछोरी सानै थिए । तिनको असाध्यै चिन्ता थियो दाइलाई । भूकम्पमा परेर अचानक मर्ने सम्भावनाको कुरा गर्ने ललित दाइले एक दिन त्यसरी नै अचानक यो धर्ती छाड्नुहुन्छ भनेर कसले सोचेको थियो र ।

ललित दाइले खासै लामो समय फुटबल खेल्नुभएन । २०३८ सालमा थ्रीस्टार क्लब सहिद स्मारक ए डिभिजनमा उक्लिँदा उहाँ त्यस टिमको सदस्य हुनुहुन्थ्यो । रक्षापंक्तिबाट खेल्नुहुन्थ्यो । थ्रीस्टारले ए डिभिजन खेल्दा चाहिँ उहाँको भूमिका सीमित भयो । खासमा भन्दा उहाँ बेन्च प्लेयर बन्नुभयो । पछि उहाँलाई घुँडाको चोटले सतायो । त्यसपछि त उहाँले संन्यास नै लिनुभयो ।

२०४६ सालसम्म एन्फाको नेतृत्व माथिबाटै छानिन्थ्यो । कार्यसमितिमा अध्यक्षदेखि सदस्यसम्म राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पठाउँथ्यो । त्यतिबेला एन्फाको कार्यबाहक अध्यक्ष पुरुषोत्तम श्रेष्ठ हुनुहुन्थ्यो । उहाँले आरसिटी पनि हाँकिरहनुभएको थियो । उहाँलाई एन्फाको अध्यक्षबाट निकाल्नुपर्छ भनेर ‘ए’ डिभिजन लिगका १२ क्लबले आन्दोलन गरेका थिए । पछि उहाँलाई बिदा गरियो । अनि भित्रिनुभयो, रुक्म शम्शेर राणा । रुक्म शम्शेर नेतृत्वको कार्यसमितिमा सदस्य बनेर ललित दाइ एन्फाको राजनीतिमा प्रवेश गर्नुभएको हो । यो लगभग २०४९ सालतिरको कुरा हो ।

त्यतिबेला नेपालमा फुटबल गतिविधि खासै हुँदैनथ्यो । लिग कहिले हुन्थ्यो, कहिले हुँदैनथ्यो । सधैं हुने भनेको त्रिभुवन च्यालेन्स सिल्ड र बर्थडे कप थिए । रुक्म शम्शेर एन्फा छाडेर राखेपतिर लागेपछि गणेश थापा दाइको प्रवेश भयो । गणेश दाइ जबसम्म एन्फामा रहनुभयो, ललित दाइ सधैं कुनै न कुनै भूमिकामा सक्रिय बन्नुभयो । उहाँले सधैं गणेश दाइलाई सहयोग गर्नुभयो । तर कहिले पनि मलाई यही पद चाहिन्छ भनेर चाहिँ माग राख्नुभएन । जे पद दिइयो, त्यसमै खुसी भएर काम गर्नुभयो ।

बीचमा ललित दाइ गणेश दाइलाई छाडेर गीता राणाको पक्षमा लाग्नुभएको थियो । गणेश दाइको कार्यसमितिमा भएका २९ मध्ये २१ जना गीता राणतिर लागेका थिए । तर, केही समयपछि नै ललित दाइ गणेश दाइकै पक्षमा फर्कनुभयो । गणेश दाइलाई निरन्तर सहयोग गर्नुभयो । त्यो पनि पदको लोभ नगरी । जे पदमा बसे पनि काम गर्ने हो भन्नुहुन्थ्यो ।

उहाँको खेलाडीहरूसँग पनि एकदमै राम्रो सम्बन्ध थियो । खेलाडीहरूलाई अनुशासनमा राख्न माहिर हुनुहुन्थ्यो । मलाई लाग्छ अब उहाँ जस्तो मान्छे नेपाली फुटबलमा जन्मिने छैनन् । किनभने उहाँ क्यारिस्मेटिक हुनुहुन्थ्यो । सबैसँग मिल्ने, मीठो बोल्ने अनि कसैलाई नराम्रो व्यवहार नगर्ने ।

सबैले उहाँलाई नै खोज्थे । मिडियाका साथीहरू पनि उहाँलाई नै खोज्थे । सबैले ललित दाइ भनेको मात्रै सुनिन्थ्यो । सबै पत्रकारसँग उहाँको सम्बन्ध व्यावसायिक थियो । सबै सम्बन्धमा मिठास पनि झल्कन्थ्यो । सधैं फुटबल र एन्फालाइ जोगाउनुपर्छ भनिरहनुहुन्थ्यो । फुटबल र एन्फासँग जोडिएका सबैसँग भेटघाट गर्ने र गफ गर्ने गर्नुहुन्थ्यो । आफ्नै खर्चमा भेटघाट कार्यक्रम पनि राख्नुहुन्थ्यो ।

उहाँ भइदिएको भए एन्फामा नेतृत्व संकट आउने थिएन । अहिले एन्फामा विभाजन छ । जबकि दुवै पक्षका मान्छे कुनै बेला एकै ठाउँमा थिए । गणेश दाइलाई हटाउने अभियानमा लागे । उहाँ हटेपछि अहिले सबैजना एक आपसलाई हटाउने अभियानमा छन् । यो सबै कुर्सीका लागि हो । तर ललित दाइ कहिल्यै पनि कसैसँग कुर्सीका लागि लड्नुभएन । उहाँ सर्वमान्य नेता बन्नुहुन्थ्यो । किनभने उहाँका धेरै गुण थिए । सबैलाई सहयोग गर्न मन पराउने । आफूले सहयोग गर्न नसके अरूमार्फत भए पनि सहयोग जुटाउने ।

अघि नै भनें उहाँ र मेरो सम्बन्ध दाजुभाइको जस्तो थियो । साथी पनि मान्नुहुन्थ्यो । प्रायः सँगै होइन्थ्यो । राति हँुदा मलाई सधैं घरसम्म पुर्याइदिनुहुन्थ्यो । कुनै समय म बूढानीलकण्ठ बस्थें । राति १० बजे ललितपुरबाट मलाई बूढानीलकण्ठ पुर्याएपछि पाटनको आफ्नो घर जानुहुन्थ्यो ।

मलाई उहाँ माया त गर्नुहुन्थ्यो नै । सम्मान पनि खुबै गर्नुहुन्थ्यो । एन्फाभित्र मेरो महत्त्व छ भनिरहनुहुन्थ्यो । कुनै एक बिन्दुमा म र गणेश दाइबीच मतभेद भयो । कुनै विषयमा उहाँले मलाई गलत बुझ्नुभयो । त्यसकारण कार्यसमितिको बैठकमा मलाई बोलाउनुभएन । जबकि मलाई सधैं बोलाइन्थ्यो । हुन त कार्यसमिति सदस्य थिइनँ । विकास निर्देशकको हैसियतमा मलाई बैठकमा डाकिन्थ्यो ।

मलाई बैठकमा नबोलाइएपछि ललित दाइले विरोध गर्नुभएछ । केही गल्ती गरेको भए स्पष्टीकरण सोध्नुपर्यो, कारबाही गर्नुपर्यो, होइन भने यसरी बैठकमा नबोलाउने कुरा हुँदैन भन्नुभएछ । त्यसपछि गणेश दाइले ललित दाइलाई तिमी नै त्यसो भन्छौं भने सन्जिवलाई बैठकमा बोलाऔं न त भन्नुभएछ । त्यसबेला मलाई बैठकमा नबोलाइएको भए म गणेश दाइको टिमबाट बाहिर हुन्थें, एन्फामा मेरो केही भूमिका हुँदैनथ्यो । जब मेरो पक्षमा कोही बोलेनन् । ललित दाइ एक्लै बोल्नुभयो । उहाँ एक्लै पर्याप्त हुनुहुन्थ्यो ।

सबैको इच्छा विपरीत हामी टोखा हुँदै काठमाडौँ आयौं । ललित दाइले सन्जिवले टोखाबाट जाऔं भन्यो, त्यसैले त्यही बाटो जाने भन्नुभयो । मलाई अप्ठ्यारो महसुस पनि भयो । ललित दाइको ससुराली नुवाकोटमै हो । उहाँले ससुराली पस्ने इच्छा व्यक्त गर्नुभएको थियो । मैले हतार छ दाइ, पछि आउँला भने । उहाँ मान्नुभयो । मलाई लाग्छ ललित दाइ पछि पनि ससुराली जान पाउनुभएन । पछि ललित दाइको त्यो दुर्घटना भएपछि उहाँलाई ससुराली पस्न नदिएकामा मलाई अहिले पनि पछुतो लागिरहन्छ ।

त्यतिबेला म काठमाडौं क्लबको अध्यक्ष पनि थिएँ । क्लब चलाउन गाह्रो छ भन्दै ललित दाइ मप्रति सहानुभूति व्यक्त गर्नुहुन्थ्योे । स्नेह देखाउनुहुन्थ्यो । हामी दुई सँगसँगै गएको अन्तिम भ्रमण चाहिँ नुवाकोट रह्यो । भूकम्प प्रभावित स्थानहरूमा एन्फाको तर्फबाट राहत बाँड्न हामी बसमा एक टोली धादिङ हुँदै नुवाकोट पुगेका थियौं । फर्कंदा कुन बाटो फर्किने भन्ने कुरा उठ्यो । सबैले गल्छी हुँदै काठमाडौँ फर्किने भने, मैले चाहिँ टोखाबाट फर्किने भनें । किनभने मलाई चाँडै काठमाडौँ आइपुग्नु थियो । अदालती काम थियो, वकिललाई भेट्नुपर्ने थियो ।

सबैको इच्छा विपरीत हामी टोखा हुँदै काठमाडौँ आयौं । ललित दाइले सन्जिवले टोखाबाट जाऔं भन्यो, त्यसैले त्यही बाटो जाने भन्नुभयो । मलाई अप्ठ्यारो महसुस पनि भयो । ललित दाइको ससुराली नुवाकोटमै हो । उहाँले ससुराली पस्ने इच्छा व्यक्त गर्नुभएको थियो । मैले हतार छ दाइ, पछि आउँला भने । उहाँ मान्नुभयो । मलाई लाग्छ ललित दाइ पछि पनि ससुराली जान पाउनुभएन । पछि ललित दाइको त्यो दुर्घटना भएपछि उहाँलाई ससुराली पस्न नदिएकामा मलाई अहिले पनि पछुतो लागिरहन्छ ।

हरेक विषयमा मेरो राय लिनुहुन्थ्यो । कतिपय विषयमा सन्जिवले भनेपछि सक्कियो, यही गर्ने भन्नुहुन्थ्यो । नेपाली फुटबलमा उहाँको भूमिका कति महत्त्वपूर्ण थियो भनेर व्याख्या गरी साध्य छैन । नेपाली फुटबलमा ठूला ठूला प्रायोजक ल्याउन उहाँको भूमिका असाध्यै निर्णायक रह्यो । आफ्नै क्लबसँग पनि उहाँले नबिल बैंकलाई जोड्नुभयो । क्लबको नाम नै नबिल थ्रीस्टार भयो । यसरी प्रायोजकलाई क्लबको नामसँग जोड्ने सुरुआत उहाँले नै गर्नुभएको हो । त्यो नेपाली फुटबल प्रायोजनको क्षेत्रमा कोसेढुंगा थियो ।

ललित दाइ बित्नुभएको ५–६ महिना त मलाई एकदमै गाह्रो भयो । अहिले पनि म उहाँलाई सम्झिरहन्छु । बिर्सनै सक्दिनँ । उहाँको नाममा केही वर्ष प्रतियोगिता भए । बीचमा कोभिड–१९ को कारण रोकियो । अब एन्फाले नगरे आफ्नै प्रयासमा गरौं कि भनेर सोचिरहेको छु । केही मान्छेहरूसँग यो विषयमा छलफल पनि गरेको छु ।

फेरि पनि भन्छु, उहाँको निधनले नेपाली फुटबलमा अपूरणीय क्षति भएको छ । उहाँ भएको भए एन्फाको अभिभावक उहाँ नै बन्नुहुन्थ्यो । अहिले त्यो भूमिका निर्वाह गर्ने मान्छेको खाँचो देखिएको छ । ललित दाइको अनुपस्थितिले नेपाली फुटबलमा अभिभावकको ठाउँ नै रिक्त भएको छ ।

(कुराकानीमा आधारित)