नेपाली फुटबल

‘बी’ डिभिजन लिग हुनेप्रति शंका

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को माघ ८ गते सम्पन्न नियमित साधारणसभाबाट वार्षिक क्यालेन्डर सार्वजनिक भयो । क्यालेन्डरअनुसार एन्फा नेतृत्वले दुई वर्षदेखि रोकिएको सहिद स्मारक ‘बी’ डिभिजन लिगको नयाँ मिति चैत २५ गतेलाई घोषणा गरेको छ । लगभग चार महिना हुने भनिएको लिगमा १४ क्लबले असारसम्म ९१ खेल खेल्नेछन् ।

त्यसो त नेपाली क्लब फुटबल पिरामिडमा दोस्रो श्रेणीको लिगका लागि एन्फाले मिति तय गरेको यो पहिलो पटक होइन । सहभागी क्लबसँग सहमति जुटाउन नसकेका कारण एन्फाले तोकेका पछिल्ला चार मितिहरूमा लिग गर्न सकेन । पिरामिडको सन्तुलन पूरै भत्किइसकेको अवस्था छ । तथापि शंका नगरी नेपाली फुटबलको सर्वोच्च निकायले भनेको यसपालि चाहिँ पत्याउने हो भने २२ दिनपछि दुई वर्षसम्म रोकिएको ‘बी’ डिभिजन लिग सुरु हुनेछ ।

‘हामी लिग खेल्न भनेर तयारी अवस्थामा छौं । तर, नेतृत्व लिग खेलाउन तयार देखिँदैन । हामीले मागेको पत्र पाइएको छैन । अध्यक्ष भागिरहनुभएको छ । यस्तो तरिकाले कसरी लिग हुन्छ,’ राजभण्डारी भन्छन्, ‘यस्तो तरिकाले सम्भावना निकै कम छ । छलफल नै हुन सकेको छैन । तीन साता बाँकी रहँदा तयारी खर्च आएको छैन । क्लबले अभ्यास नै गरेको छैन । कसरी लिग हुन्छ ?,’

तर, मिति नजिकिँदै गर्दा प्रतियोगिता हुन्छ भनेर पत्याउने वातावरण छैन । नेतृत्व र क्लबहरूबीचको असमझदारी, एन्फाको विश्वसनीयताको प्रश्न, क्लबले पाउनुपर्ने बक्यौता रकम नपाउनु र १४ मध्ये एक मध्यपुर युथ एसोसिएसनलाई फुटबल गतिविधिमा सहभागी हुन नपाउने निर्णयलगायतका कारण यसपालि पनि तोकिएको मितिमा लिग हुने अवस्था देखिन्न । पछिल्लो समय एन्फा र १४ क्लबबीच एउटै पनि राम्रो बैठक हुन नसक्नुले यही संकेत गर्छ ।

‘बी’ डिभिजन लिगका संयोजक कुमार राजभण्डारी एन्फाले दिएको नयाँ मितिमा लिग नहुने ठोकुवा गर्छन् । उनका अनुसार हालसम्म आयोजक एन्फा र १४ क्लबबीच सौहार्दपूर्ण बैठक हुन सकेको छैन । एन्फा नेतृत्वले आफ्नो पत्रको कुनै जवाफ नदिएको र नेतृत्व भागिरहेकै कारण लिग हुने सम्भावना नरहेको राजभण्डारी बताउँछन् ।

‘हामी लिग खेल्न भनेर तयारी अवस्थामा छौं । तर, नेतृत्व लिग खेलाउन तयार देखिँदैन । हामीले मागेको पत्र पाइएको छैन । अध्यक्ष भागिरहनुभएको छ । यस्तो तरिकाले कसरी लिग हुन्छ,’ राजभण्डारी भन्छन्, ‘यस्तो तरिकाले सम्भावना निकै कम छ । छलफल नै हुन सकेको छैन । तीन साता बाँकी रहँदा तयारी खर्च आएको छैन । क्लबले अभ्यास नै गरेको छैन । कसरी लिग हुन्छ ?,’

एन्फाले १४ मध्ये केही क्लबलाई मात्रै दुई वर्षअघि खेलेको अघिल्लो लिगको बक्यौता रकम दिएको छ । त्यो पनि नेतृत्वसँग नजिक रहेका क्लबले मात्र पाएको आरोप छ । बाँकी क्लबले ६ लाख ५० हजार रुपैयाँका दरले पाउनुपर्ने बक्यौता रकम पाएका छैनन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९/०८० आयोजना हुँदा नै दोस्रो डिभिजनका १४ क्लबले आफ्नो लिग पनि गर्न आह्वान गरेका थिए । च्यासल मैदानको प्यारापिटमा ‘बी’ डिभिजन लिग आयोजनाको माग गर्दै प्लेकार्डसहित पुगेर क्लबहरूले दबाबमूलक कार्यक्रम गरेका थिए । तर, २०७९ असार ०६ गते पंकजविक्रम नेम्वाङको नेतृत्व निर्वाचित भएयता ‘बी’ डिभिजन लिग हुन सकेको छैन । शीर्ष डिभिजनको लिग भएपछि यसको साइकल पूरा हुन सकेको छैन । पिरामिड भत्किसकेको छ ।

यसपालि लिग र स्थगनको बीचमा अर्को एउटा साइनो पनि थपिएको छ । पुरानो बक्यौता रकम र क्षतिपूर्तिमा मध्यपुर युथ एसोसिएसनमाथिको कारबाही झन पेचिलो तरिकाले थपिएको छ ।

‘सी’ डिभिजन लिग पनि पटक-पटक स्थगित गरिएपछि यही चैत २२ देखि गर्ने निर्णय भएको छ । तर ‘बी’ डिभिजन लिग हुने ग्यारेन्टी भइनसकेकाले तल्लो श्रेणीका क्लबहरू पनि खेल्न भित्रैदेखि तयार देखिँदैनन् । उनीहरूको चासो पनि पिरामिड भत्किसकेकोमा छ । भत्किएको पिरामिड मिलाउनेमा एन्फाले स्पष्ट मार्गचित्र नबनाउँदा क्लबहरू सशंकित छन् । यही कारण यसपालि पनि तोकिएको समयमै ‘बी’ डिभिजन लिग हुनेमा शंका बढेको छ ।

अघिल्लो वर्षको फागुनबाटै ‘बी’ डिभिजन लिग हुने बताइएको थियो । गत वर्षको चैतमै दुई पटक मिति तय भयो । तर, चैत १५ मा सुरू गरिने भनिएको लिग मिति मात्रै तोकेर सकियो । फेरि यसै वर्षको जेठमा लिग गर्ने भनेर निर्णय भयो । त्यसमा पनि पुरानो बक्यौता रकम नपाएपछि क्लबहरू खेल्न तयार भएनन् ।

‘नेतृत्व भने फिफाको अनुदान आएपछि दिने भन्दै हामीलाई झुलाउन तल्लिन रह्यो । फिफा र एएफसीको अनुदान नआए नेपाली फुटबलमा सिन्को भाँच्ने हैसियत पनि उहाँहरूमा देखिएन,’ राजभण्डारी भन्छन्, ‘सबै फिफा र एएफसीको अनुदान त्यो पनि उनीहरूले तोकेकै शीर्षकमा खर्च गरेर फुटबल चलाएँ भन्नु उहाँहरूको भ्रम हो । यो काम त एउटा सामान्य कर्मचारीले गर्न सक्छ । यतिका लागि एन्फामा सेतो हात्तीजस्तो यति ठूलो संरचना चाहिन्न ।’

एन्फा कार्यसमितिका एक पदाधिकारी मध्यपुरविरुद्धको निर्णयमा लचकता अपनाएर भए पनि लिग गर्न आफूहरू तयार रहेको बताउँछ । ‘मध्यपुरको निर्णय फिर्ता लिएर लिग गर्छौं,’ उनी भन्छन्, ‘हामी सकेसम्म हेटौंडामा लिग गर्ने योजनामा छौं । गृहकार्य भइरहेको छ ।’

एन्फाबाट पुरानो बक्यौता रकम नपाएका कारण कुनै बेला लिग गर्न दबाब दिने क्लबहरू आफैं अचेल खेल्ने मुडमा छैनन् । सरस्वती युवा क्लबका अध्यक्ष शिक्षित पराजुली भन्छन्, ‘गत वर्ष हामीले लिग हुने भनेर खेलाडी सम्झौता गर्यौं । प्रतिस्पर्धाका लागि टिम बनायौं । टिमलाई होटलमा राखेर तयारी थाल्यौं । तर, एन्फाले धोका दियो । एन्फाले समयमा लिग नगर्दा सबै क्लबको दसौं लाख रुपैयाँ खेर गयो । एन्फा त्यसको क्षतिपूर्ति दिने त परै जाओस्, अघिल्लो लिगको बक्यौता रकम पनि दिन आनाकानी गरिरहेको छ । अभिभावक संस्थाबाट बारम्बार धोका पाएपछि यसपालि पनि हामीलाई तयारी गर्न अप्ठेरो परिरहेको छ । १०औं लाख रुपैयाँ खर्च गरेर तयारी गरौं भोलि एन्फाले विगतमा जस्तै लिग गरेन भने हाम्रो लगानी त फेरि पनि खेर जाने भयो नि !’

यसपालि लिग र स्थगनको बीचमा अर्को एउटा साइनो पनि थपिएको छ । पुरानो बक्यौता रकम र क्षतिपूर्तिमा मध्यपुर युथ एसोसिएसनमाथिको कारबाही झन पेचिलो तरिकाले थपिएको छ ।

गत कात्तिक २३ गते एन्फा साधारणसभा रोक्न अदालतमा मुद्दा दायर गरेको भन्दै एन्फाले ‘बी’ डिभिजन लिगको क्लब मध्यपुरलाई कारबाही गरेको थियो । कारबाहीपछि ‘बी’ डिभिजन लिगका १४ क्लब एक ढिक्का भएर मध्यपुरविरुद्ध गरिएको कारबाही फिर्ता गर्न दबाब दिँदै आएका छन् । त्यसपछि एन्फा र क्लबबीच बैठक नै बस्न सकेको छैन । केही बैठक भए पनि क्लबले जनाउने असन्तुष्टि र विना गृहकार्य बैठकमा आउने एन्फाको योजनाको खडेरीले बैठक फलदायी बन्न सकेका छैनन् ।

एन्फा कार्यसमितिका एक पदाधिकारी मध्यपुरविरुद्धको निर्णयमा लचकता अपनाएर भए पनि लिग गर्न आफूहरू तयार रहेको बताउँछ । ‘मध्यपुरको निर्णय फिर्ता लिएर लिग गर्छौं,’ उनी भन्छन्, ‘हामी सकेसम्म हेटौंडामा लिग गर्ने योजनामा छौं । गृहकार्य भइरहेको छ ।’

एन्फाले लिग तयारीका लागि हरेक क्लबलाई १४ लाख ५० हजार रुपैयाँका दरले  दिने बताएको थियो । तर, त्यो उपलब्ध गराउन नसक्दा समस्या आएको राजभण्डारी बताउँछन् । एन्फाले लिग विजेताले १५, उपविजेताले १० तथा तेस्रो हुनेले ५ लाख रुपैयाँ दिने भनेको छ । ‘तर, यही घोषित पुरस्कार पनि पाउने हो कि होइन भन्नेमा ढुक्क हुन सकिएको छैन । वर्तमान एन्फा नेतृत्वको विगत नै त्यस्तै छ,’ राजभण्डारीले भने ।