खेलाडी प्रशिक्षक विवाद

फुटबल टिमबाहिर रहेका खेलाडी भन्छन् ‘रातपछि दिन आउँछ’

खेलाडीले ताली र गालीको सधैं सम्मान गर्नुपर्छ भन्ने नेपाली राष्ट्रिय फुटबल टोलीका लागि लामो समय योगदान गरेका स्टारहरूलाई थाहा छ ।

आगामी साताबाट कुवेतमा हुने एएफसी एसियन कप २०२३ को छनोटको तयारीस्वरुप नेपाली राष्ट्रिय फुटबल टोली अहिले कतार भ्रमणमा छ । तर राष्ट्रिय टोलीको पर्यायझै भइसकेका मुख्य ११ खेलाडी भने कतार भ्रमणमा छैनन् । उनीहरू कुवेतमा नेपालले एसियन कपको छनोटमा चुनौती प्रस्तुत गर्दा पनि हुने छैनन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको हेपाहा प्रवृत्ति र सत्तामा निरन्तर टाँसिइरहने एन्फा नेतृत्वको कुटिल राजनीतिका कारण कप्तान र उपकप्तानसहित ११ खेलाडी अहिले राष्ट्रिय टोलीबाट निकालिएका छन् । त्यस कारण गाली र तालीलाई सामान्य रूपले लिने बानी परिसके पनि यसपालिको बर्हिगमन खेलाडीका लागि बढी पीडादायी बनेको छ ।

उनीहरू घाइते भएर टिममा नपरेका होइनन् । कुनै प्रतिबन्धले पनि उनीहरूलाई रोकेको छैन । फर्ममा नहुनु पनि कारण होइन । अघिल्लो वर्षमात्र नेपाललाई इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुर्याउन मुख्य भूमिका खेल्ने नायकहरू ‘बाहिर’ छन् त केवल एउटा सानो विवादका कारण । यो एउटा यस्तो विवाद रह्यो, जसले निर्वाचनको मुखैमा पुगेको अखिल नेपाल फुटबल संघमा अनावश्यक रूपमा राजनीतिको रूप लिइसक्यो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको हेपाहा प्रवृत्ति र सत्तामा निरन्तर टाँसिइरहने एन्फा नेतृत्वको कुटिल राजनीतिका कारण कप्तान र उपकप्तानसहित ११ खेलाडी अहिले राष्ट्रिय टोलीबाट निकालिएका छन् । त्यस कारण गाली र तालीलाई सामान्य रूपले लिने बानी परिसके पनि यसपालिको बर्हिगमन खेलाडीका लागि बढी पीडादायी बनेको छ ।

गल्ती के थियो र ? एउटा खेलाडीले पाउनुपर्ने सुविधाजनक बसाइ र पोषणयुक्त खानेकुरा मागेकै भरमा वर्षमा हाराहारी एक अर्बको बजेट भएको नेपाली फुटबलमा राष्ट्रिय खेलाडी टिमबाट निकालिनुपर्ने विषय सुन्दा पनि जायज लाग्दैन ।

गत वैशाख १३ गते प्रशिक्षक अल्मुताइरीले राष्ट्रिय टोलीका उपकप्तान रोहित चन्दलाई सुविधा मागेको बहानामा बन्द प्रशिक्षणबाट निकाले । त्यसको शृंखला अझ लम्बिँदै गयो । रोहितलाई अन्याय नगर्न अनुनय विनय गरेवापत विमल घर्तीमगर, अञ्जन विष्ट, सुजल श्रेष्ठ, तेज तामाङ, दिनेश राजवंशी, विशाल राई, विशाल श्रेष्ठ, सुमन लामा लगायत १० खेलाडीले पनि बन्द प्रशिक्षण छोड्नुपर्यो ।

‘मुख्य प्रशिक्षक अल्मुताइरीको घमण्डले सिमाना नाँघिसकेको छ । खेलाडीको सुविधाका लागि आफूले यस्तो र उस्तो गरें भनेर मार्केटिङ गर्दै उनले सबैभन्दा पहिला एन्फा र त्यहाँका पदाधिकारीको साख समाप्त पारे । त्यस्तो ठूलो कुरा गर्ने प्रशिक्षकले अहिले चाहिँ खेलाडीले सामान्य खानेबस्ने सुविधा माग्दा टिमबाटै निकाल्न मिल्छ ?,’ राष्ट्रिय टोलीसँगै कतार पुगेका एक खेलाडीले भने, ‘साथीहरूलाई जस्तो व्यवहार भयो, त्यो असह्य छ । तर, हामी चुप रहन बाध्य छौं । प्रशिक्षकज्यू त नेपाली फुटबलमा सबैभन्दा माथि हुनुहुन्छ । खेलाडी, अरू प्रशिक्षक, एन्फा पदाधिकारी, एन्फा अध्यक्ष, एन्फा स्वयं, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव र मन्त्री पनि केही होइन भन्नुहुन्छ । कहीं नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो भएको छ नेपाली फुटबलमा ।’

गत वैशाख १३ गते प्रशिक्षक अल्मुताइरीले राष्ट्रिय टोलीका उपकप्तान रोहित चन्दलाई सुविधा मागेको बहानामा बन्द प्रशिक्षणबाट निकाले । त्यसको शृंखला अझ लम्बिँदै गयो । रोहितलाई अन्याय नगर्न अनुनय विनय गरेवापत विमल घर्तीमगर, अञ्जन विष्ट, सुजल श्रेष्ठ, तेज तामाङ, दिनेश राजवंशी, विशाल राई, विशाल श्रेष्ठ, सुमन लामा लगायत १० खेलाडीले पनि बन्द प्रशिक्षण छोड्नुपर्यो ।

खेलाडी र प्रशिक्षक विवादको समाधान गर्ने मुख्य जिम्मेवार रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) यो विषयबाट पन्छिँदा समस्या झनै पेचिलो बन्यो ।

एन्फाले गठन गरेको खेलाडी र प्रशिक्षक विवाद समाधान समितिले पनि अल्मुताइरीलाई एएफसी एसियन कप छनोटपछि जिम्मेवारीबाट मुक्त गर्न र बन्द प्रशिक्षण छोडेका १० खेलाडीलाई प्रतियोगिताका लागि टोलीमा समावेश नगर्न सुझाव दियो ।

एन्फाले प्रशिक्षक अल्मुताइरीसँग स्पष्टीकरण सोध्ने औपचारिकता पूरा गरेको थियो । एन्फा महासचिव इन्द्रमान तुलाधरलाई सम्बोधन गर्दै अल्मुताइरीले लेखेको जवाफमा ‘आफूले खेलाडीलाई माफी दिएको र कारबाही नगर्न आग्रह’ गरिएको थियो । साथै उनले खेलाडी छनोटको मुख्य जिम्मेवारी आफ्नो भएकाले हस्तक्षेप नगर्न एन्फासमक्ष माग राख्दै बन्द प्रशिक्षणबाट बाहिरिएका १० खेलाडीलाई एएफसी एसियन कप छनोटका लागि टोलीमा समावेश गर्न नसक्ने अडान राखेका थिए ।

एन्फाले गठन गरेको खेलाडी र प्रशिक्षक विवाद समाधान समितिले पनि अल्मुताइरीलाई एएफसी एसियन कप छनोटपछि जिम्मेवारीबाट मुक्त गर्न र बन्द प्रशिक्षण छोडेका १० खेलाडीलाई प्रतियोगिताका लागि टोलीमा समावेश नगर्न सुझाव दियो ।

१० खेलाडीले बन्द प्रशिक्षण छाडेदेखि नै १७ खेलाडी थप गर्दै बन्द प्रशिक्षणलाई निरन्तरता दिएका अल्मुताइरीले अन्तिम टोली घोषणा गर्दा नियमित कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुलाई समेत टोलीमा समावेश गरेनन् ।

सँगै उच्च प्रदर्शनकै कारण माल्दिभ्सको लिग खेलिरहेका किरण तथा इन्डोनेसियामा सुपर स्टारको छवि बनाइसकेका रोहितलगायतका खेलाडीलाई टिमबाट निकालेर अल्मुताइरीले नेपाली फुटबलसँग पनि उनलाई धेरै माया गर्नुको इबी साँधेका छन् ।

प्रशिक्षक अल्मुताइरीले राष्ट्रिय टोलीबाट बाहिर राखेपछि किरणले सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीमा योगदान गरे पनि यो कदमले अपमानित महसुस गरेको उल्लेख गरेका थिए । नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक ८२ अन्तर्राष्ट्रिय खेल खेलेका कीर्तिमानी खेलाडी किरणले आफ्नो भावना पोख्नुको मूल्य टिमबाट बाहिरिएर चुकाउनुपर्यो ।

सँगै उच्च प्रदर्शनकै कारण माल्दिभ्सको लिग खेलिरहेका किरण तथा इन्डोनेसियामा सुपर स्टारको छवि बनाइसकेका रोहितलगायतका खेलाडीलाई टिमबाट निकालेर अल्मुताइरीले नेपाली फुटबलसँग पनि उनलाई धेरै माया गर्नुको इबी साँधेका छन् ।

राष्ट्रिय टोलीका लागि लामो समय उच्च योगदान गरेका खेलाडीलाई प्रशिक्षक र एन्फाले नियोजित रूपमै बाहिर राख्ने काम गरेको घटनाक्रमबाट पुष्टि भएको एन्फाकै पदाधिकारीहरू बताउँछन् । असार ६ गते हुने चुनावका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले सार्वजनिक रूपमै एन्फा र प्रशिक्षकको भूमिकामाथि प्रश्न उठाइसकेका छन् ।

एन्फा र प्रशिक्षकको यस्तो व्यवहारबाट एउटा खेलाडीले राष्ट्रका लागि गरेको योगदानको समेत अवमूल्यन भएको उनको भनाइ थियो ।

आफूहरूमाथि यति ठूलो अन्याय भए पनि टिमबाट निकालिएका राष्ट्रिय खेलाडीहरूले भने हरेस खाएका छैनन् । पछिल्लो समय राष्ट्रिय टोलीको आक्रमणको मुख्य हतियारका रूपमा प्रस्तुत हुँदै आएका फरवार्ड अञ्जन विष्ट भन्छन्, ‘हामी देशको प्रतिनिधित्व गर्नुपर्छ भनेर आएका हौं । तर अहिले फुटबल नै खेल्न पाएका छैनौं । यो दुर्भाग्यजनक छ । तत्कालका लागि राष्ट्रिय टोलीबाट बाहिरिए पनि हामीले हार मानेका छैनौं । हामी फेरि टोलीमा फर्किन्छौं ।’

‘यो एउटा नराम्रो र निराशाजनक घटना थियो । तर, एउटा खेलाडीको रूपमा एउटा क्षण नराम्रो भयो भन्दैमा त्यसले खेलजीवन नै समाप्त हुन्छ भन्ने होइन । रातपछि दिन आउँछ भनेझैं अहिले हाम्रो ‘ब्याडलक’ होला । हामीले गलत त गरेका हैनौं,’ अञ्जन आशावादी भए, ‘समर्थकले साथ दिइरहनुभएको छ । क्षणिक आलोचनाको भरमा हामी हरेस मान्दैनौ ।’



अञ्जनले आफूलगायत टिमबाट निकालिएका सबै खेलाडीले पुनरागमनको विश्वाससाथ नियमित अभ्यास गरिरहेको जानकारी गराए । किरण र रोहित भने व्यावसायिक फुटबलका लागि विदेशमा छन् ।

‘यो एउटा नराम्रो र निराशाजनक घटना थियो । तर, एउटा खेलाडीको रूपमा एउटा क्षण नराम्रो भयो भन्दैमा त्यसले खेलजीवन नै समाप्त हुन्छ भन्ने होइन । रातपछि दिन आउँछ भनेझैं अहिले हाम्रो ‘ब्याडलक’ होला । हामीले गलत त गरेका हैनौं,’ अञ्जन आशावादी भए, ‘समर्थकले साथ दिइरहनुभएको छ । क्षणिक आलोचनाको भरमा हामी हरेस मान्दैनौ ।’

टिममा चाँडै फर्किने विश्वासमा रहेका अञ्जनले आफू बाहिर भए पनि कतार र कुवेतका मैदानमा उच्च प्रदर्शन गरेर देशको इज्जत बढाउन राष्ट्रिय टोलीलाई शुभकामना दिए । ‘यही खेलले नाम दियो । यसबाट टाढा हुने त कल्पना पनि गर्न सकिन्न । राष्ट्रिय टोलीलाई कतार र कुवेतमा राम्रो प्रदर्शनको शुभकामना दिन चाहन्छु र चाँडै आफैं पनि अझ राम्रो र बलियो भएर फर्किन्छु भन्ने बताउन चाहन्छु,’ उनले भने ।