कार्तिक १९, २०८२ बुधबार | १८:१७:१०
लिगको विवादले फुटबलमा रँडाकोः एन्फा र क्लब, ‘यसपाली पनि लिग हुँदैन’, मन्त्री ‘नगरि सुखै छैन’, खेलाडी ‘मैदानमा नभए सडकमा’ १०औं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म एन्फा प्रेसिडेन्ट लिगः देउरालीमाथि चित्लाङको सहज जित नेपालले दियो युएईलाई २४० रनको लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको २ हजार रन पूरा म्याक्स डोम्यान बने युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी युएईविरुद्व ब्याटिङ गर्दै नेपाल एट्लेटिको मड्रिडको सहज जित आर्सनलको विजयी यात्रा जारी बायर्न म्युनिखको रोमाञ्चक जित लिगको विवादले फुटबलमा रँडाकोः एन्फा र क्लब, ‘यसपाली पनि लिग हुँदैन’, मन्त्री ‘नगरि सुखै छैन’, खेलाडी ‘मैदानमा नभए सडकमा’ १०औं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म एन्फा प्रेसिडेन्ट लिगः देउरालीमाथि चित्लाङको सहज जित नेपालले दियो युएईलाई २४० रनको लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको २ हजार रन पूरा म्याक्स डोम्यान बने युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी युएईविरुद्व ब्याटिङ गर्दै नेपाल एट्लेटिको मड्रिडको सहज जित आर्सनलको विजयी यात्रा जारी बायर्न म्युनिखको रोमाञ्चक जित
शनिबारको दिन आइसिसी एकदिवसीय विश्वकप

भारत विश्व क्रिकेटको नयाँ चोकर हो ?

काठमाडौं । अब त एकदिवसीय विश्वकप क्रिकेट पनि सकिसकेको छ । च्याम्पियन टिम अस्ट्रेलिया घर पुगिसकेको छ । फाइनलमा अस्ट्रेलियाले हराएको भारतीय टिम भने उत्तर खोज्नमा व्यस्त छ, कहाँनिर चुक्यो त आफ्नो टिम ?

उता, क्रिकेट पण्डितहरू व्यस्त छन् विश्वकप प्रतियोगिताको चिरफार गर्न । यसैक्रममा आएको एउटा आरोप हो, के भारत विश्व क्रिकेटको नयाँ ‘चोकर’ हो त ? यसअघिसम्म दक्षिण अफ्रिकालाई चोकर भनिन्थ्यो ।

केही हदसम्म न्युजिन्यान्डलाई पनि भनिन्थ्यो । चोकर के अर्थमा भन्दा यही टिम ठूलो अवसरका निर्णायक खेलमा राम्रो खेल्नै नसक्ने अनि उल्टो पराजित हुने ।

तर, कुनै पनि प्रतियोगिताको सुरु सुरुमा असाध्यै राम्रो खेल्न सक्ने । दक्षिण अफ्रिका निर्णायक मोडमा जितको संघारमा रहेर पनि हारेका अनेकन उदाहरण छन् । यस्ता केही उदाहरण न्युजिल्यान्डसँग पनि छन् ।

फेरि भारत यसरी निर्णायक मोडमा चुकेको यो नै पहिलोपल्ट होइन । अब त यसको सूची बनाउने हो भने लामै हुन्छ । यही वर्ष भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि पराजित भयो । त्यो पनि अस्ट्रेलियासँग नै ।

अब त भारतलाई धेरैले चोकर नै हो भन्न थालेका छन् । भारत पनि सबैभन्दा महत्त्वपूर्ण खेलमा खेल्नै नसक्ने र आत्तिने गर्दछ । तर, त्यसअघिका खेलमा भने के के नै गरे जस्तो गरेर असाध्यै राम्रो खेल्ने ।

भर्खर सकिएको एकदिवसीय विश्वकपमै पनि त यस्तै भयो । आयोजक भारत लिग चरणका सबै ९ खेलमै विजयी रह्यो । सेमिफाइनलमा पनि न्युजिल्यान्डमाथि भारतले ७० रनको सजिलो जित निकालेको थियो ।  

१ लाख ३० हजार दर्शक क्षमताको नरेन्द्र मोदी स्टेडियममा अस्ट्रेलियासँगको फाइनलमा भने भारतको खासै केही चलेन । न ब्याटिङ न त बलिङ । अझ फिल्डिङ त झन कमजोर नै रह्यो । टोली ६ विकेटले विजयी रह्यो ।

फेरि भारत यसरी निर्णायक मोडमा चुकेको यो नै पहिलोपल्ट होइन । अब त यसको सूची बनाउने हो भने लामै हुन्छ । यही वर्ष भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि पराजित भयो । त्यो पनि अस्ट्रेलियासँग नै ।यो प्रतियोगिताको फाइनलमा भारत हारेको यो पहिलोपल्ट होइन । यसअघिको पहिलो फाइनलमा पनि भारत न्युजिल्यान्डसँग हारेको थियो ।

भारतले एकदिवसीय विश्वकपमै पनि सन् १९८३ र २०११ मा त उपाधि जित्न सक्यो, तर २०१५ र २०१९ मा त भारत चुकेकै हो । यी दुवै अवसरमा भारत सेमिफाइनलमा पराजित रहेको थियो, भलै यसअघि भारतको प्रदर्शन गजब थियो ।

भारतले २०१७ को च्याम्पियन्स ट्रफीमा पनि सुरुदेखि असाध्यै राम्रो खेल्यो । तर, फाइनलमा पाकिस्तानको हातबाट नमीठोसँग पराजित भयो । ट्वान्टी २० विश्वकपमा पनि भारतको स्थिति त्यस्तै बन्यो ।

सन् २०१४ को विश्वकप फाइनलमा भारत श्रीलंकासँग हारेको थियो । २०१६ र २०२२ मा त भारत सेमिफाइनलमै रोकियो । प्रतियोगिताको नकआउट चरण पुग्नुपर्छ, भारत आफैं किन हो कसरी अल्झिएको देखिन्छ ।

यही विश्वकपमै पनि अस्ट्रेलिया आफ्नो सुरुआती दुवै खेलमा पराजित थियो । आलोचकले अब अस्ट्रेलियाको कुनै सम्भावना छैन भनिसकेका थिए ।

अहिले अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा भारतको खेल यस्तै त रह्यो । यसको ठीक विपरीत अस्ट्रेलिया एउटा विश्व क्रिकेटको यस्तो टिम हो, जसले निर्णायक मोडमा आएपछि अझ राम्रो खेल्छ ।

यही विश्वकपमै पनि अस्ट्रेलिया आफ्नो सुरुआती दुवै खेलमा पराजित थियो । आलोचकले अब अस्ट्रेलियाको कुनै सम्भावना छैन भनिसकेका थिए ।

तर, दुई खेलको हारपछि अस्ट्रेलियाले हार्नै बिर्सियो । त्यसपछि लगातार जित्यो मात्रै । भनिन्छ, अस्ट्रेलियाली खेलाडीको डिएनएमै जित लेखिएको हुन्छ । त्यसैले त अस्ट्रेलिया निर्णायक मोडमा जित्न जान्दछ ।

त्यसैले अस्ट्रेलिया विश्व क्रिकेटको सबैभन्दा सफल टिम पनि हो । टोली छैटौंपल्ट विश्वकप जित्न सफल भयो । तर, भारतको कथा बेग्लै भयो । टोलीले भने निर्णायक खेलमा जित्नै बिर्सेको छ, त्यसैले भारत ‘चोकर’ हो । 

शनिबारका अन्य स्टोरीः भारत विश्व क्रिकेटको नयाँ चोकर हो ?एनएसएलले ‘मिस’ गर्ने खेलाडीहरूएनएसएलको केन्द्रबिन्दुमा विदेशी खेलाडीनेपाल सुपर लिगः ओलामाउको गोलदेखि गोलसम्म पहिलो संस्करणयुरोपियन च्याम्पियनसिपः यस्ता छन् छनोट २१ राष्ट्र, अझै तीन बाँकी