एनएसएल

एनएसएलले ‘मिस’ गर्ने खेलाडीहरू

काठमाडौं । दीपकराज सिंह ठकुरी नेपाली फुटबलले पाएको पछिल्लो सनसनीपूर्ण नाम । केही महिनाअघि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उनको रवाफ बेग्लै थियो । सातदोबाटो युथ क्लबका २३ वर्षे फरवार्डले गरेका १२ गोलको तथ्यांकले उनको क्षमता र भविष्यको सम्भावना प्रस्ट पार्छ ।

सातदोबाटो युथबाट नेपाली फुटबलको शीर्ष लिगमा गरेको त्यही सनसनीपूर्ण प्रदर्शनका कारण केही महिना अघिसम्म फुटबल प्रतिभाको ठूलो भीडमा कतै नामनिसान नदेखिने दीपक एकाएक सुपरस्टारको रूपमा स्थापित भए । विपक्षी पोस्टमा खतरनाक रूपमा प्रस्तुत हुने त्यही शैलीले उनलाई राष्ट्रिय टोलीको हिस्सा बनायो । राष्ट्रिय टोलीका लागि छोटो समयमै ५ खेल खेलेर उनले एक गोलमा आफ्नो नाम लेखाए ।

नेपाली फुटबलको दुरावस्थाले शीर्षस्तरमा पाइला राखेको छोटो समयमै दीपकको मन चुँडियो । निराशाबाहेक उनले केही देखेनन् । देशभित्र घरेलु फुटबलको स्टार हुने र राष्ट्रिय टोलीको जर्सीमा लामो समय खेल्ने सम्भावना लत्याउँदै उनी अस्ट्रेलिया हानिए । 

प्रसंग एनएसएलको । दसैं, तिहार, नेपाल सम्वत् र छठजस्ता नेपालीका महान उत्सवहरू भर्खरै सकिएको बेला फुटबल एनएसएलमा रमिरहेको छ । एउटा अर्को रोमाञ्चक पर्वका रूपमा फ्रेन्चाइज लिगको दोस्रो संस्करणलाई मनाउने तयारी भइरहँदा नेपाली फुटबलका एक नायक दीपक दशरथ रंगशालामा देखिने छैनन् ।  

नेपाली फुटबलको दुरावस्थाले शीर्षस्तरमा पाइला राखेको छोटो समयमै दीपकको मन चुँडियो । निराशाबाहेक उनले केही देखेनन् । देशभित्र घरेलु फुटबलको स्टार हुने र राष्ट्रिय टोलीको जर्सीमा लामो समय खेल्ने सम्भावना लत्याउँदै उनी अस्ट्रेलिया हानिए । सोझै भन्दा उनको महत्त्वाकांक्षा नेपाली फुटबलले थेग्न सकेन ।

गत वर्ष घोषणा भएर पनि आयोजना हुन नसकेको एनएसएलको दोस्रो संस्करणका लागि उनी पोखरा थन्डर्ससँग अनुबन्धित भएका थिए । तर यसपालि लामो समयपछि रंगशालामा ढंगको फुटबल फर्किने अपेक्षा चलिरहँदा दीपक छैनन् ।

दीपक एउटा उदाहरणमात्र हुन् । सम्पूर्ण नेपाली फुटबलले ठूलो आस राखेको दोस्रो एनएसएलमा उनीजस्ता दर्जनौं स्टार खेलाडी देखिने छैनन् । पछिल्लो एक वर्षमा मात्र सुजल श्रेष्ठ, विशाल राई, अभिषेक रिजाल, विशाल श्रेष्ठ, रञ्जित धिमाल, सन्तोष तामाङ, सुमन अर्याल, गौतम श्रेष्ठ, नितिन थापा, सुनिल बल, हेमन्त रानामगर, सुमन लामा, संजोक राई, पुजन उपरकोटी, रविशंकर पासवान, अमिर श्रेष्ठ, निशान खड्का लगायत सय हाराहारीमा खेलाडीले नेपाली फुटबलभन्दा अस्ट्रेलियाको संघर्ष रोजे । कति मध्यपूर्व पुगे । कति युरोप र अमेरिका । अझ थुप्रै खेलाडी विदेसिने तयारीमा छन् । जसका कारण नेपाली समर्थकलाई हेर्ने बानी परिसकेका दर्जनौं खेलाडी एनएसएल उत्सवको हिस्सा हुन नपाउने भए ।

विदेश पुगेर पनि नेपाली फुटबलका सबैखाले ठूला घरेलु प्रतियोगिताका लागि फर्किने गरेका सन्तोष साहुखल र जगजित श्रेष्ठ यसपालिको एनएसएलमा अनुपस्थित हुने थप ठूला नाम हुन् । सन्तोष जापान र जगजित अस्ट्रेलियामा छन् ।

नेपाली राष्ट्रिय टोलीका स्टार स्ट्राइकर विमल घर्तीमगर, आशिष लामा, मिडफिल्डर तेज तामाङ र रक्षक दिनेश राजवंशी भने अस्ट्रेलियाबाट काठमाडौं आइसकेका छन् । विमललाई एफसी चितवन, आशिष बुटवल, तेज विरगंज र दिनेशलाई पोखरा थन्डर्सले आइकोनिक खेलाडीका रूपमा देश फर्काएको हो ।

देशको फुटबलबाट मन मरेपछि विदेसिएका खेलाडीको संख्या दिनानुदिन बढिरहँदा दुई खेलाडी भने यही एनएसएलका लागि मात्र फर्किएका छन् । नेपाली राष्ट्रिय टोलीका स्टार स्ट्राइकर विमल घर्तीमगर, आशिष लामा, मिडफिल्डर तेज तामाङ र रक्षक दिनेश राजवंशी भने अस्ट्रेलियाबाट काठमाडौं आइसकेका छन् । विमललाई एफसी चितवन, आशिष बुटवल, तेज विरगंज र दिनेशलाई पोखरा थन्डर्सले आइकोनिक खेलाडीका रूपमा देश फर्काएको हो ।

एनएसएलका निर्देशक श्रीयान्स कार्कीले ‘पलायन भएका खेलाडी फर्काउने अभियान’ भनेजस्तै विमल र दिनेशको आगमन यसको सुरुआत बन्न सक्छ । नियमित रूपमा स्तरीय प्रतियोगिताहरू भइरहे, खेलाडीले खेलेरै राम्रो आयआर्जन गर्न सक्ने वातावरण बने आगामी दिनमा प्रतिभा पलायनको खतरा कम हुनसक्छ । उचालिइसकेको खुट्टाले नेपालकै माटो टेक्न सक्छ । विदेसिएका प्रतिभा फर्किन सक्छन् ।

‘देशमा नियमित लिग भएको भए, एनएसएल प्रत्येक वर्ष भएको भए यहाँको तुलनामा थोरै भए पनि पूरा १२ महिना पारिश्रमिक पाउने वातावरण भएको भए हामीलाई विदेसिने कुनै रहर थिएन । नेपालमा बस्दा पाउने समर्थकको माया र रंगशालाको मैदान हामीले कति मिस गरिरहेका छौं भन्ने कुरा शब्दमा वर्णन गर्नै सक्दैनौं,’ दिशाहीन नेपाली फुटबलबाट निरास भएर अस्ट्रेलिया पुगेका एक राष्ट्रिय खेलाडीले भावना पोखे, ‘नेपालका स्टार खेलाडी हामी यहाँ सामान्य मजदुरी गरिरहेका छौं । मन त धेरै पोल्छ नि ! तर के गर्नु घरपरिवार र आफ्नो भविष्य पनि हेर्नुपर्यो ।’

स्टार नेपाली खेलाडीको अनुपस्थिति पुर्न आयोजकले गएको लिगमा जस्तै विदेशी खेलाडीको कोटा थप गरेको छ । यसपालि मैदानमा खेल्न पाउने विदेशी खेलाडीको संख्या अघिल्लो संस्करणभन्दा एक थप गरेर पाँच खेलाडी पुर्याइएको छ । 

स्टार नेपाली खेलाडीको अनुपस्थिति पुर्न आयोजकले गएको लिगमा जस्तै विदेशी खेलाडीको कोटा थप गरेको छ । यसपालि मैदानमा खेल्न पाउने विदेशी खेलाडीको संख्या अघिल्लो संस्करणभन्दा तीन बढाएर ६ पुर्याइएको छ । जसमा ५ खेलाडी मैदान उतार्न पाइन्छ । सहभागी फ्रेन्चाइज टोलीले पनि नेपाली समर्थकलाई बानी परेका घरेलु स्टार अनुहार उपलब्ध नभएपछि खेलको रोमाञ्च कायम राख्न र दर्शकलाई आकर्षित गर्न स्तरीय विदेशी खेलाडी ल्याउने प्रयास गरेका छन् ।

‘हाम्रो सामूहिक प्रयास भनेको अहिले नेपालमा फुटबलको माहोल फर्काउने हो । त्यसका लागि देशभित्र खेलाडीको अभाव भएपछि विदेशी कोटा थप गरेका छौं । युरोपका ठूला लिग खेलिसकेका विदेशी खेलाडी आएका छन् । उनीहरूबाट हाम्रा युवा खेलाडीले धेरै कुरा सिक्न पाउने छन् । दर्शकले पनि दशरथ रंगशालामा स्तरीय फुटबलको स्वाद प्राप्त गर्नेछन्,’ एनएसएलका निर्देशक कार्की भन्छन्, ‘विभिन्न परिस्थितिका कारण विदेसिएका घरेलु स्टारलाई पक्कै पनि हामी सबैले मिस गर्नेछौं । तर उनीहरूलाई फेरि फर्काउने र थप स्टार उत्पादनको उद्देश्यमा एनएसएल एकदिन सफल हुनेछ । रोम पनि एक दिनमा बनेको त थिएन नि !’

शनिबारका अन्य स्टोरीः 
भारत विश्व क्रिकेटको नयाँ चोकर हो ?
एनएसएलको केन्द्रबिन्दुमा विदेशी खेलाडी
नेपाल सुपर लिगः ओलामाउको गोलदेखि गोलसम्म पहिलो संस्करण
युरोपियन च्याम्पियनसिपः यस्ता छन् छनोट २१ राष्ट्र, अझै तीन बाँकी