चैत्र १३, २०८२ शुक्रबार | ०८:४८:३३
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य
शनिबारको दिन नेपाल सुपर लिग

नेपाल सुपर लिगः ओलामाउको गोलदेखि ओलामाउकै गोलसम्म पहिलो संस्करण

काठमाडौं ।  फुटबल भनेको संयोग नै त हो । वर्ष ०७८ मा पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को आयोजना हुँदा पहिलो गोल गर्ने खेलाडी थिए, मेसुके ओलामाउ । उनले ६६ औं मिनेटमा गरेको गोल मदतमा काठमाडौं रेजर्सले ललितपुर एफसीलाई १-० ले हराएको थियो । यससँगै नेपाली फुटबलमा सुरु भएको थियो, पहिलो र अहिलेसम्मको एकमात्र फ्रेन्चाइज लिग फुटबल ।

काठमाडौं रेजर्स फाइनलमा पुग्न सफल रहेको थियो । उपाधिको भिडन्तमा टोलीले धनगढी एफसीलाई १-० ले नै हरायो । त्यसमा पनि निर्णायक गोल गर्ने खेलाडी थिए, तिनै ओलामाउ । फाइनलको गोल भने २१ औं मिनेटमा सम्भव भएको थियो । भनेपछि प्रतियोगिताको सार भन्नु नै एक प्रकारले ओलामाउको गोलबाट ओलामाउकै गोलसम्म नै त रह्यो ।

यसबीच प्रमाणित भयो, बालगोपाल महर्जन कति उम्दा प्रशिक्षक हुन् भनेर । त्यसै पनि उनी नेपाली घरेलु फुटबलका सर्वाधिक सफल प्रशिक्षक हुन् । उनले विभिन्न घरेलु क्लबका लागि मात्र होइन, नेपाली राष्ट्रिय टिमकै लागि धेरै उपाधि जितेका छन् । यसमै थपिएको हो फ्रेन्चाइज फुटबल लिगको उपाधि । काठमाडौंले उपाधि जित्नु पछाडि प्रशिक्षक महर्जनको रणनीतिक सुझबुझले काम गरेकै थियो ।

लिग चरणको समाप्तिमा काठमाडौं पहिलो, धनगढी दोस्रो, ललितपुर तेस्रो र बुटवल–लुम्बिनी चौथो स्थानमा रहेर प्रतियोगिताको अर्को चरण पुगे । तीन टिम भने लिग चरणमै रोकिएका थिए । ती थिए क्रमशः पोखरा थन्डर्स, विराटनगर एफसी र एफसी चितवन ।

लिग चरणमा काठमाडौं एकै खेलमा मात्र पराजित रहेको थियो । यो थियो धनगढीविरुद्ध । पहिलो क्वालिफायरमा पनि काठमाडौं धनगढीकै हातबाट पराजित भयो । संयोग अर्को के तयार भयो भने फाइनलमा यिनै दुई टिम भिडे, त्यसमा काठमाडौं विजयी रह्यो । उपाधि उचालेयता प्रशिक्षक महर्जन भन्थे, ‘फाइनल अगाडिका दुई हारबाट सिकेर नै हामीले निर्णायक खेल जित्न सफल रह्यौं ।’

यसपल्ट पनि काठमाडौंले प्रशिक्षक महर्जनकै नेतृत्वमा खेलिरहेको छ । उनलाई के पनि विश्वास छ भने आफ्नो टिमले जितेको उपाधिको रक्षा गर्न काठमाडौं सफल रहनेछ । यो त भयो भविष्यको कुरा । पुरानै प्रसंगमा फर्कने हो भने पहिलो संस्करणको एनएसएलमा कुल ७ टिमको सहभागिता थियो । लिग चरणमा एकले अर्कोसँग एक/ एक पटक खेल्नुपरेको थियो । यसरी लिग चरणमा २१ खेल भयो ।

लिग चरणको समाप्तिमा काठमाडौं पहिलो, धनगढी दोस्रो, ललितपुर तेस्रो र बुटवल–लुम्बिनी चौथो स्थानमा रहेर प्रतियोगिताको अर्को चरण पुगे । तीन टिम भने लिग चरणमै रोकिएका थिए । ती थिए क्रमशः पोखरा थन्डर्स, विराटनगर एफसी र एफसी चितवन । यसपल्टको प्रतियोगितामा विराटनगरले खेलिरहेको छैन ।

त्यसैले १० टिम हुनुपर्नेमा ९ टिमबीच मात्र खेल हुनेछ । फेरि त्यही पहिलो संस्करणमा फर्कने हो भने पहिलो क्वालिफायरमा धनगढीले काठमाडौंलाई २-१ ले हराएको थियो । टोली सिधै फाइनल पुग्न सफल रह्यो । त्यसपछि इलिमिनेटरमा ललितपुरले बुटवल- लुम्बिनीलाई १-० ले हरायो । यस्तोमा दोस्रो क्वालिफायरमा ललितपुरको सामना भयो काठमाडौंसँग ।

त्यसमा काठमाडौं ३-० ले वियजी रह्यो । यी तीन गोलमध्ये दुई त तिनै ओलामाउकै नाममा रह्यो । एक प्रकारले पूरा प्रतियोगिता यी विदेशी खेलाडी चम्किए । निचोड के भने काठमाडौंले कसरी पहिलो संस्करणको एनएसएल जित्यो त्यसकै कारण यो प्रतियोगितालाई पछिसम्म सम्झिने छ ।

शनिबारका अन्य स्टोरीः भारत विश्व क्रिकेटको नयाँ चोकर हो ?एनएसएलले ‘मिस’ गर्ने खेलाडीहरूएनएसएलको केन्द्रबिन्दुमा विदेशी खेलाडीयुरोपियन च्याम्पियनसिपः यस्ता छन् छनोट २१ राष्ट्र, अझै तीन बाँकी