चैत्र १६, २०८२ सोमबार | १२:०२:५२
मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक
शनिबारको दिन किलयन एमबाप्पे

एमबाप्पेलाई दिन प्रतिदिन गाह्रो

काठमाडौं । साँच्चै फ्रान्सेली सुपरस्टार किलियन एमबाप्पेलाई भइरहेको छ के ? धेरैलाई उनीसँग असाध्यै धेरै अपेक्षा थियो । तर भइदियो उल्टो । पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर रियाल मड्रिड गइसकेपछि भनिएको थियो, एमबाप्पेको छवि त्यस्तो हुनेछ, जस्तो क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको छ । तर, उनी त्यसको छेउछाउ पनि पुग्न सकेका छैनन् ।

पछिल्लो २ खेलमा २ पेनाल्टीमा गोल गर्न चुकेपछि खासमा उनलाई अझ गाह्रो भएको छ । स्पेनी ला लिगामै उनले एथलेटिक बिलबाओविरुद्ध गोल गर्न सकेनन्, पेनाल्टीबाट । नतिजा रियाल पराजित रह्यो ।

युरोपेली च्याम्पियन्स लिगमा उनी लिभरपुलविरुद्ध पनि पेनाल्टीबाट उत्तिकै नराम्रोसँग चुके । नतिजा त्यसमा पनि हार । स्वयं रियलकै लय एकनासे रहेको छैन । च्याम्पियन्स लिगमा त टोलीको प्रदर्शन खराब छ । घरेलु ला लिगामा पनि बार्सिलोनालाई छुन सकिरहेको छैन ।

फ्रान्सका लागि एमबाप्पेले १९ वर्षकै उमेरको छेउछाउ विश्वकप जिते । उनले अर्को विश्वकप फाइनल पनि खेलिसके । फ्रान्सका लागि उनको अहिलेसम्मको प्रदर्शन दमदार नै छ । पछिल्लो युरो अपवाद मान्ने हो भने ।

यस्तोमा मिडियासामु स्वयं एमबाप्पेले स्वीकारेका छन्, आफू खराब स्थितिबाट गुज्रिरहेको समय हो यो । सामाजिक सन्जालमा बिलबाओविरुद्धको खेल गुमाएपछि लेखेका छन्, ‘कति धेरै खराब नतिजा । यसको पूरा जिम्मेवारी मैले लिनुपर्छ ।’

एउटा कुरा भने अझै कायम छ । त्यो हो, एमबाप्पेको आत्मविश्वास । कम्तीमा उनले आत्मविश्वास गुमाएका छैनन् । भन्छन्, ‘अहिले उपयुक्त समय आएको छ । परिस्थिति फेर्नुपर्ने हुन्छ र मैले आफूलाई को हो भनेर प्रमाणित गर्नुपर्ने हुन्छ ।’

अहिले उनको समर्थनमा रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टी पनि उत्रेका छन् र एमबाप्पेको बचाउ गरिरहेका छन् । उनी पनि मान्छन्, एमबाप्पेका लागि समय खराब चलिरहेको छ । फुटबलमा यस्तो हुन्छ नै । को नै खेलाडी सधैं एकनासले उत्कृष्ट प्रदर्शन गर्न सक्षम हुन्छ त र ?

सहकर्मीसँग भिनिसियस जुनियरसँग एमबाप्पे ।

एन्सेलोट्टीले भनेका छन्, ‘एमबाप्पे पुनरागमन गर्न सक्षम खेलाडी हुन् । उनले यस्तो गर्नुपर्छ । तर यसका लागि कडाभन्दा कडा मिहिनेत चाहिन्छ । यतिबेला एमबाप्पेलाई चाहिने भनेकै समर्थन हो । उनी दुःखी छन्, निराश छन् । हामीले उनलाई समर्थन गरिरहनुपर्छ ।’

फ्रान्सका लागि एमबाप्पेले १९ वर्षकै उमेरको छेउछाउ विश्वकप जिते । उनले अर्को विश्वकप फाइनल पनि खेलिसके । फ्रान्सका लागि उनको अहिलेसम्मको प्रदर्शन दमदार नै छ । पछिल्लो युरो अपवाद मान्ने हो भने । उनले पिएसजी छाडेको पनि अझ बढी सफल हुन नै हो ।

पिएसजी फ्रान्सेली घरेलु लिगमा जति नै सफल रहे पनि टोलीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । त्यसैले उनी रियाल लागे । एक प्रकारले भन्दा रोनाल्डो र मेसीकै छवि बनाउन । तर यो काम अहिलेसम्म उनलाई गाह्रो साबित भइरहेको छ । तर पूरा गर्ने आत्मविश्वास भने उनमा भरपूर छ ।

रियाल मड्रिडको टोली ।